तिनीहरूले प्रथम पुरस्कार प्राप्त गरे
मद्रास, भारतका दुइ विद्यार्थीहरुले अन्तरिक्ष वाहन तथा उडान पेटीसहितको अन्तरिक्ष केन्द्रको नमुना तयार गरे बापत प्रथम पुरस्कार प्राप्त गरे। यहाँ चित्रमा देखाइएका केटा र केटीले यो परियोजना बनाउने तरकिब कहाँबाट पाए?
यसबारे यी युवाहरूले ब्यूँझनुहोस्!-का प्रकाशकहरूलाई पत्रमा यसरी बयान गरे: “विशेषगरि, तपाईंहरूलाई हामी यो सुअवसरमा कृतज्ञता व्यक्त गर्दैछौं। किनभने सेप्टेम्बर ८, १९९२, अवेक!- मा प्रकाशित अन्तरिक्ष खोजयात्राबारे लेखको मदतद्वारा मात्र हामीले यी पुरस्कारहरू हासिल गरेका हौं।”
ब्यूँझनुहोस्! सम्पूर्ण परिवारको ज्ञान बढाउन प्रकाशित गरिएको हो। यसका पृष्ठहरू, विभिन्न मुलुकहरूका रीतिरिवाज तथा मानिस, आश्चर्यलाग्दो सृष्टि, व्यवहारिक विज्ञान तथा मानव रुचिका कुराहरूले भरिएका हुन्छन्। घरमा नियमित रूपले ब्यूँझनुहोस्! प्राप्त गरेर तपाईंले आफ्नो छोराछोरीको स्कूल र भावी जीवनमा लाभदायी हुने सामान्य ज्ञानलाई बढाउन तिनीहरूलाई मदत दिन सक्नुहुन्छ।
यदि तपाईं ब्यूँझनुहोस्!-को थप प्रति प्राप्त गर्न वा बाइबल शिक्षाको महत्त्वबारे छलफल गर्न तपाईंको घरमा कोही आएको चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ट ५ मा दिइएका ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा पत्राचार गर्नुहोस्।