साक्षीहरूको सद्गुणलाई पादरीले माने
अस्ट्रेलियाका ब्यूँझनुहोस्! सम्वाददाताबाट
सन् १९९१ मा कन्डोब्लीन, न्यु साउथ वेल्स्, अस्ट्रेलियास्थित यहोवाका साक्षीहरूको राज्य भवन आगलागीले गर्दा नष्ट भयो। केही हप्तापश्चात् स्थानीय एन्गलिकन पादरीले “नाश भएको उपासना थलोको लागि” आफ्नो क्षेत्रलाई लेखेको पत्रमा यसरी समवेदना व्यक्त गरे। उनको पत्र यसप्रकार थियो:
“हाम्रा र तिनीहरूका तौरतरिकाहरू प्रष्टै भिन्न देखिए तापनि वर्षैंदेखि म तिनीहरूको विश्वासको कामका ती पक्षहरूको प्रशंसा गर्छु जो आफैमा सही छन्” भनी मलाई विश्वास छ। यी मध्ये केही सकारात्मक पक्षहरू के के हुन्?
“पहिलो: आफ्नो विश्वासको शिक्षाप्रति तिनीहरू ज्यादै चासो राख्छन्। यो उद्देश्य पूरा गर्न तिनीहरू प्रत्येक हप्ता दुई वा तीन पल्ट भेला हुन्छन्।” यो सत्य हो—यहोवाका साक्षीहरू धर्मबारे पढ्छन्, शिक्षा दिन्छन् र प्रचार गर्छन्। तिनीहरूको हप्तामा तीन पल्ट सभाहरू हुन्छ।
पादरीको दोस्रो बुँदा यो थियो: “तिनीहरू . . . नियमित तवरमा प्रचारकको हैसियतले मानिसहरूलाई भेट्न तिनीहरूको घर जान्छन्। . . . अस्ट्रेलियाका एक तिहाइ मानिसहरूले (३८,४१,००० मानिसहरू) कुनै पनि धार्मिक सम्प्रदायसित आफ्नो सरोकार नरहेको कुरा तिनीहरू हामीलाई बताउन चाहन्छन्। यहोवाका साक्षीहरू आफ्नो विश्वास आफैमा सीमित राखेर सन्तुष्ट हुँदैनन् तर अन्य मानिसहरूसित पनि यो बाँड्न चाहन्छन्।” सुसमाचार प्रचार गरेर मत्ती २४:१४ र मर्कूस १३:१० को प्रत्युत्तर दिनुपर्छ भन्ने कुरा यहोवाका साक्षीहरूलाई थाहा छ।
तेस्रो बुँदा: “सडकमा पसल थापेर या चन्दा सकंलन गर्ने अन्य माध्यमहरू मार्फत तिनीहरू चन्दा उठाउँदैनन्। तिनीहरूको [आफ्नै] समाजले खर्च बेहोर्छ।” बाइबल यसो भन्छ, ‘सित्तैमा पायौ, सित्तैमा देओ’ र ‘लिनुभन्दा दिनु अझ असल हो।’ त्यसकारण तिनीहरू चन्दा सकंलन गर्दैनन्। तिनीहरूका भवनहरूमा समझदारीतासाथ चन्दा बाकसहरू राखिएका हुन्छन्।—मत्ती १०:८; प्रेरित २०:३५.
तिनले उल्लेख गरेका प्रशंसनीय अन्तिम पक्ष के थियो? “थोरैभन्दा थोरै समय र खर्चमा तिनीहरू उपासना गर्ने आफ्ना भवनहरू निर्माण गर्छन्। . . . गम् बेन्ड लेक रोडमा गएर हेर्नोस् . . . स्थानीय यहोवाका साक्षीहरू नयाँ राज्य भवन बनाइरहेको तपाईंले देख्नु हुनेछ। तीन दिनमा निर्माण-कार्य समाप्त हुनेछ भन्ने अनुमान तिनीहरूले लगाएका छन्।” त्यसपछि आफ्नो क्षेत्रका मानिसहरूलाई उनले के सुझाव दिए?
“उपरोक्त चार बुँदाहरू पढ्नुहोस् र तपाईंको विश्वासका दृश्य कामकुराहरूबारे विचार गर्न ती बुँदाहरूले कसरी मदत पुऱ्याउँछ आफैलाई सोध्नुहोस्, भन्ने सुझाव दिन चाहन्छु। . . . यी चार बुँदाहरूको सम्बन्धमा तुलना गर्ने हो भने यहोवाका साक्षीहरूले औसत एन्गलिकन र अन्य मसीही क्षेत्रहरूलाई आध्यात्मिक तवरमा मृतक तुल्याइ दिनेछ।”
तपाईं पनि राज्य भवनमा गएर यहोवाका साक्षीहरूले कसरी उपासना गर्छन् र तिनीहरू के विश्वास गर्छन् आफै हेर्न चाहनु हुन्छ भने, निसंकोच नजिकैको राज्य भवनमा जानुहोस्, वा तपाईंलाई सुविधा पर्ने भवनको ठेगाना चाहिएमा हामीसित पत्राचार गर्नुहोस्। (g95 01/08)
[पृष्ठ ३१-मा भएको चित्र]
कन्डोब्लीन, न्यु साउथ वेल्स्स्थित राज्य भवन