प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. १९-२६
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • प्रश्‍नका उत्तरहरू
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. १९-२६

के तपाईंलाई थाह छ?

(यी हाजिरजवाफका उत्तरहरू उद्धृत बाइबल पदहरूमा पाउन सकिन्छ र उत्तरको सम्पूर्ण सूची पनि पृष्ठ २६ मा प्रकाशित गरिएको छ। थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “धर्मशास्त्रमाथि अन्तरदृष्टि” [ अंग्रेजी] हेर्नुहोस्‌।)

१. शास्त्री तथा फरिसीहरूको निन्दा गर्दा येशूले कसको “पवित्रबास र वेदीका बीचमा हत्या गऱ्‍यौ” भन्‍नुभएको थियो? (मत्ती २३:३५)

२. बिन्यामीनका जेठो छोरा को थिए? (उत्पत्ति ४६:२१)

३. कुन हारूनवंशीय पूजाहारी नामी प्रतिलिपिक र व्यवस्थाका शिक्षक थिए? (नहेम्याह ८:१, २)

४. साँच्चै बुद्धिमान्‌ हुन कुनै व्यक्‍तिले संसारको सामुन्‍ने के गर्नुपर्छ? (१ कोरिन्थी ३:१८, १९)

५. कानको तल्लो झुण्डिएको भागलाई के भनिन्छ? (लेवी १४:१४)

६. पावलले, रुपैयाँ-पैसालाई प्रेम गर्दा कस्तो नतिजा हुन्छ भने? (१ तिमोथी ६:१०)

७. इजकिएलको दर्शनमा अलौकिक रथको “भूइँ” के सँग मिल्दोजुल्दो थियो? (इजकिएल १:२२)

८. पावललाई रोममा कैदी बनाएर लग्दा नाविकहरू आफ्नो जहाज कुन बलौटे धापमा फस्छ भनेर डराए? (प्रेरित २७:१७)

९. हारूनको लाहुरो कुन रूखको थियो? (गन्ती १७:८)

१०. लूतले आफ्नो पाहुनाहरूलाई हूलबाट कुन हदसम्म बचाउन खोजे? (उत्पत्ति १९:६-८)

११. मिश्री शहर मेम्फिशको बाइबल नाउँ के हो? (यशैया १९:१३)

१२. रातो मुडुलीलाई के भनिन्छ? (हितोपदेश ५:१९)

१३. कुन कीरालाई तिनीहरूको जटिल सामाजिक व्यवस्थाले गर्दा “मानिस” भनिन्छ? (हितोपदेश ३०:२५)

१४. यहूदाकी पत्नीका कनानी पिता को थिए? (उत्पत्ति ३८:२)

१५. गधा र घोडीबाट जन्मेको बच्चालाई के भनिन्छ? (२ शमूएल १३:२९)

१६. “परमप्रभुको अगि घृणित” कुरा के हो? (हितोपदेश १२:२२)

१७. इस्राएलका ७,००० जनाले कुन झूटो देवतालाई ढोगेनन्‌ भनी एलियालाई भनियो? (१ राजा १९:१८)

१८. शिओल र हेडिस अर्थ बुझाउने हिब्रू तथा युनानी शब्दहरू अनुवाद गर्न कुन एउटा शब्द चलाइएको छ जसले गर्दा मृत्युपछि के हुन्छ भन्‍ने कुरा गोलमाल भएको छ? (प्रेरित २:३१, किंग जेम्स भर्सन)

१९. धर्मी हन्‍नालाई कसले मातेकी भन्ठानेको थियो? (१ शमूएल १:१३)

२०. पावलले रोमी मण्डलीका कसलाई “ख्रीष्टमा योग्य ठहरिएका” भने? (रोमी १६:१०)

२१. सुसमाचारका पुस्तकहरूमा १२ प्रेरितहरूमध्ये कसको सबैभन्दा धेरै कथनहरू रेकर्ड गरिएको छ? (मत्ती १५:१५)

२२. कुन कुरा घोषणा गर्दा पावल कोर्रा खानदेखि बचे? (प्रेरित २२:२५-२९)

२३. येशूको लासलाई गाड्‌नुअघि निकोदेमसले कुन दुई मसला चलाए? (यूहन्‍ना १९:३९)

२४. एक जना मात्र कोरी येशूलाई धन्यवाद दिन फर्किंदा उहाँले जम्मा कति जनालाई निको पार्नुभएको थियो? (लूका १७:१२-१९)

२५. आफ्नो रक्षा गर्न नसक्ने भएकोले व्यवस्थाले कस्ता मानिसहरूलाई नसराप भनेको थियो? (लेवी १९:१४)

प्रश्‍नका उत्तरहरू

१. “बरखियाको छोरा जकरिया“

२. बेला

३. एज्रा

४. मूर्ख

५. लोती

६. “खराबी” कुरा जसमा “विश्‍वासबाट कुमार्गमा” तर्किनु पनि समावेश छ

७. ‘स्फटिकको चमक’

८. सिरटिस

९. कागजी बदाम

१०. तिनले आफ्ना दुई छोरीहरू दिए

११. नोप

१२. हरिणी

१३. कमिला

१४. शू

१५. खच्चर

१६. झूटो बोल्नु

१७. बाल

१८. नरक

१९. मुख्य पूजाहारी एली

२०. अपोल्लस

२१. पत्रुस

२२. तिनी रोमी हुन्‌ भनेर

२३. मुर्र र एलवा

२४. दस

२५. बहिरा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने