प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • मिश्रविरुद्ध भविष्यवाणी (१-१९)

        • नबुकद्‌नेजरको आक्रमणबारे भविष्यवाणी (१०)

      • फारोको शक्‍ति तोडियो (२०-२६)

इजकिएल ३०:३

मार्जिनल रेफरेन्स

  • +ओब १५
  • +इज ३२:७
  • +भज ११०:६

इजकिएल ३०:४

मार्जिनल रेफरेन्स

  • +इज ३२:११, १२

इजकिएल ३०:५

फुटनोट

  • *

    यसले मिश्रीहरूसित गठबन्धन गरेका इस्राएलीहरूलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +सप २:१२
  • +नहु ३:८, ९

इजकिएल ३०:६

मार्जिनल रेफरेन्स

  • +इज ३०:१८
  • +यर्मि ४४:१
  • +इज २९:१०

इजकिएल ३०:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:१९; इज २९:१२; ३२:१८

इजकिएल ३०:१०

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

मार्जिनल रेफरेन्स

  • +इज २९:१९; ३२:११

इजकिएल ३०:११

मार्जिनल रेफरेन्स

  • +हब १:६
  • +इज २९:५

इजकिएल ३०:१२

मार्जिनल रेफरेन्स

  • +इज २९:३
  • +इज ३१:१२

इजकिएल ३०:१३

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

  • *

    वा “मेम्फिसका।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४३:१२; ४६:१४
  • +यर्मि ४६:५

इजकिएल ३०:१४

फुटनोट

  • *

    अर्थात्‌, थेबेसलाई।

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१३, १४; यर्मि ४४:१
  • +यर्मि ४६:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००३, पृ. ३२

इजकिएल ३०:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००३, पृ. ३२

इजकिएल ३०:१६

फुटनोट

  • *

    वा “मेम्फिसमाथि।”

इजकिएल ३०:१७

फुटनोट

  • *

    वा “हेलिओपोलिस।”

इजकिएल ३०:१८

मार्जिनल रेफरेन्स

  • +इज ३०:८
  • +यर्मि ४६:२०; इज ३१:१८
  • +यर्मि ४६:१९

इजकिएल ३०:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२५; इज २९:३
  • +२रा २४:७; यर्मि ४६:२
  • +यर्मि ४६:२१

इजकिएल ३०:२३

मार्जिनल रेफरेन्स

  • +इज २९:१२

इजकिएल ३०:२४

फुटनोट

  • *

    वा “राजाको शक्‍ति बढाउनेछु।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:६
  • +इज ३२:११, १२

इजकिएल ३०:२५

मार्जिनल रेफरेन्स

  • +इज २९:१९, २०

इजकिएल ३०:२६

मार्जिनल रेफरेन्स

  • +इज २९:१२

अरू

इज. ३०:३ओब १५
इज. ३०:३इज ३२:७
इज. ३०:३भज ११०:६
इज. ३०:४इज ३२:११, १२
इज. ३०:५सप २:१२
इज. ३०:५नहु ३:८, ९
इज. ३०:६इज ३०:१८
इज. ३०:६यर्मि ४४:१
इज. ३०:६इज २९:१०
इज. ३०:७यर्मि ४६:१९; इज २९:१२; ३२:१८
इज. ३०:१०इज २९:१९; ३२:११
इज. ३०:११हब १:६
इज. ३०:११इज २९:५
इज. ३०:१२इज २९:३
इज. ३०:१२इज ३१:१२
इज. ३०:१३यर्मि ४३:१२; ४६:१४
इज. ३०:१३यर्मि ४६:५
इज. ३०:१४उत्प १०:१३, १४; यर्मि ४४:१
इज. ३०:१४यर्मि ४६:२५
इज. ३०:१८इज ३०:८
इज. ३०:१८यर्मि ४६:२०; इज ३१:१८
इज. ३०:१८यर्मि ४६:१९
इज. ३०:२२यर्मि ४६:२५; इज २९:३
इज. ३०:२२२रा २४:७; यर्मि ४६:२
इज. ३०:२२यर्मि ४६:२१
इज. ३०:२३इज २९:१२
इज. ३०:२४यर्मि २७:६
इज. ३०:२४इज ३२:११, १२
इज. ३०:२५इज २९:१९, २०
इज. ३०:२६इज २९:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३०:१-२६

इजकिएल

३० यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, भविष्यवाणी गर र भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“‘हाय! त्यो दिन आउँदै छ,’ भन्दै बिलौना गर।”

 ३ किनकि त्यो दिन नजिकै छ। हो, यहोवाको दिन नजिकै छ।+

त्यो दिन आकाशलाई कालो बादलले ढाक्नेछ,+ त्यो जातिजातिको इन्साफको समय हुनेछ।+

 ४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्‌क मच्चिनेछ;

मिश्रका धनसम्पत्ति लगिनेछन्‌ र त्यसका जगहरू भत्काइनेछन्‌।+

 ५ इथियोपिया,+ पत,+ लुद र अरू राष्ट्रका सबै मानिस

अनि कुबका मानिसहरूका साथै करार गरेको राष्ट्रका* छोराहरू पनि

त्यही तरबारले काटिनेछन्‌।

 ६ यहोवा यसो भन्‍नुहुन्छ:

‘मिश्रका समर्थकहरू पनि काटिनेछन्‌

अनि त्यसको सेखी झारिनेछ।’+

“‘मिग्दोलदेखि+ सिनेसम्मै+ तिनीहरू तरबारले काटिनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ७ ‘उजाड भएका देशहरूमध्ये त्यो सबैभन्दा उजाड पारिनेछ अनि त्यसका सहरहरूजत्तिको तहसनहस भएको सहर अरू कुनै पनि हुनेछैन।+ ८ मिश्रमा र त्यससित साठगाँठ गरेका सबै राष्ट्रमा म आगो लगाइदिनेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌। ९ आफूमाथि ज्यादै भरोसा गर्ने इथियोपियालाई तर्साउन म त्यो दिन सन्देशवाहकहरूलाई जहाजमा पठाउनेछु; मिश्रको इन्साफको दिनमा तिनीहरू डरले थरथर काँप्नेछन्‌ किनभने त्यो दिन निश्‍चय आउनेछ।’

१० “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म मिश्रका मानिसहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरको* हातबाट नाश गर्नेछु।+ ११ तिनी र तिनका फौज, जो अत्यन्तै निष्ठुर र क्रूर छन्‌,+ तिनीहरूलाई मिश्र नाश गर्न पठाइनेछ। तिनीहरूले मिश्रलाई आफ्नो तरबारले प्रहार गर्नेछन्‌ र देशभरि लासको थुप्रो लगाउनेछन्‌।+ १२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्‌।+ म यहोवाले नै यसो भनेको हुँ।’

१३ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्‌क फैलाइदिनेछु।+ १४ म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+ १५ मिश्रको बलियो गढ सिनमाथि म रिस पोख्नेछु र नोका बासिन्दाहरूलाई नाश गर्नेछु। १६ मिश्रमा म आगो लगाइदिनेछु, सिन डरले थरथर काँप्नेछ, नो तहसनहस हुनेछ र नोफमाथि* दिउँसै आक्रमण हुनेछ। १७ ओन* र पिबेसेथका युवकहरू तरबारले काटिनेछन्‌ र सहरवासीहरू कैदमा लगिनेछन्‌। १८ मैले तपनेसमा मिश्रको जुवा भाँच्दा त्यहाँ अन्धकार छाउनेछ।+ त्यसको सेखी झर्नेछ+ अनि कालो बादलले त्यसलाई ढाक्नेछ र त्यसका सहरवासीहरू कैदमा लगिनेछन्‌।+ १९ म मिश्रलाई सजाय दिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’”

२० अनि ११ औँ वर्षको पहिलो महिनाको सातौँ दिनमा यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २१ “हे मानिसको छोरा, मैले मिश्रका फारोको पाखुरा भाँचिदिएको छु। त्यसलाई निको पार्न मलहमपट्टी गरिनेछैन र पाखुरा कमजोर भएकोले त्यसले तरबार उठाउन सक्नेछैन।”

२२ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म मिश्रका फारोविरुद्ध खडा भएको छु।+ म त्यसको भाँचिएको र बलियो दुवै पाखुरा भाँचिदिनेछु।+ त्यसको हातबाट तरबार खसालिदिनेछु।+ २३ त्यसपछि म मिश्रीहरूलाई जातिजातिबीच र देशदेशमा तितरबितर पारिदिनेछु।+ २४ म बेबिलोनका राजाको पाखुरा बलियो पारिदिनेछु*+ र मेरो तरबार तिनको हातमा थमाइदिनेछु।+ अनि म फारोका पाखुरा भाँचिदिनेछु र त्यो मर्न लागेको मानिसजस्तै बेबिलोनका राजासामु छटपटाएर कराउनेछ। २५ म बेबिलोनको राजाका पाखुरा बलियो पारिदिनेछु तर फारोका पाखुरा भने लुलो बनाउनेछु। अनि जब म बेबिलोनका राजाको हातमा मेरो तरबार थमाइदिनेछु र तिनले मिश्रविरुद्ध तरबार चलाउनेछन्‌,+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌। २६ म मिश्रीहरूलाई जातिजातिबीच र देश-देशमा तितरबितर पारिदिनेछु।+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने