“विश्वका सात महाभूलहरू”
भनिन्छ, मोहनदास गान्धीले “विश्वका सात महाभूलहरू” नाउँ दिएर एउटा सूची बनाए। ती हुन्:
• काम नगरी कमाएको सम्पत्ति
• अन्तस्करणबिनाको आनन्द
• आचरणबिनाको ज्ञान
• नैतिकताबिनाको व्यापार
• मानवताबिनाको विज्ञान
• त्यागबिनाको उपासना
• सिद्धान्तबिनाको राजनीति
तिनका नाति अरूण गान्धीले पनि त्यसमा एउटा थपेर आठवटा बनाए:
• जिम्मेवारीहरूबिनाको अधिकार
यस सूचीमा तपाईं पनि केही थप्न सक्नुहुन्छ। तर यस सूचीले मानिसलाई अवश्य सोचमग्न पार्छ। बाइबलका दुइ आज्ञाहरूमा यी “महाभूलहरू”-का समाधान पाइन्छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षा यिनै दुइ आज्ञामा निर्भर छन्।”—मत्ती २२:३७-४०.
[पृष्ठ २४-मा भएको चित्रको स्रोत]
UPI/Corbis-Bettmann