प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • टायरविरुद्ध भविष्यवाणी (१-२१)

        • “जाल सुकाउने ठाउँ” (५, १४)

        • ढुङ्‌गा र माटो समुद्रमा फालिनेछ (१२)

इजकिएल २६:२

मार्जिनल रेफरेन्स

  • +योए ३:४-६; आमो १:९
  • +वि १:१

इजकिएल २६:४

मार्जिनल रेफरेन्स

  • +यसै २३:११; आमो १:१०; जक ९:४

इजकिएल २६:५

मार्जिनल रेफरेन्स

  • +इज २७:३२

इजकिएल २६:६

फुटनोट

  • *

    शा., “छोरीहरूमा।”

इजकिएल २६:७

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

  • *

    शा., “मानिसहरूको।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; इज २९:१८
  • +दा २:३७
  • +हब १:८
  • +यर्मि ४:१३

इजकिएल २६:८

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

इजकिएल २६:९

फुटनोट

  • *

    वा “तरबारले।”

इजकिएल २६:११

मार्जिनल रेफरेन्स

  • +यसै ५:२८; हब १:८

इजकिएल २६:१२

मार्जिनल रेफरेन्स

  • +इज २७:३२, ३३; २८:५, १८; जक ९:३

इजकिएल २६:१३

मार्जिनल रेफरेन्स

  • +यसै २३:१६

इजकिएल २६:१४

मार्जिनल रेफरेन्स

  • +इज २६:४, ५

इजकिएल २६:१५

मार्जिनल रेफरेन्स

  • +इज २७:२८

इजकिएल २६:१६

फुटनोट

  • *

    वा “कुलनायकहरू।”

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

मार्जिनल रेफरेन्स

  • +इज २७:३५; ३२:१०

इजकिएल २६:१७

फुटनोट

  • *

    शा., “ऊ र उसका मानिसहरू।”

मार्जिनल रेफरेन्स

  • +इज २७:३२
  • +आमो १:९, १०
  • +इज २८:२

इजकिएल २६:१८

मार्जिनल रेफरेन्स

  • +यसै २३:५

इजकिएल २६:१९

मार्जिनल रेफरेन्स

  • +इज २७:३४

इजकिएल २६:२०

मार्जिनल रेफरेन्स

  • +इज २८:८

इजकिएल २६:२१

मार्जिनल रेफरेन्स

  • +इज २७:३६

अरू

इज. २६:२योए ३:४-६; आमो १:९
इज. २६:२वि १:१
इज. २६:४यसै २३:११; आमो १:१०; जक ९:४
इज. २६:५इज २७:३२
इज. २६:७यर्मि २५:९; इज २९:१८
इज. २६:७दा २:३७
इज. २६:७हब १:८
इज. २६:७यर्मि ४:१३
इज. २६:११यसै ५:२८; हब १:८
इज. २६:१२इज २७:३२, ३३; २८:५, १८; जक ९:३
इज. २६:१३यसै २३:१६
इज. २६:१४इज २६:४, ५
इज. २६:१५इज २७:२८
इज. २६:१६इज २७:३५; ३२:१०
इज. २६:१७इज २७:३२
इज. २६:१७आमो १:९, १०
इज. २६:१७इज २८:२
इज. २६:१८यसै २३:५
इज. २६:१९इज २७:३४
इज. २६:२०इज २८:८
इज. २६:२१इज २७:३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २६:१-२१

इजकिएल

२६ एघारौँ वर्षमा महिनाको पहिलो दिन यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, टायरले यरुसलेमविरुद्ध यसो भनेको छ,+ ‘हेर त! सबै जातिको प्रवेशद्वार तहसनहस भएको छ।+ आहा! अब सबै मकहाँ आउनेछन्‌। म मालामाल हुनेछु।’ ३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जातिजातिका मानिसहरूलाई सुऱ्‍याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्‌। ४ तिनीहरूले तेरा पर्खालहरू ढाल्नेछन्‌ र तेरा किल्लाहरू भत्काउनेछन्‌।+ म तेरो माटो सबै खोस्रनेछु र तँ नाङ्‌गो, चिल्लो चट्टान हुनेछेस्‌। ५ तँ समुद्रको बीचमा जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्‌।’+

“ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘राष्ट्रहरूले त्यसलाई लुट्‌नेछन्‌ किनकि म आफैले यसो भनेको हुँ। ६ त्यसका छेउछाउका बस्तीहरूमा* बस्नेहरू तरबारले नाश हुनेछन्‌। तब म नै यहोवा हुँ भनेर मानिसहरूले जान्‍नेछन्‌।’

७ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्‌नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्‌।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ। ८ तिनले छेउछाउका तेरा बस्तीहरूलाई तरबारले नाश गर्नेछन्‌। तिनले तँलाई घेरा हाल्नेछन्‌, तेरो वरिपरि घेरा-मचानहरू* बनाउनेछन्‌ र तँविरुद्ध ठूलो ढाल उठाउनेछन्‌। ९ तिनले बख्तरबन्द गाडीले तेरा पर्खालहरूलाई ढाल्नेछन्‌ र तेरा किल्लाहरू बन्चरोले* हानेर भत्काउनेछन्‌। १० तिनका यत्ति धेरै घोडा हुनेछन्‌, ती दौडँदा धुलोको बादलले तँलाई डम्मै ढाक्नेछ। भत्केका पर्खालबाट मान्छेहरू गुटुटु छिरेझैँ ती घोडाहरू तेरा सहरभित्र छिर्नेछन्‌। तिनका घोडचढीहरू र रथको गडगडाहटले गर्दा तेरा पर्खालहरू थर्थराउनेछन्‌। ११ तेरा सबै बाटोभरि घोडाको टापको आवाज मात्र सुनिनेछ।+ तेरा बडेमाका खम्बाहरू गर्ल्यामगुर्लुम ढल्नेछन्‌। तिनले तेरा मानिसहरूलाई तरबारले काट्‌नेछन्‌। १२ तिनीहरूले तेरो सम्पत्ति र तेरो व्यापारका मालसामान सबै लुट्‌नेछन्‌।+ तिनीहरूले तेरा पर्खालहरू भत्काउनेछन्‌ र तेरा सुन्दर घरहरू तहसनहस पार्नेछन्‌। तेरा ढुङ्‌गा र काठका सरसामान र तेरो भूमिको माटो तिनीहरूले समुद्रमा फालिदिनेछन्‌।’

१३ “‘तेरा गीतहरूको गुञ्जन म बन्द गरिदिनेछु र वीणाको धुन पनि सधैँको लागि बन्द हुनेछ।+ १४ तेरो भूमिमा चट्टानसिवाय अरू केही हुनेछैन। तँ जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्‌।+ तँ फेरि कहिल्यै बसालिनेछैनस्‌। म यहोवाले नै यसो भनेको हुँ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१५ ब्रह्‍माण्डका मालिक यहोवा टायरलाई यसो भन्‍नुहुन्छ: ‘जब तेरो पतन हुनेछ र तेरो बीचमा काटमार मच्चिनेछ अनि मरणासन्‍न भएकाहरूको रोदन सुनिनेछ, तब टापुहरू डरले थरथर काँप्नेछन्‌।+ १६ समुद्रका सबै शासक* आफ्नो सिंहासनबाट ओर्लिनेछन्‌ र तिनीहरूले आफ्नो अलखा* र बुट्टेदार वस्त्र उतार्नेछन्‌। तिनीहरू थरथर काँप्दै भुईँमा थचक्क बस्नेछन्‌ अनि अक्क न बक्क भएर तँलाई हेरिरहनेछन्‌।+ १७ अनि यसो भन्दै शोकगीत गाउनेछन्‌:+

“ए सबैको वाहवाही पाएको सहर! समुद्रपारिबाट मानिसहरू तिमीकहाँ आएर बस्ने गर्थे। तर तिम्रो पतन भएको छ;+

समुद्रभरि तिमी र तिम्रा मानिसहरू* कत्ति शक्‍तिशाली थियौ!+

तिम्रो नाम सुनेर पृथ्वीभरिका मानिसहरू डराउँथे।

१८ तिम्रो पतन भएको दिन टापुहरू थर्थराउनेछन्‌;

तिम्रो नामोनिसान मेटिँदा समुद्रभरिका टापुहरू त्रसित हुनेछन्‌।”’+

१९ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘मानिस नभएका सहरहरूलाई जस्तै म तँलाई उजाड पार्नेछु। समुद्रको उर्लँदो छालले म तँलाई छोप्नेछु र समुद्रले तँलाई निल्नेछ।+ २० अरूलाई जस्तै म तँलाई पनि चिहानमा पुऱ्‍याउनेछु, त्यस्तो चिहानमा, जहाँ वर्षौँअघि मरेका मानिसहरू छन्‌। तेरो कहिल्यै आबादी हुनेछैन किनकि म तँलाई गहिरो खाडलमा जाक्नेछु, जहाँ वर्षौँअघि नाश भएका ठाउँहरू छन्‌ अनि जहाँ बाँकी सबै जाकिनेछन्‌।+ त्यसपछि म जीवितहरूको देशलाई सजाउनेछु।

२१ “‘म तँमाथि अचानक आतङ्‌क मच्चाउनेछु। त्यसपछि तँलाई कसैले कहिल्यै देख्नेछैन।+ तिनीहरूले तँलाई खोज्नेछन्‌ तर कहिल्यै भेट्टाउनेछैनन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने