प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ७/८ पृ. ३२
  • तिनले किन परमेश्‍वरमाथि विश्‍वास गरिनन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले किन परमेश्‍वरमाथि विश्‍वास गरिनन्‌?
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ७/८ पृ. ३२

तिनले किन परमेश्‍वरमाथि विश्‍वास गरिनन्‌?

पूर्व सोभियत संघको गणतन्त्र जर्जियाको रुसताभि शहरमा बस्ने एक युवती एलेस्याले दुई आगन्तुकहरूलाई आफ्नो आमाबाबुको तस्बिर देखाउँदै भनिन्‌: “परमेश्‍वर हुनुहुन्छ भने उहाँले मेरो आमाबाबुलाई यस्तो जवान छँदै मर्न दिनुहुनेथिएन होला!” एलेस्याको श्रीमान्‌ टोमाजी घर फर्केपछि ती आगन्तुकहरूले तिनीहरूलाई पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” दिए।

ती दम्पतीकहाँ पुनःभेटको निम्ति जाँदा एलेस्याले “हेर!” पुस्तिका सबै पढिसकेकी थिइन्‌ र बाइबल अध्ययन गर्न चाहन्थिन्‌। आफूले पढेको कुरा तिनलाई मनपऱ्‍यो। छलफलको दौडान तिनले आफूले पढेर चिह्न लगाइरहेको पानाहरू चाँडचाँडो पल्टाइन्‌। पुस्तिकामा दिइएका व्यवहारिक तर्कहरूबाट तिनी प्रभावित भइन्‌।

उदाहरणका लागि, त्यस पुस्तिकाले यसो भन्छ: “फूलहरू, चराचुरङगी, जनावर, अदभूत श्रृष्टि मानिस, जीवन र जन्मको चमत्कार, जम्मैले एउटा अदृश्‍य बुद्धिको अस्तित्वको पुष्टि दिन्छन्‌। (रोमी १:२०) जहाँ बुद्धि छ त्यहाँ मन छ, जहाँ मन छ त्यहाँ एउटा व्यक्‍ति हुनै पर्छ। त्यो सर्व महान बुद्धि सर्व महान व्यक्‍तिको हो जो हर जीवित चीजको सृष्टिकर्त्ता, जीवनको मूल हुनु हुन्छ। (भजन ३६:९) हो, वास्तवमा हाम्रो सृष्टिकर्त्ता हर प्रशंसा र उपासनाको योग्य हुनु हुन्छ।—भजन १०४:२४; प्रकाश ४:११.”

प्रिय मृतजनहरूको पुनरुत्थान गर्ने परमेश्‍वरको प्रतिज्ञाबारे थाह पाउँदा बाइबल अध्ययन गर्न उत्प्रेरित भएको एलेस्याले पछि बताइन्‌। तपाईं पनि यी विश्‍वासवर्धक पुस्तिकाहरूबाट लाभ उठाउनुहुनेछ भनी हामी विश्‍वस्त छौं। अनि पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” प्राप्त गर्न वा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने