प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ७/८ पृ. ३२
  • उनले जम्मै प्रश्‍नको जवाफ पाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनले जम्मै प्रश्‍नको जवाफ पाए
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ७/८ पृ. ३२

उनले जम्मै प्रश्‍नको जवाफ पाए

भारतमा यहोवाका साक्षीहरूसँग भेटेका एक व्यक्‍तिले चर्चमा सिकेका शिक्षाहरूभन्दा साक्षीहरूले बताएको शिक्षा एकदमै भिन्‍न पाए। त्यस व्यक्‍तिले यो कुरा यहोवाका साक्षीहरूलाई बताए र साक्षीहरूको भारतस्थित शाखा कार्यालयमा पत्र पठाएर अनेकन्‌ प्रश्‍नहरू सोधे।

उनले पठाएको पत्र यसरी सुरु भएको थियो: “लोनाभलाका मेरा अति प्रिय भाइहरू।” लोनाभला भनेको साक्षीहरूको भारतस्थित शाखा कार्यालय रहेको ठाउँ हो। उनले यसरी लेखे: “मे ८, १९९५ को ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) ‘के तपाईंले कहिल्यै सोच्नुभएको थियो?’ विषयले मेरा सबै शंका र प्रश्‍नहरूको समाधान गरिदियो। यहोवाका साक्षीहरूसँग सत्य छ भन्‍ने कुरामा म पूर्ण विश्‍वस्त भएको छु।”

माथि उल्लिखित ब्यूँझनुहोस्‌!-को लेखले निम्न प्रश्‍नहरूका जवाफ दिएको थियो: “के साँचो धर्मले परमेश्‍वरको नाउँलाई गोप्य राख्ने वा त्यसको सट्टामा अर्कै नाउँ प्रयोग गर्ने कोसिस गर्छ?” “साँचो धर्मको शिक्षाले मानिसहरूको आचरण कस्तो बनाउँछ?” “परमेश्‍वरले स्वीकार्नुहुने धर्मले के लडाइँ र जातीय अथवा साम्प्रदायिक संहारमा भाग लिन दिन्छ?”

ब्यूँझनुहोस्‌!-ले तपाईंलाई बाइबलसम्बन्धी खोजबिन गर्न पनि सघाउँछ भन्‍ने कुरामा हामी पूर्ण विश्‍वस्त छौं। यदि तपाईं यस पत्रिकाको एक प्रति पढ्‌न चाहनुहुन्छ वा कोही तपाईंको घरमा आएर बाइबलसम्बन्धी छलफल गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58, Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने