प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ pp. ९-१०
  • जब कोही अपांग हुनेछैनन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब कोही अपांग हुनेछैनन्‌
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • अशक्‍तताको अन्त कसरी हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हात या खुट्टाबिना पनि जीवनको आनन्द उठाउने
    ब्यूँझनुहोस्‌!—१९९९
  • उत्तम जीवन प्रतिज्ञा गरिएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरले स्थापना गर्नुहुने आश्‍चर्यपूर्ण नयाँ संसार
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ pp. ९-१०

जब कोही अपांग हुनेछैनन्‌

अधिकांश मानिसहरू “सधैंभरि स्वस्थ रहन सक्दैन” भनी हातखुट्टा दुवै पक्षाघात भएकी एउटी महिलाले भनिन्‌। तिनको कुरा कत्ति सत्य छन्‌ किनभने चाँडै नभए ढिलो नै सही, हामी सबैमा शारीरिक खोटहरू देखा पर्न थाल्छन्‌! त्यसकारण चश्‍मा, कन्ट्याक्ट लेन्स, नकली दाँत, श्रवण सहायक, मुटुको धडकन नियन्त्रण गर्ने इलेक्ट्रोनिक यन्त्र तथा घुँडा प्रत्यारोपण सामग्रीहरूको व्यापार फस्टाउँदो छ। रोमी ८:२२ ले भनेजस्तै “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”

धार्मिक “नयाँ पृथ्वी[मा]” सबै आज्ञाकारी मानिसहरूलाई सिद्ध शारीरिक अवस्थामा पुनर्स्थापित गर्ने परमेश्‍वरको प्रतिज्ञाबाट हामी सबैले सान्त्वना पाउनसक्छौं। (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) यशैया ३५:५, ६ यसो भन्छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लंगडा मृगझैं उफ्रनेछ, र गुंगाको जिब्रोले स्तुति गर्नेछ।”

यस दुष्ट रीतिरिवाजको विनाश हुँदा “ठूलो भीड़” बच्नेछ भनी बाइबलले भविष्यवाणी गर्छ। (प्रकाश ७:९, १४; भजन ३७:१०, ११, २९) निस्सन्देह, त्यो विनाश हुनेबित्तिकै गम्भीर सीमितता तथा स्वास्थ्य समस्या भएकाहरू तुरुन्तै निको हुनेछ! (यशैया ३३:२४) परमेश्‍वरको नयाँ पृथ्वीमा मानिसहरू कसरी निको हुनेछन्‌ भन्‍ने झलकको रूपमा येशू यस पृथ्वीमा हुनुहुँदा मानिसहरूलाई निको पारेर देखाउनुभयो। (मर्कूस ५:२५-२९; ७:३३-३५ तुलना गर्नुहोस्‌।) हात गोडा नभएकाहरूले आफ्नो नकली हात खुट्टा, वैसाखी र ह्वीलचेरहरू फाल्दा मानिसहरूले महसुस गर्ने हर्ष तपाईं कल्पना समेत गर्न सक्नुहुन्‍न! आफ्नो शरीर सग्लो भएपछि पृथ्वीलाई प्रमोदवमा परिणत गर्ने परमेश्‍वरले दिनुभएको कार्यभार पनि पूरा गर्न सक्नेछन्‌।—लूका २३:४३, NW.

त्यतिञ्जेल अपांग व्यक्‍तिहरूले आफ्नो सीमितताहरूसित अझै संघर्ष गर्नु पर्नेछ। क्यानाडाका एक अपांग व्यक्‍ति नेल्सन भन्छन्‌: “आफू देखेर दया लाग्न थालेपछि म मत्ती २४:१३ मा लिपिबद्ध येशूका शब्दहरू सम्झन्छु। त्यहाँ यसो भनिएको छ: ‘अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।’ ” आफ्ना सीमितताहरूको बावजूद अपांग व्यक्‍तिहरू मसीही विश्‍वासमा धीरजी रहेर आध्यात्मिक तवरमा पूर्ण हुनसक्छन्‌ र त्यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।—याकूब १:३, ४.

यहोवाका साक्षीहरूले लाखौंलाई यस विश्‍वास अंगाल्न मदत गरेका छन्‌। अघिल्लो लेखमा उल्लिखित अपांग व्यक्‍ति डेल भन्छन्‌: “मेरोजस्ता शारीरिक समस्याहरू अस्थायी मात्र हुन्‌ भनी सिक्दा मैले कति आनन्द महसुस गरे बयान गरेर साध्य छैन।” हो त्यस आशाबाट बल प्राप्त गरेका डेल तथा तिनीजस्ता अन्य थुप्रै व्यक्‍तिहरूलाई अपांगहरू भन्‍न मिल्दैन।

[पृष्ठ १०-मा भएको चित्र]

आउनै लागेको विनाशबाट बच्ने अपांग व्यक्‍तिहरू चमत्कारपूर्ण ढंगमा निको हुनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने