प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १०/८ पृ. ३१
  • के प्रशस्त पानी हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के प्रशस्त पानी हुनेछ?
  • ब्यूँझनुहोस्‌!—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • सफा पानीको विश्‍वव्यापी अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • स्वच्छ पानी
    ब्यूँझनुहोस्‌!—२०२३
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १०/८ पृ. ३१

के प्रशस्त पानी हुनेछ?

“पृथ्वीको २% पानी मात्र स्वच्छ छ र यो पिउनयोग्य पानीको २/३ भाग ध्रुवीय क्षेत्र वा हिमनदीहरूमा जमेको अवस्थामा छ। यसले गर्दा १% [भन्दा कम] पानी मात्र तरल, स्वच्छ रूपमा छ।”—रिसर्च एण्ड एक्स्प्लोरेशन, नेशनल जियोग्राफिक प्रकाशन।

के तपाईंको घरमा धाराबाट पिउने पानी आउँछ? त्यसको लागि तपाईं खुशी हुनुहोस्‌। करोडौं मानिसहरू पानी लिन निकै किलोमिटर टाढा जानुपर्छ अनि त्यो पनि प्रायजसो पिउन योग्यको हुँदैन। अरू थुप्रै भने यस अमूल्य पानी ल्याउनको लागि सार्वजनिक धारा वा ट्रकहरूमा घुइँचो लाग्नुपर्छ। रिसर्च एण्ड एक्स्प्लोरेशन पत्रिकाले यसो भन्यो: “मानिसहरूको जनसंख्या बढ्‌दै जाँदा पानीको उपभोग तथा व्यवस्थापनसम्बन्धी समस्याहरू बढ्‌छन्‌। यी समस्याहरू विकासोन्‍नमुख मुलुकहरूमा असाध्यै जटिल छन्‌। यहाँ लगभग १ अरब मानिसहरूको निम्ति पिउने पानी पाउन असाध्यै गाह्रो वा असम्भव भने पनि हुन्छ।” यसको अर्थ, विश्‍व जनसंख्याको ५ जनामध्ये १ जनालाई उपभोग्य पानीको अभाव छ।

पानीको अभावले गर्दा भावी विवादहरूको बीऊ अहिले नै रोपिंदैछ। एक विशेषज्ञले यसो भनेका छन्‌: “अधिकांश मानिसहरू आफ्नो जीवन स्तर उकास्न असक्षम हुनेछन्‌ र झोपडीहरूमा जीवन निर्वाह गरिरहेका हुनेछन्‌। पानीको अभाव, खेतीपाती गर्न माटोको अभाव तथा बाँच्न जमीनको अभावले गर्दा गरिबी, सांस्कृतिक विकृति तथा जातीय दंगाबाट उम्कने प्रयासहरू विफल हुनेछन्‌।”

यस अमूल्य स्रोतलाई प्रयोग गर्न हामीले व्यक्‍तिगत तवरमा के गर्नसक्छौं? मीतव्ययीता अपनाउनुहोस्‌ र यसलाई होशियारीपूर्वक प्रयोग गर्नुहोस्‌—यो मूल्यवान्‌ तथा सीमित छ।

१) पानी खेर नफाल्नुहोस्‌। दाँत माज्दा वा दाह्री खौरँदा धारालाई त्यत्तिकै खोली नराख्नुहोस्‌। स्नान गर्दा धेरै बेरसम्म धारा खोलेर नराख्नुहोस्‌। धन्‍न तपाईंले स्नान गर्न पाइरहनुभएको छ!

२) पानीलाई फोहोर वा दूषित नबनाउनुहोस्‌। तपाईंको घर नजीकै एउटा प्रदूषित नदी वा खोला बग्छ भने कसैले तपाईंको समुदायको निम्ति मूल्यवान्‌ जलस्रोतको मुहानलाई प्रदूषित पारिरहेको छ। यो प्रदूषणको लागि प्रायजसो शहरका अधिकृत, उद्योगपतिहरू, किसान तथा अन्य व्यक्‍तिहरू जिम्मेवार हुन्छन्‌, जसले ढल तथा अन्य रासायनिक पदार्थहरू खोला र नदीमा मिसाइरहेका हुन्छन्‌।

हामीले पृथ्वीलाई कसरी प्रयोग गर्छौं त्यसको लेखा लिन यस पृथ्वीको सृष्टिकर्ता र घरधनीको हैसियतमा त्यसको लेखा लिनु परमेश्‍वरको अधिकार हो। यहोवाले ‘पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नुहुनेछ’ भनी बाइबलले भविष्यवाणी गर्छ।—प्रकाश ११:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने