प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १०/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केटाकेटीहरूले किन लागू पदार्थ सेवन गर्छन्‌
  • त्रासको रोमाञ्च
  • राम्ररी हात धुने
  • गरिबहरूको दयनीय अवस्था
  • मृत्युपश्‍चात्‌ जीवन वा दृष्टिभ्रम?
  • पृथ्वीको आधा भूभाग अझै प्रयोग गरिएको छैन
  • जनावरहरूको लागि ट्राफिक बत्तीहरू?
  • बिरामी पर्दा लामो समयसम्म ओछ्यानमा विश्राम लिनुका बेफाइदाहरू
  • बाँझो दम्पतीहरूका लागि नयाँ आशा?
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १०/८ पृ. २८-२९

विश्‍वदर्शन

केटाकेटीहरूले किन लागू पदार्थ सेवन गर्छन्‌

“हामीले आफ्ना छोराछोरीहरूलाई लागू पदार्थ वा मद्यपानको दुर्व्यसनी हुनदेखि कसरी जोगाउन सक्छौं र केही केटाकेटीहरूलाई “नाइँ” भन्‍न अरूलाई भन्दा किन गाह्रो लाग्छ?” यी प्रश्‍नहरू हालै पेरेन्टस्‌ पत्रिकाले गरेको थियो। सं.रा.अ.-को एरिजोना विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै गरेको अध्ययनबाट केही सम्भाव्य जवाफहरू भेटाए। यस अध्ययनले छ र सात कक्षाका लगभग १,२०० केटाकेटीहरूको जाँच गऱ्‍यो। साथै केटाकेटीहरूलाई लागू पदार्थ वा मद्यपानको दुर्व्यसनतर्फ आकर्षित गर्ने १० विभिन्‍न कारणहरूमाथि विचार पुऱ्‍यायो। दुइ प्रमुख कारणहरू यसप्रकार थिए, “साथीभाइको दबाब र लागू पदार्थ तथा मद्यपानको दुर्व्यसनी साथीहरू हुनु।” अर्कोतर्फ, यो अध्ययनले के पनि देखायो भने, शैक्षिक उपलब्धिले सुरक्षात्मक भूमिका निर्वाह गर्न सक्छ। शायद यसले आत्म-सम्मान बढाउने र विरलै मात्र त्यस्ता दुर्व्यसनीहरूसित मित्रता गाँस्न उत्प्रेरित गर्ने भएकोले त्यसो भएको हुनसक्छ।

त्रासको रोमाञ्च

क्यानाडाको द ग्लोब एण्ड मेल-ले यस्तो रिपोर्ट प्रस्तुत गर्छ, “किशोरकिशोरीहरू त्रासको रोमाञ्चसित लग्गू भएका छन्‌।” त्यस पत्रिकाअनुसार डरलाग्दा कार्डहरूको साटफेर, डरलाग्दा चित्रकथा, चित्र, चलचित्र र संगीतसमेत किशोरकिशोरीहरूबीच अहिले लोकप्रिय छ।” त्यस्ता पाठ्यपुस्तकहरू पढ्‌ने नराम्रो अभिरूचिलाई सन्तुष्ट पार्न एक प्रकाशकले त्रैमासिक प्रकाशनलाई मासिक प्रकाशित गर्न थाले। अन्य प्रकाशकहरूले अर्धमासिक प्रकाशित गर्न थाले। त्रासप्रति किन यत्रो रोमाञ्च? लेखक शन रायनअनुसार “ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने, अस्वस्थता वा दुःख हुँदा त्राससित सम्बन्धित कुराहरू सधैं नै लोकप्रिय भएका छन्‌।” द ग्लोब-अनुसार श्री. रायनले यसो भने: “१९९०-को दशकमा निस्सन्देह, हामी सरकारदेखि असन्तुष्ट र अपराधको कारण दुःखी वा भयभित छौं। यस्तै समयहरूमा त्राससित सम्बन्धित कुराहरू लोकप्रिय हुन्छन्‌।”

राम्ररी हात धुने

चिकित्सकहरूको भनाइअनुसार नियमित तवरमा हात धुँदा “रूघाखोकी, ज्वरो, बसेको घाँटी, पेट दुख्ने र अन्य गम्भीर स्वास्थ्य समस्याहरू फैलाउने किटाणुहरूबाट जोगिन मदत मिल्छ” भनी टोरन्टो स्टार-ले रिपोर्ट गर्छ। त्यही पत्रिकामा अझ यसो भनिएको छ: “मोन्ट्रिआलका चर्म विशेषज्ञ डा. कुल्यो सोटोअनुसार राम्ररी हात धुँदा भाइरस तथा जीवाणुद्वारा सर्ने संक्रामक रोगहरू नाटकीय ढंगमा कम गर्न सकिन्छ। श्‍वासप्रश्‍वाससम्बन्धी रोगहरू ५४ प्रतिशत र झाडापखाला ७२ प्रतिशतले कम गर्न सकिन्छ।” क्यानेडियन पेडियाट्रिक सोसाइटीको सुझावअनुसार राम्ररी हात धुन धारामा हात भिजाएपछि एकदेखि ३० सम्म गनुञ्जेल साबुनले माड्‌नुपर्छ। त्यसपछि एकदेखि ५ सम्म गनुञ्जेलसम्म पानीले पखाल्नुपर्छ र अन्तमा अरूले प्रयोग नगरेको सफा रूमाल वा कागतको रूमालले पुछ्‌नु वा तातो वायु प्रवाह हुने यन्त्रमा हात सुकाउनुपर्छ। भोजनालय, घुमन्ते पसल वा बजारकक्षका चमेनागृहहरूमा खाना ओसार पसार गर्ने व्यक्‍तिहरू विशेषगरि हात राम्ररी धुन होशियार हुनुपर्छ।

गरिबहरूको दयनीय अवस्था

हालै कोपेनहेगन, डेनमार्कमा सं.रा.सं.-अन्तर्गत वर्ल्ड समिट फर सोशियल डिभेलप्मेन्ट नामक अधिवेशेन सम्पन्‍न भयो। त्यसको प्रतिवेदनअनुसार संसारभरिको ग्रामीण इलाकाका गरिबहरूको अवस्था दयनीय छ। त्यहाँ रिपोर्ट गरिएअनुसार एक अरबभन्दा बढी मानिसहरू असाध्यै गरिब छन्‌ र यसमध्ये आधाभन्दा बढी दिनहुँजसो भोकै हुन्छन्‌। यो समस्याको एउटा कारण बेरोजगारी हो। पूर्णतया बेरोजगार वा कम तलबमा काम गर्नेहरू ८० करोडजति छन्‌। समष्टिगत तवरमा भन्‍ने हो भने, ३० प्रतिशत विश्‍व श्रम शक्‍तिलाई उपयोगी कार्यमा रोजगार दिन सकिएको छैन। विश्‍वमा १.१ अरबदेखि १.३ अरब मानिसहरूको प्रति दिनको आय एक (अमेरिकी) डलरभन्दा कम छ। निरक्षरताले यो समस्यालाई झनै चर्काउँछ र यसबाट अहिले लगभग ९०.५ करोड मानिसहरू प्रभावित छन्‌। यो संख्या बढ्‌दै छ। तेह्र करोड केटाकेटीहरू योग्य हुँदा हुँदै पनि स्कूल जाँदैनन्‌ र तिनीहरूको संख्या सन्‌ २००० सम्म १४.४ करोड पुग्ने अनुमान गरिएको छ।

मृत्युपश्‍चात्‌ जीवन वा दृष्टिभ्रम?

समाचार माध्यमहरूले “मृत्यु हुनुभन्दा केही क्षण अघिका अनुभवहरू” प्रायजसो प्रचारप्रसार गर्ने गर्छन्‌। बिरामीहरूले आफू मृत्युशय्यामा हुँदा मृत्यपश्‍चात्‌ जीवनको झलक देखेको दाबी गर्छन्‌। हालै जर्मन स्नायु विशेषज्ञहरूको टोलीले गरेको परीक्षणअनुसार यस्ता अनुभवहरू अक्सिजनको कमीले गर्दा हुने दृष्टिभ्रम हुन्‌। डच समाचार पत्र डा कोये एन अम्लान्डर- अनुसार उक्‍त टोलीले अत्यधिक वायुसंचारद्वारा बढीमा २२ सेकेण्डजति अचेत पारिएका ४२ जना स्वस्थ्य युवाहरूको अध्ययन गरे। होशमा आएपछि यी युवाहरूले “मृत्युशय्याका अनुभवहरू” सित मिल्दोजुल्दो अनुभूति भएको तथा दृश्‍यहरू देखेको वर्णन गरे। केहीले चहकिलो रंग तथा प्रकाश देखेको, आकाशमा उडिरहेको चराले देख्नेजस्तो दृश्‍य, आफ्ना प्रियजनहरू रमणीय वातावरणमा बसिरहेका र अरु त्यस्तै प्रकारका कुराहरू देखेको विवरण दिए। ती अनुभूतिहरू असाध्यै रमाइला र शान्तिपूर्ण भएकोले अचेत अवस्थामा नै रहिरहन पाए हुन्थ्यो भनी अधिकांश युवाहरूले व्यक्‍त गरे।

पृथ्वीको आधा भूभाग अझै प्रयोग गरिएको छैन

न्यु साइन्टिस्ट पत्रिकाले यस्तो रिपोर्ट दिन्छ, “मानवजातिको सर्वोत्तम प्रयासहरुको बावजूद पृथ्वीको आधाभन्दा बढी भूभागको अझै प्रयोग भएको छैन।” एउटा नयाँ अध्ययनअनुसार “नौ करोड वर्ग किलोमिटर अर्थात्‌ लगभग ५२ प्रतिशत भूभाग अझै प्रयोग भएको छैन।” सन्‌ १९८९ को सर्वेक्षणअनुसार पृथ्वीको एक तिहाइ भूभाग मात्र प्रयोग गरिएको छैन भनिएको थियो तर यो अनुपात अहिले किन यति धैरै भएको? किनभने कन्जर्भेशन इन्टरनेशनलका ली हानाले हालै गरेको अध्ययनमा १,००० वर्ग किलोमिटरजति साना क्षेत्रहरु पनि समावेश गरिएको छ जबकि यसअघिका अध्ययनहरूमा सबैभन्दा सानो क्षेत्र नै ४,००० वर्ग किलोमिटर थियो। उक्‍त लेखले यो भन्यो, “गहन अध्ययन गरेपछि सम्भवतः मानवजातिले प्रयोग नगरेको अझ ठूलो भूभाग पत्ता लाग्नेछ।” तथापि, प्रयोग नगरिएको भूमिको अधिकांश भाग “चट्टान, हिउँ र बालुवा” हुन्‌। त्यो मानव तथा वन्यजन्तुहरू आबाद गर्नको लागि अयोग्य छ भनी हानाले औंल्याए। तिनले भने, “मानिसहरूले पृथ्वीमा आबाद गर्न योग्य जमीनको तीन चौथाइ भागलाई प्रयोग गरिसकेका छन्‌।” सर्वेक्षणअनुसार तीन वर्गहरू यसप्रकार थिए: प्रयोग नगरेको (५२ प्रतिशत), आंशिक तवरमा प्रयोग गरेको (२४ प्रतिशत) र पूर्णतया ओगटेको (२४ प्रतिशत)।

जनावरहरूको लागि ट्राफिक बत्तीहरू?

जनावरहरूले बाटो काट्‌दा सवारीचालक तथा जनावरहरू दुवैको लागि सम्भाव्य खतरा सृजना हुन्छ। प्रकृतिसम्बन्धी फ्रान्सिसी पत्रिका टेर सोभाज-को प्रतिवेदनअनुसार राती जनावरहरूले जंगलको बाटो काट्‌दा अनगिन्ती दुर्घटनाहरू भएकोले फ्रेन्च नेशनल अफिश अफ फरेस्टस्‌का प्राविधिज्ञहरूले एउटा अचम्मको कुरा पत्ता लगाएका छन्‌। जनावरहरू रातो बत्ती देखेपछि रोक्छन्‌! परीक्षणहरूले देखाएअनुसार रातो बत्तीको प्रकाश तरंगले जनावरहरूलाई केही समयको लागि निष्क्रिय बनाउँछ। फ्रान्सका जंगलका सडकहरूको छेऊमा रातो परावर्तकहरू राखिएका छन्‌ र त्यसले विपरीत दिशाबाट आएका गाडीहरूको बत्तीलाई जंगलतिर परावर्तन गर्छ। सडकमा आउनअघि अब जनावरहरू त्यो बत्ती नहराउञ्जेल पर्खेर बस्छन्‌।

बिरामी पर्दा लामो समयसम्म ओछ्यानमा विश्राम लिनुका बेफाइदाहरू

“बिरामी पर्दा लामो समयसम्म विश्राम लिंदा बिरामीलाई लाभभन्दा बढी हानि हुन्छ” भनेर लण्डनको द टाइम्स-ले दाबी गर्छ। यस प्रचलित उपचारविधिमाथि लगभग ५० वर्षअघि चिकित्सक सर रिचर्ड आशेरले शंका व्यक्‍त गर्नुको साथै यसले गर्दा हुनसक्ने स्वास्थ्यसम्बन्धी खतराहरूमा ध्यानाकर्षण गराए। ती खतराहरू, रक्‍तनलीमा रगत जम्नु, मांशपेशी शिथिल हुनु, हड्डीहरूमा क्याल्सियमको कमी, मृगौलामा पत्थर जम्नु, कब्जियत हुनु, निराशा इत्यादि हुन्‌। पछि गरिएका अध्ययनहरूले यो चेताउनीलाई प्रमाणित गरेको छ। मृत्युपश्‍चात्‌ गरिने परीक्षणअनुसार धमनीमा वायुले गर्दा रक्‍तनलीमा हुने घातक अवरोधको प्रत्यक्ष सम्बन्ध बिरामीले मृत्युअघि ओछ्यानमा बिताएको समयसित हुन्छ। अर्कोतर्फ, कटिको सम्बन्धी रोगले गर्दा ढाडमा तीव्र पीडा र गर्भावस्थाका अन्तिम चरणहरूमा स्वास्थ्यसम्बन्धी समस्याहरू हुँदा डाक्टरले आराम गर्ने सुझाव दिन्छन्‌। निस्सन्देह, अन्य प्रकारका गम्भीर बिमारीहरू हुँदा आराम गर्नुबाहेक अर्को विकल्प हुँदैन। तथापि, पीडा कम भइसकेपछि चलहल गर्नाले निवारण छिटो हुन्छ भन्‍ने डाक्टरहरूको सोचाइ छ।

बाँझो दम्पतीहरूका लागि नयाँ आशा?

फ्रान्सिसी समाचार निकाय फ्राँस प्रेसअनुसार एउटा नयाँ चिकित्सा प्रविधिले बाँझो दम्पतीहरूलाई गर्भधारण गर्न मदत दिइरहेको छ। यस प्रविधिको सुरुआत डेनमार्कमा भएको थियो। यस प्रविधिमा असाध्यै मसिनो काँचको सियोले स्त्रीको अण्डकोषभित्र पुरुषको एउटा शुक्रकीट राखिन्छ। यो प्रविधिको लागि असाध्यै सावधानी (एउटा शुक्रकीट केवल ०.०००५ मिलिमिटर हुन्छ; एउटा अण्डा ०.१ मिलिमिटर हुन्छ) र दक्षता चाहिन्छ तर यो तरिका सफल साबित भएको छ। यसको थप लाभ के छ भने, अज्ञात दाताको साटो आफ्नै पतिको शुक्रकीट प्रयोग गरेर स्त्रीको शरीरभित्र गर्भधारण गराउन सकिन्छ। यसले गर्दा नैतिकता तथा धर्मसम्बन्धी संवेदनशील प्रश्‍नहरू खडा हुँदैन। एक तिहाइ स्त्रीहरू गर्भवती हुन नसक्नुको कारण निम्न स्तरीय शुक्रकीटले गर्दा हो। त्यसकारण यो प्रविधि अपनाएर थुप्रै दम्पतीहरूले सन्तान जन्माउने पुनर्जीवित आशा राख्न सक्ने चिकित्सकको सोचाइ छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने