प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • योसियाह धूमधामसित निस्तार चाड मनाउने तयारी गर्छन्‌ (१-१९)

      • योसियाह फारो नेकोको हातबाट मारिन्छन्‌ (२०-२७)

२ इतिहास ३५:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३-११; २रा २३:२१
  • +लेवी २३:५; व्य १६:१
  • +प्रस्थ १२:२१

२ इतिहास ३५:२

मार्जिनल रेफरेन्स

  • +२इ २३:१८; ३१:२

२ इतिहास ३५:३

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१०; २इ १७:८, ९; नहे ८:७, ८
  • +१रा ६:३८; २इ ५:७
  • +गन ४:१५; १इ २३:२५, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २०

२ इतिहास ३५:४

मार्जिनल रेफरेन्स

  • +१इ २३:६
  • +२इ ८:१४

२ इतिहास ३५:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२१; २इ ३०:१, १५

२ इतिहास ३५:७

मार्जिनल रेफरेन्स

  • +२इ ३०:२४

२ इतिहास ३५:८

मार्जिनल रेफरेन्स

  • +२रा २३:४; २इ ३४:१४

२ इतिहास ३५:१०

मार्जिनल रेफरेन्स

  • +१इ २३:६

२ इतिहास ३५:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३, ६
  • +२इ ३०:१६
  • +२इ २९:३४

२ इतिहास ३५:१३

फुटनोट

  • *

    वा सम्भवतः “पोले।”

  • *

    अर्थात्‌, एक प्रकारको ठूलो भाँडो।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:८; व्य १६:६, ७

२ इतिहास ३५:१५

मार्जिनल रेफरेन्स

  • +१इ १६:३७
  • +१इ २३:५
  • +१इ २५:१, २
  • +१इ १६:४१, ४२; २५:३
  • +१इ २६:१२, १३

२ इतिहास ३५:१६

मार्जिनल रेफरेन्स

  • +लेवी २३:५
  • +२रा २३:२१

२ इतिहास ३५:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१५; लेवी २३:६; व्य १६:३; २इ ३०:१, २१

२ इतिहास ३५:१८

मार्जिनल रेफरेन्स

  • +२रा २३:२२, २३; २इ ३०:५, २६

२ इतिहास ३५:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२
  • +२रा २३:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. २७

२ इतिहास ३५:२२

मार्जिनल रेफरेन्स

  • +१रा २२:३०
  • +न्याय १:२७; ५:१९; जक १२:११; प्रका १६:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. २७

२ इतिहास ३५:२४

मार्जिनल रेफरेन्स

  • +२रा २३:३०; २इ ३४:२८

२ इतिहास ३५:२५

फुटनोट

  • *

    वा “नियम लागू भयो।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १:१
  • +यर्मि ९:१७, २०

२ इतिहास ३५:२७

मार्जिनल रेफरेन्स

  • +२रा २३:२८

अरू

२ इति. ३५:१प्रस्थ १२:३-११; २रा २३:२१
२ इति. ३५:१लेवी २३:५; व्य १६:१
२ इति. ३५:१प्रस्थ १२:२१
२ इति. ३५:२२इ २३:१८; ३१:२
२ इति. ३५:३व्य ३३:१०; २इ १७:८, ९; नहे ८:७, ८
२ इति. ३५:३१रा ६:३८; २इ ५:७
२ इति. ३५:३गन ४:१५; १इ २३:२५, २६
२ इति. ३५:४१इ २३:६
२ इति. ३५:४२इ ८:१४
२ इति. ३५:६प्रस्थ १२:२१; २इ ३०:१, १५
२ इति. ३५:७२इ ३०:२४
२ इति. ३५:८२रा २३:४; २इ ३४:१४
२ इति. ३५:१०१इ २३:६
२ इति. ३५:११प्रस्थ १२:३, ६
२ इति. ३५:११२इ ३०:१६
२ इति. ३५:११२इ २९:३४
२ इति. ३५:१३प्रस्थ १२:८; व्य १६:६, ७
२ इति. ३५:१५१इ १६:३७
२ इति. ३५:१५१इ २३:५
२ इति. ३५:१५१इ २५:१, २
२ इति. ३५:१५१इ १६:४१, ४२; २५:३
२ इति. ३५:१५१इ २६:१२, १३
२ इति. ३५:१६लेवी २३:५
२ इति. ३५:१६२रा २३:२१
२ इति. ३५:१७प्रस्थ १२:१५; लेवी २३:६; व्य १६:३; २इ ३०:१, २१
२ इति. ३५:१८२रा २३:२२, २३; २इ ३०:५, २६
२ इति. ३५:२०यर्मि ४६:२
२ इति. ३५:२०२रा २३:२९
२ इति. ३५:२२१रा २२:३०
२ इति. ३५:२२न्याय १:२७; ५:१९; जक १२:११; प्रका १६:१६
२ इति. ३५:२४२रा २३:३०; २इ ३४:२८
२ इति. ३५:२५यर्मि १:१
२ इति. ३५:२५यर्मि ९:१७, २०
२ इति. ३५:२७२रा २३:२८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३५:१-२७

दोस्रो इतिहास

३५ योसियाहले यरुसलेममा यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाए।+ तिनीहरूले पहिलो महिनाको १४ औँ दिनमा+ निस्तार चाडको जनावर काटे।+ २ तिनले पुजारीहरूलाई आ-आफ्नो काममा नियुक्‍त गरे। तिनले उनीहरूलाई यहोवा परमेश्‍वरको भवनमा आफूले गर्नुपर्ने सेवामा लागिरहन प्रोत्साहन दिए।+ ३ त्यसपछि तिनले लेवीहरूलाई, जसले सारा इस्राएललाई शिक्षा दिन्थे+ र जो यहोवा परमेश्‍वरको निम्ति पवित्र थिए, उनीहरूलाई यसो भने: “पवित्र सन्दुकलाई* दाउदका छोरा, इस्राएलका राजा सुलेमानले बनाएको भवनमा लगेर राख।+ अबदेखि तिमीहरूले सन्दुक आफ्नो काँधमा बोक्नु पर्दैन।+ आफ्ना परमेश्‍वर यहोवा र उहाँको प्रजाको सेवा गर। ४ इस्राएलका राजा दाउद+ र उनका छोरा सुलेमानको लिखित निर्देशनअनुसारै+ अब तिमीहरू आ-आफ्नो बुबापट्टिको घराना र आ-आफ्नो दलअनुसार तयार होओ। ५ तिमीहरू आ-आफ्नो दलअनुसार पवित्र ठाउँमा खडा होओ ताकि मानिसहरूलाई मदत गर्न एउटा परिवारको साथमा लेवी परिवारको एउटा दल होस्‌। ६ निस्तार चाडको जनावर काट,+ आफूलाई पवित्र तुल्याओ अनि यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको आज्ञा पालन गर्न आफ्ना दाजुभाइको निम्ति तयारी गर।”

७ मानिसहरूले निस्तार चाडको बलि चढाऊन्‌ भनेर योसियाहले त्यहाँ उपस्थित भएका सबैलाई भेडा र बाख्राका ३० हजार पाठा अनि ३ हजार बहर दिए। राजाले यी सब आफ्नो निजी सम्पत्तिबाट दिएका थिए।+ ८ मानिसहरू, पुजारीहरू र लेवीहरूले स्वैच्छिकभेटी चढाऊन्‌ भनेर राजाका भारदारहरूले पनि उनीहरूको निम्ति जनावरहरू दान गरे। साँचो परमेश्‍वरको भवनका अगुवाहरू हिल्कियाह,+ जकरिया र यहिएलले पुजारीहरूलाई ३ सय बहर र निस्तार चाडको बलिस्वरूप चढाउन २ हजार ६ सय जनावर दिए। ९ कोनन्याह अनि उनका भाइहरू सेमायाह र नेथनेलले अनि लेवीहरूका नाइकेहरू हासबियाह, यइएल र योजाबादले लेवीहरूलाई ५ सय बहर अनि निस्तार चाडको बलिस्वरूप चढाउन ५ हजार गाईवस्तु दान गरे।

१० चाडको सबै तयारी सिद्धियो। त्यसपछि राजाको आदेशअनुसारै पुजारीहरू आ-आफ्नो स्थानमा खडा भए अनि लेवीहरू पनि आ-आफ्नो दलअनुसार खडा भए।+ ११ लेवीहरूले निस्तार चाडको जनावर काटे।+ अनि पुजारीहरूले तिनीहरूबाट रगत लिएर वेदीमा छर्के।+ अनि लेवीहरूले चाहिँ जनावरको छाला काढे।+ १२ त्यसपछि लेवीहरूले बुबापट्टिको घरानाअनुसार समूह-समूहमा राखिएका मानिसहरूलाई दिन अग्निभेटी तयार पारे। मोसाको पुस्तकमा लेखिएअनुसारै यहोवा परमेश्‍वरलाई त्यो अग्निभेटी चढाउन सकियोस्‌ भनेर तिनीहरूले त्यसो गरेका थिए। लेवीहरूले बहरहरूलाई पनि त्यसै गरे। १३ त्यसैगरि तिनीहरूले रीतिअनुसारै आगोमा निस्तार चाडको जनावरको मासु पकाए।*+ पवित्र भेटीस्वरूप ल्याइएका कुराहरूलाई चाहिँ तिनीहरूले फोसी,* खड्‌कुँलो र तावामा पकाए। अनि तुरुन्तै मानिसहरूकहाँ लगे। १४ त्यसपछि तिनीहरूले आफ्नो निम्ति र पुजारीहरूको निम्ति निस्तार चाडको बलि तयार पारे। किनकि पुजारीहरू—हारुनका सन्तान साँझसम्मै अग्निभेटी र बोसो चढाउन व्यस्त थिए। त्यसैले तिनीहरूले आफ्नो निम्ति र पुजारीहरू—हारुनका सन्तानको निम्ति निस्तार चाडको बलि तयार पारे।

१५ अनि गायकहरू, जो आसापका सन्तान+ थिए, तिनीहरू पनि दाउद,+ आसाप,+ हेमान र राजाका दर्शी यदुथुनले+ ठहराएको नियमअनुसारै आ-आफ्नो स्थानमा खडा भए। ढोकेहरूले चाहिँ छुट्टाछुट्टै ढोकामा पहरा दिइरहेका थिए।+ तिनीहरूले आफ्नो सेवाको काम छोडेर जानु परेन किनकि तिनीहरूका लेवी दाजुभाइले नै तिनीहरूको निम्ति तयारी गरिदिए। १६ त्यस दिन तिनीहरूले निस्तार चाड मनाउन+ र यहोवा परमेश्‍वरको वेदीमा अग्निभेटी चढाउन यहोवाको निर्देशनबमोजिम जे-जे तयारी गर्नुपर्ने थियो, ती सब गरिसिद्‌ध्याए। तिनीहरूले यी सबै तयारी राजा योसियाहको आदेशअनुसारै गरे।+

१७ त्यसबेला त्यहाँ उपस्थित भएका सबै इस्राएलीले निस्तार चाड मनाए र तिनीहरूले सात दिनसम्म अखमिरा रोटीको चाड* पनि मनाए।+ १८ भविष्यवक्‍ता समुएलको समयदेखि यता इस्राएलमा कहिल्यै यत्ति भव्य तरिकामा निस्तार चाड मनाइएको थिएन। राजा योसियाह,+ पुजारीहरू, लेवीहरू, त्यहाँ उपस्थित भएका यहुदा र इस्राएलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूले त्यतिबेला जसरी निस्तार चाड मनाए, त्यसरी त इस्राएलका कुनै पनि राजाले मनाएका थिएनन्‌। १९ यो निस्तार चाड राजा योसियाहको शासनकालको १८ औँ वर्षमा मनाइएको थियो।

२० यी सब सिद्धिएपछि र योसियाहले मन्दिर तयार पारिसकेपछि मिश्रका राजा नेको+ युफ्रेटिसनजिकै भएको कार्कमिसमा लडाइँ गर्न गए। तब योसियाह उनीसित लडाइँ गर्न निस्के।+ २१ त्यसैले नेकोले आफ्ना सन्देशवाहकहरूमार्फत योसियाहकहाँ यस्तो सन्देश पठाए: “हे यहुदाका राजा, तपाईँ किन मसित लडाइँ गर्न आउँदै हुनुहुन्छ? म तपाईँसित होइन, अर्कै राष्ट्रसित लडाइँ गर्न आएको हुँ। परमेश्‍वरले मलाई तुरुन्तै लडाइँ गर्न जाऊ भन्‍नुभएको छ। उहाँ मेरो साथमा हुनुहुन्छ। त्यसैले म तपाईँकै भलाइको लागि भन्दै छु, उहाँविरुद्ध खडा नहुनुहोस्‌ नत्र त उहाँले तपाईँमाथि विनाश ल्याउनुहुनेछ।” २२ तर योसियाह पछि हटेनन्‌। तिनी आफ्नो भेष बदलेर नेकोसित लडाइँ गर्न गए।+ तिनले नेकोको कुरा सुन्दै सुनेनन्‌, जुन कुरा परमेश्‍वरबाटै आएको थियो। तिनी मगिद्दो बेँसीमा+ लडाइँ गर्न गए।

२३ अनि धनुर्धारीहरूले राजा योसियाहलाई बाण हाने। राजाले आफ्ना सेवकहरूलाई यसो भने: “म असाध्यै घाइते भएको छु; मलाई यहाँबाट लगिहाल।” २४ त्यसैले तिनका सेवकहरूले तिनलाई रथबाट ओराले अनि तिनको अर्को रथमा राखेर यरुसलेम लगे। अनि तिनको मृत्यु भयो र तिनलाई तिनका पितापुर्खाको चिहानमा गाडियो।+ यहुदा र यरुसलेमका सबै मानिसले तिनको निम्ति शोक मनाए। २५ अनि यर्मियाले+ योसियाहको निम्ति शोकगीत रचे। सबै गायक-गायिकाले+ आज पनि शोकगीतहरू गाउँदा योसियाहको स्मरण गर्ने गर्छन्‌। इस्राएलका मानिसहरूमाझ ती शोकगीतहरू गाउने चलन नै भयो।* ती गीतहरू शोकगीतहरूको सङ्‌कलनमा पनि समावेश गरिएका छन्‌।

२६ योसियाहको जीवनकालका बाँकी घटनाहरू र तिनको अटल प्रेम प्रकट गर्ने तिनका कामहरूका साथै तिनले कसरी यहोवा परमेश्‍वरको व्यवस्थामा लेखिएका कुराहरू पालन गरे २७ अनि तिनले सुरुदेखि अन्तसम्म के-कस्ता कामहरू गरे, ती सबैको विवरण ‘इस्राएल र यहुदाका राजाहरूको पुस्तक’-मा पाइन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने