जहाँ परदेशीहरू को अतिथि सत्कार गरिन्छ
मिशिगन, सं.रा.अ.-का एक जना मानिसले लेबनोन, टेनेसीका यहोवाका साक्षीहरूको मण्डलीलाई सेप्टेम्बर १९९४ मा एउटा पत्र लेखे। तिनले यसप्रकार वर्णन गरे:
”गत साल जून ६, १९९३, आइतबारको दिन म तपाईंहरूको जनभाषण तथा प्रहरीधरहरा अध्ययनमा उपस्थित भएँ। म त्यतिबेला राज्य भवनमा प्रथम चोटि गएको थिएँ। त्यहाँ मानिसहरूको हँसिलो मुहार तथा मप्रति देखाइएको निष्कपट प्रेमले गर्दा म निकै प्रभावित भएँ। म अलि ढिलो पुगें र एक्लै बसें। मेरै पंक्तिमा बसिरहेका एक जवान दम्पतीले मलाई बाइबल र पछि प्रहरीधरहरा अध्ययनको लागि एउटा पत्रिका पनि दिए।
“सभापश्चात् तपाईंहरूमध्ये धेरैजसोले मसित कुरा गर्नुभयो, हात मिलाउनुभयो र मलाई असाध्यै रमाइलो लाग्यो। तपाईंहरूको राज्य भवनबाट निस्कनुअघि मैले तीनवटा पुस्तक लिएँ—बाइबल, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ। त्यही रात मैले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक लगभग पढ्न सिध्याएँ र मैले आफ्नो परमेश्वरको नयाँ नाउँ, यहोवा भनेर सिकें। . . .
“एक परदेशीप्रति तपाईंहरूले देखाउनुभएको अद्भुत आतिथ्यप्रति आफ्नो मूल्यांकन व्यक्त गर्न चाहन्छु। अनि विशेषगरि यो थाह दिन चाहन्छु, मैले ७० वर्षको उमेरमा जुलाई ९, १९९४ का दिन बप्तिस्मा लिएँ।”
परमेश्वरको सेवा गर्ने मानिसहरूबाट तपाईं न्यानो आतिथ्य प्राप्त गर्न चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई नजीक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्। तिनीहरूले तपाईंको घर नजीकैको राज्य भवन तपाईंलाई देखाइ दिनेछन्।