प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od chap. ११ pp. ११६-१२२
  • उपासनास्थलको निर्माण तथा हेरविचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपासनास्थलको निर्माण तथा हेरविचार
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सभाभवन
  • सभाभवन निर्माण
  • सम्मेलन भवन
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
  • हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं
    हाम्रो राज्य सेवकाई—२००३
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od chap. ११ pp. ११६-१२२

अध्याय ११

उपासनास्थलको निर्माण तथा हेरविचार

बाइबलमा यहोवाका उपासकहरूलाई उहाँबाट सिक्न र एकअर्कालाई प्रोत्साहन दिन एकै ठाउँमा भेला हुनू भन्‍ने आदेश दिइएको छ। (हिब्रू १०:२३-२५) यहोवाका जनहरू अर्थात्‌ इस्राएलीहरूको लागि सबैभन्दा पहिलो उपासनास्थल “वासस्थान अर्थात्‌ भेट हुने पाल” थियो। (प्रस्थ. ३९:३२, ४०) पछि दाउदका छोरा सुलेमानले यहोवाको महिमा गर्न मन्दिर निर्माण गरे। (१ राजा ९:३) त्यो मन्दिर ईसापूर्व ६०७ मा विनाश भएपछि यहुदीहरूले सभाघरहरूमा भेला भएर परमेश्‍वरको उपासना गर्न थाले। केही समयपछि मन्दिर पुनर्निर्माण गरियो र त्यो फेरि साँचो उपासनाको केन्द्र बन्यो। येसु सभाघरहरू अनि मन्दिर दुवै ठाउँमा सिकाउनुहुन्थ्यो। (लुका ४:१६; युह. १८:२०) उहाँले डाँडामा पनि मानिसहरूलाई शिक्षा दिनुभयो।—मत्ति ५:१–७:२९.

२ येसुको मृत्युपछि ख्रिष्टियनहरू धर्मशास्त्रको छलफल गर्न र एकअर्कासित सङ्‌गति गर्न सार्वजनिक ठाउँहरूमा अनि निजी घरहरूमा भेला हुन्थे। (प्रेषि. १९:८, ९; रोमी १६:३, ५; कल. ४:१५; फिले. २) विरोधीहरूको खेदोबाट बच्न प्रथम शताब्दीका यी ख्रिष्टियनहरू कहिलेकाहीँ एकान्तमा भेला हुन्थे। ‘यहोवाबाट शिक्षा पाउन’ विगतमा उहाँका वफादार सेवकहरू एकै ठाउँमा भेला हुन कति मेहनत गर्थे भनेर यी घटनाहरूबाट बुझ्न सक्छौँ।—यसै. ५४:१३.

३ आज पनि साँचो ख्रिष्टियनहरू निजी घर अनि सार्वजनिक स्थलहरूमा भेला हुन्छन्‌। निजी घरहरूमा अक्सर क्षेत्र सेवाको लागि सभा गरिन्छ। आफ्नो घरलाई यसरी प्रयोग गर्न दिन पाउनुलाई मण्डलीका दाजुभाइ दिदीबहिनी ठूलो सुअवसर ठान्छन्‌। यसो गर्दा तिनीहरूले आध्यात्मिक रूपमा लाभ उठाएका छन्‌।

सभाभवन

४ यहोवाका साक्षीहरू भेला हुने मुख्य ठाउँ सभाभवन हो। साधारणतया थुप्रै मण्डलीले जग्गा किनेर नयाँ सभाभवन बनाउँछन्‌। अथवा पुरानो भवन किनेर मर्मत गरी सभाभवनको रूपमा चलाउँछन्‌। केही मण्डली मिलेर एउटै सभाभवन चलाउन पनि सकिन्छ। यसो गर्दा खर्च जोगाउन र सभाभवनको पूरापूर सदुपयोग गर्न सकिन्छ। कुनै-कुनै ठाउँमा भने कोठा भाडामा लिएर सभाहरू गर्नुपर्ने हुन्छ। नयाँ सभाभवन निर्माण गरिएको हो अथवा पुरानो सभाघरलाई पूरै मर्मत गरिएको हो भने उक्‍त भवन यहोवालाई समर्पण गर्नुपर्छ। तर सानोतिनो मर्मतसम्भार गर्दा भने फेरि समर्पण गर्नु पर्दैन।

५ सभाभवन अरूको ध्यान खिच्नको लागि एकदमै भव्य बनाउनु आवश्‍यक छैन। ठाउँअनुसार सभाभवनको डिजाइन फरक हुन सक्छ तर सबै सभाभवनको उद्देश्‍य एउटै हो: उपासनाको लागि प्रयोग गर्नु। (प्रेषि. १७:२४) स्थानीय परिस्थितिअनुसार सभाभवन आरामदायी अनि सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ।

६ यहोवाका साक्षीहरूको मण्डलीहरूले सभाभवन चलाउन र स्याहारसम्भार गर्न लाग्ने खर्च आफै बेहोर्छ। यसको लागि कुनै चन्दा उठाइँदैन। सभामा आउनेहरूले अनुदान दिन सकून्‌ भनेर हरेक सभाभवनमा अनुदान बाकस राखिएको हुन्छ। तिनीहरू मन नलागी-नलागी होइन, खुसीसाथ अनुदान दिन्छन्‌। (२ कोरि. ९:७) तिनीहरूले दिएको अनुदानबाटै सभाभवन चलाउन लाग्ने खर्च बेहोरिन्छ।

७ सभाभवन चलाउन आर्थिक रूपमा सहयोग गर्न पाउनुलाई र त्यसलाई सफा अनि राम्रो अवस्थामा राख्न मदत गर्न पाउनुलाई मण्डलीका सबैले ठूलो सुअवसर ठान्छन्‌। यस कामको तालिका बनाउन कुनै एल्डर वा सहायक सेवकलाई खटाइएको हुन्छ। सामान्यतया क्षेत्र सेवा समूहहरूले पालैसित सभाभवन सफा गर्छन्‌। समूह निरीक्षक अथवा तिनको सहायकले सरसफाइमा नेतृत्व लिन्छन्‌। सभाभवनको भित्रबाहिर दुवै ठाउँको अवस्था यहोवा र उहाँको सङ्‌गठनको इज्जत राख्ने किसिमको हुनुपर्छ।

सभाभवन चलाउन आर्थिक रूपमा सहयोग गर्न पाउनुलाई र त्यसलाई सफा अनि राम्रो अवस्थामा राख्न मदत गर्न पाउनुलाई मण्डलीका सबैले ठूलो सुअवसर ठान्छन्‌

८ एकभन्दा धेरै मण्डलीले एउटै सभाभवन प्रयोग गर्छन्‌ भने सम्बन्धित मण्डलीका एल्डरहरूले सभाभवन सञ्चालन समिति गठन गर्छन्‌। यस समितिले सभाभवन र यससित सम्बन्धित सम्पूर्ण कामकुराको निरीक्षण गर्छ। एल्डरहरूको निकायहरूले सञ्चालन समितिको संयोजकको रूपमा एक जना भाइलाई नियुक्‍त गर्छ। एल्डरहरूको निकायहरूको मातहतमा रहेर सञ्चालन समितिले सभाभवनको सरसफाइको निरीक्षण गर्छ, सभाभवनलाई राम्रो अवस्थामा राख्छ र आवश्‍यक सरसामानहरू किन्छ। यसको लागि सम्बन्धित सबै मण्डलीले एकअर्कासित मिलेर काम गर्नुपर्छ।

९ धेरै मण्डलीले एउटै सभाभवन चलाइरहेका छन्‌ भने मण्डलीहरूले सभा गर्ने समय पालैसित परिवर्तन गर्न सक्छन्‌। तर एल्डरहरूले सबै मण्डलीका दाजुभाइ दिदीबहिनीलाई माया र चासो देखाउँदै यस्तो परिवर्तन गर्नुपर्छ। (फिलि. २:२-४; १ पत्रु. ३:८) एउटा मण्डलीले अर्को मण्डलीको लागि निर्णय गरिदिनु हुँदैन। कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको बेला अरू मण्डलीले त्यो हप्ता आफ्नो सभा हुने समय परिवर्तन गर्नुपर्छ।

१० विवाह भाषण वा अन्त्येष्टि भाषणको लागि सभाभवन प्रयोग गर्ने हो भने मण्डलीको सेवा समितिको अनुमति लिनुपर्छ। तर अनुमति दिनुअघि एल्डरहरू त्यस विषयमा छलफल गर्छन्‌ अनि शाखा कार्यालयले दिएको निर्देशनको आधारमा निर्णय गर्छन्‌।

११ यी कुराहरूको लागि सभाभवन प्रयोग गर्ने अनुमति पाएका दाजुभाइ दिदीबहिनीले सभाभवनमा ख्रिष्टियनहरूलाई नसुहाउने प्रकारको कामकुरा गर्नु हुँदैन। सभाभवनमा यहोवा अनि मण्डलीको बदनाम हुने कुनै पनि किसिमको काम गर्नु हुँदैन। (फिलि. २:१४, १५) शाखा कार्यालयको निर्देशनबमोजिम सभाभवनलाई राज्य सेवा स्कुल अनि अग्रगामी सेवा स्कुलजस्ता आध्यात्मिक कार्यक्रमका लागि चलाउन सकिन्छ।

१२ मण्डलीका दाजुभाइ दिदीबहिनीले सधैँ सभाभवनको आदर गर्नुपर्छ। सभाभवनमा जाँदा हाम्रो लुगाफाटा, कोरीबाटी अनि आचरण यहोवाका उपासकहरूलाई सुहाउने किसिमको हुनुपर्छ। (उप. ५:१; १ तिमो. २:९, १०) यस सन्दर्भमा बाइबलको सल्लाह लागू गर्दा हामीले सभाहरूको कदर गरिरहेका हुन्छौँ।

१३ पूरै सभा शान्त वातावरणमा सञ्चालन गर्नु महत्त्वपूर्ण छ। आमाबुबाले आफ्ना छोराछोरीलाई आफूसँगै राख्नुपर्छ। स-साना बालबच्चा भएका आमाबुबाहरूलाई अरूको ध्यान नखलबलिने ठाउँमा बस्न आग्रह गर्न सकिन्छ। यस्तो ठाउँमा बस्दा स-साना नानीबाबुहरूलाई अनुशासन दिनको लागि वा अन्य कुराको लागि बाहिर लैजान सजिलो हुन्छ।

१४ योग्य भाइहरूलाई परिचारकको जिम्मेवारी दिइन्छ। परिचारकहरू चनाखो, मित्रैलो अनि समझदार हुनुपर्छ। सभाभवनमा आउने नयाँ व्यक्‍तिहरूलाई स्वागत गर्नु, सभामा ढिला आइपुगेका मानिसहरूको लागि सिट खोज्नु, सभामा आएका मानिसहरूको गन्ती गर्नु अनि मौसमअनुसार झ्यालढोका खोल्नु वा बन्द गर्नु परिचारकको जिम्मेवारी हो। साना केटाकेटीहरू सभाअघि वा पछि यताउता नदौडिऊन्‌ अथवा मञ्चमा गएर नखेलून्‌ भनेर परिचारकले आमाबुबालाई छोराछोरीको राम्ररी रेखदेख गर्न आग्रह गर्न सक्छन्‌। केटाकेटीले चकचक गर्न थालेमा उनीहरूलाई बाहिर लैजान परिचारकले आमाबुबालाई अनुरोध गर्नुपर्छ। यो काम परिचारकले दयालुपूर्वक अनि कौशलतासाथ गर्नुपर्छ। यसो गरेमा श्रोताहरूको ध्यान भङ्‌ग हुन पाउँदैन। परिचारकहरूको यस्तो सेवाले उपस्थित सबैलाई सभाबाट लाभ उठाउन ठूलो मदत पुग्छ। एल्डर र सहायक सेवकहरूलाई परिचारकको जिम्मेवारी दिनु बेस हुन्छ।

सभाभवन निर्माण

१५ प्रथम शताब्दीका केही ख्रिष्टियन धनी थिए। त्यसैले प्रेषित पावलले यसो भने: “समानताको हिसाबले अहिले तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्‌ र तिनीहरूको प्रशस्तताबाट पनि तिमीहरूको खाँचो टरोस्‌ अनि यसरी सबैमा समानता होस्‌।” (२ कोरि. ८:१४) अहिले पनि संसारभरिका मण्डलीहरूमा यस्तै “समानता” छ। संसारभरिका मण्डलीहरूले दिएको अनुदान सभाभवन बनाउन र मर्मतसम्भार गर्न प्रयोग गरिन्छ। हाम्रो सङ्‌गठन र सहयोग पाउने मण्डलीहरूले विश्‍वभरि रहेका दाजुभाइ दिदीबहिनीले देखाएको यस्तो उदार मनोभावको असाध्यै कदर गर्छन्‌।

१६ शाखा कार्यालयले विभिन्‍न कुरा विचार गरेर मण्डलीहरूलाई कुन सभाभवनमा सभा गर्ने भनेर तोकिदिन्छ। कहिले अनि कहाँ सभाभवन निर्माण गर्ने र कहिले अनि कुन सभाभवनको मर्मतसम्भार गर्ने भनेर पनि शाखा कार्यालयले निर्णय गर्छ। साथै प्राकृतिक प्रकोप अथवा अन्य कुराले क्षति पुऱ्‍याएको सभाभवनहरूको मर्मतसम्भार गर्ने र कहिलेकाहीँ ख्रिष्टियन दाजुभाइ दिदीबहिनीको क्षतिग्रस्त घर पनि मर्मत गर्ने प्रबन्ध मिलाउँछ।

१७ सभाभवन बनाउन चाहिने जग्गा किन्‍न, सभाभवन डिजाइन गर्न, निर्माण गर्नको लागि सरकारी अनुमति प्राप्त गर्न, भवन निर्माण गर्न र स्याहारसम्भार गर्न शाखा कार्यालयले स्वयंसेवकहरूलाई खटाउँछ। थुप्रै देशमा सभाभवनको तड्‌कारो खाँचो छ। त्यसैले थुप्रै स्वयंसेवक चाहिएको छ। सभाभवन निर्माणकार्यमा भाग लिन इच्छुक, उदाहरणीय अनि बप्तिस्मा गरेका प्रकाशकहरूले फाराम भरेर आफ्नो मण्डलीको सेवा समितिलाई बुझाउन सक्छन्‌। बप्तिस्मा नगरेका प्रकाशकहरूले पनि आफ्नो सभाभवनको निर्माणकार्यमा वा मर्मतसम्भारमा सघाउन सक्छन्‌।

सम्मेलन भवन

१८ प्रथम शताब्दीका ख्रिष्टियनहरू अक्सर सानो समूहमा भेला हुन्थे। तर कहिलेकाहीँ ख्रिष्टियनहरूको “ठूलो जमात” पनि एकसाथ भेला हुन्थ्यो। (प्रेषि. ११:२६) त्यसैगरि अहिले पनि यहोवाका उपासकहरू सम्मेलन अनि अधिवेशनको लागि ठूलो समूहमा भेला हुन्छन्‌। सम्मेलन तथा अधिवेशनको लागि भवनहरू अक्सर भाडामा लिइन्छ। तर भाडामा लिन कुनै भवन उपलब्ध छैन वा ठूलो जमघटको लागि कुनै उपयुक्‍त ठाउँ छैन भने सम्मेलन भवन बनाइन्छ। सभाभवनजस्तै सम्मेलन भवन पनि यहोवाको उपासनास्थल हो।

१९ कहिलेकाहीँ पुरानो भवन किनेर मर्मत गरिन्छ अनि सम्मेलन भवनको रूपमा चलाइन्छ। तर अक्सर नयाँ भवन बनाइन्छ। स्थानीय आवश्‍यकताअनुसार सम्मेलन भवनको आकार फरक-फरक हुन सक्छ। शाखा कार्यालयले नयाँ भवन निर्माण गर्नुअघि वा पुरानो भवन किन्‍नुअघि कति खर्च लाग्छ र भवन कतिको प्रयोग हुन्छ भनेर राम्ररी विचार गर्छ।

२० सम्मेलन भवनको हेरविचार अनि स्याहारसम्भार गर्न शाखा कार्यालयले भाइहरूलाई नियुक्‍त गर्छ। नियमित रूपमा सम्मेलन भवनको सरसफाइ गर्ने, स्याहारसम्भार गर्ने र वर्षको दुई पटक सफाइ गर्ने जिम्मेवारी सर्किटहरूलाई दिइएको हुन्छ। दाजुभाइ दिदीबहिनीले यी कामहरूमा भाग लिएर थुप्रै लाभ उठाउन सक्छन्‌। त्यसैले सबै दाजुभाइ दिदीबहिनीलाई पूरा तनमनले यस काममा भाग लिन प्रोत्साहन दिन्छौँ।—भज. ११०:३; मला. १:१०.

२१ कहिलेकाहीँ सम्मेलन भवनमा अन्य कार्यक्रम पनि सञ्चालन हुन्छ। जस्तै, बाइबल स्कुलहरू र क्षेत्रीय निरीक्षकहरूको लागि विशेष सभाहरू। सभाभवनजस्तै सम्मेलन भवन पनि यहोवाको उपासना गर्न समर्पित गरिएको भवन हो। सभाभवनमा जाँदा हाम्रो आचरण, पहिरन अनि कोरीबाटी जस्तो हुनुपर्छ, सम्मेलन भवनमा जाँदा पनि त्यस्तै हुनुपर्छ।

२२ यस अन्तको दिनको अन्तिम घडीमा थुप्रै मानिस परमेश्‍वरको सङ्‌गठनतर्फ ओइरिँदै छन्‌। यो यहोवाको आशिष्‌को प्रमाण हो। (यसै. ६०:८, १०, ११, २२) त्यसैले हामी सफा र आरामदायी उपासनास्थलहरू बनाउने र स्याहारसम्भार गर्ने काममा भाग लिन्छौँ। यसो गर्दा हामीले यी भवनहरूको कदर गरिरहेका हुन्छौँ। किनभने यहोवाको दिन नजिकिँदै गइरहेको यस घडीमा हामीले यही भवनहरूमा एकअर्कालाई प्रोत्साहन दिने मौका पाइरहेका छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने