भजनसङ्ग्रह
उकालीको गीत। दाउदको रचना।
२ हे यरुसलेम, हाम्रा खुट्टाहरू अहिले
तेरा मूलढोकाहरूभित्र खडा छन्।+
४ इस्राएललाई दिइएको सम्झौटाअनुसारै
यहोवाको नामको प्रशंसा गर्न+
कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्,
याहका* कुलहरू।
६ यरुसलेमको लागि शान्तिको कामना गर।+
हे सहर, तँलाई प्रेम गर्नेहरू सुरक्षित रहनेछन्।
७ तेरा बलिया पर्खालहरूभित्र शान्ति कायम रहोस्,
तेरा बलिया किल्लाहरूभित्र बस्नेहरू सुरक्षित रहून्।
८ मेरा दाजुभाइहरू र मेरा मित्रहरूको खातिर म यसो भन्नेछु:
“तँमा शान्ति छाओस्।”
९ यहोवा हाम्रा परमेश्वरको भवनको खातिर+
म तेरो भलो चिताउनेछु।