स्त्रीहरू धेरै बाँच्छन् तर खुशीसाथ नै बाँच्छन् भन्ने छैन
विश्वभरि नै स्त्रीहरू ढिलो विवाह गर्छन्, थोरै छोराछोरी जन्माउँछन् र धेरै बाँच्छन्। युनेस्को सोर्सेज पत्रिकाको प्रतिवेदनअनुसार “स्त्रीहरूको जीवनशैली परिवर्तन हुँदैछ।” सन् १९७० र १९९० को बीच जन्मिएका स्त्रीहरूको जीवनकाल विकसित देशमा चार वर्षले र विकासशील देशहरूमा झन्डै नौ वर्षले बढ्यो। “यसको अर्थ, विकसित देशहरूमा आज स्त्रीहरू पुरुषहरूभन्दा सरदर साँढे छ वर्ष बढी बाँच्छन्। यो फरक विकासशील देशहरू ल्याटिन अमेरिका र क्यारिबियनमा पाँच वर्ष, अफ्रिकामा साँढे तीन वर्ष अनि एसिया र प्रशान्त क्षेत्रमा तीन वर्ष छ।”
यस्तो भए तापनि धेरै बाँच्दैमा थुप्रै स्त्रीहरूको जीवन सुखी नै हुन्छ भन्ने होइन। संयुक्त राष्ट्र संघको पत्रिका आवर प्लानेट बताउँछ, विश्वका अधिकांश स्त्रीहरूका लागि आधारभूत मानव अधिकारहरू त “आकाशको फल आँखा तरी मर” भनेजस्तै भएको छ। यद्यपि, संयुक्त राष्ट्र संघ बताउँछ, लाखौं मानिसहरूले यी आधारभूत मानव अधिकारहरू पाउन सक्तैनन् किनभने विश्वमा अझै दिनप्रतिदिन बढिरहेको अशिक्षित, शरणार्थी र गरिब मानिसहरूमध्ये अधिकांश त स्त्रीहरू नै छन्। युनेस्को सोर्सेज निष्कर्षमा बताउँछ, केही प्रगतिहरूको बावजूद “स्त्रीहरूको भावी प्रत्याशा . . . अन्धकारमय देखिन्छ।”