प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ९/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्त्रीहरूप्रति दुर्व्यवहार
  • “बेवास्ता गरिएको सहयोगी”
  • मीच तुफानको काम
  • अचाक्ली व्यायाम गर्नुको खतरा
  • रुघाको उपचारै छैन त?
  • ज्यानमारा आँधीबेहरीबाट उद्धार!
    ब्यूँझनुहोस्‌!—१९९९
  • धर्मले युवाजनमा कत्तिको चासो जगाउनसकेको छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००३
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ९/८ पृ. २९

विश्‍वदर्शन

स्त्रीहरूप्रति दुर्व्यवहार

“ब्राजिलमा नारी विरुद्ध हुने ६३ प्रतिशत शारीरिक दुर्व्यवहारहरू घरैमा हुने गर्छन्‌ तर त्यसमध्ये एक तिहाइ मात्र रिपोर्ट गरिएको पाइन्छ,” भनी ओ ग्लोबो अखबार उल्लेख गर्छ। उक्‍त अखबार भन्छ: “विशेष गरी गरिब आइमाईहरू घरायसी हिंसाको सिकार हुन्छन्‌ र अक्सर प्रहरीकहाँ दुर्व्यवहारको रिपोर्ट गर्ने पनि तिनीहरू नै हुन्‌। सम्पन्‍न स्त्रीहरू विरुद्ध भएको दुर्व्यवहार तथ्यांकले देखाउँदैन।” अरू देशहरूको तथ्यांक पनि मिल्दोजुल्दो छ। उदाहरणका लागि, संयुक्‍त राज्य न्याय विभागले प्रकाशित गरेको सर्वेक्षणअनुसार “संयुक्‍त राज्यको आधाभन्दा बढी स्त्रीहरू जीवनको कुनै न कुनै बेला शारीरिक दुर्व्यवहारको सिकार भएका छन्‌ भने पाँचमा एक जना बलात्कृत भएको वा बलात्कार गर्न प्रयास गरिएको देखिन्छ” भनी रोइटर्स समाचार सेवा बताउँछ। संयुक्‍त राज्य स्वास्थ्य तथा मानवीय सेवाकी सेक्रेटरी डोना शालाला भन्छिन्‌: “यस सर्वेक्षणका तथ्यांकहरू भन्‍नु नै हाम्री छोरी, आमा अनि छिमेकीहरूले भोगेका परिस्थिति हुन्‌।”

“बेवास्ता गरिएको सहयोगी”

अस्पतालमा बिरामीहरूलाई निको पार्ने प्रक्रियामा एउटा महत्वपूर्ण तत्त्व बेवास्ता गरिएको कुरा जर्मन अखबार सिकोलोजी होइटे बताउँछ। त्यो हो, बिरामी सँगैको खाटमा बस्ने अर्को रोगी। एउटा अध्ययनले देखाएअनुसार आफूसँगै अर्को बिरामी पनि हुँदा छिटो निको हुन मदत गर्छ। मानिसहरू एक्लै बस्न रुचाउँछन्‌ भन्‍ने प्रचलित धारणाको विपरीत करिब ७ प्रतिशत मात्र एक्लै बस्न रुचाउँछन्‌। धेरै जना अस्पतालको आफ्नो कोठामा अरू एक/दुईजना बिरामीहरू पनि होस्‌ भन्‍ने चाहन्छन्‌। तथापि, रोग छिटो वा ढिलो निको हुनुमा सँगै बस्ने बिरामीको मनोभावले पनि फरक पार्छ। उक्‍त लेखले बताएअनुसार त्यस कोठामा बस्ने असल साथी “सर्वप्रथम, अरूसित घुलमिल हुनसक्ने र सहनशील हुनु नितान्त आवश्‍यक छ।” त्यसपछि हुनुपर्ने महत्वपूर्ण गुणहरूलाई यसरी क्रमैसँग सूचीबद्ध गरिएका छन्‌: “समझदार, हँसी मिजासको, सफा, खुला मनको, मदतकारी, अर्काको भावना बुझ्ने, व्यवस्थित, मित्रैलो, इमानदार, सुकिलो, सन्तुलित, धीरजी, विवेकी, दयालु, शान्त, जेहेन्दार, परिस्थिति अनुसार काँटछाँट गर्नसक्ने र सजग।”

मीच तुफानको काम

गत वर्षको विध्वंशक मीच तुफानले गर्दा हजारौं मानिसहरू मर्नुका साथै झन्डै दस लाख मानिसहरू प्रभावित भए। तर यसले एउटा सकारात्मक कार्य गऱ्‍यो। राजधानीबाट उत्तर-पूर्वी भागको करिब ९० किलोमिटर टाढा रहेको लिओन भेहोमा त्यहाँका “नयाँ पर्खालहरू, हड्डी तथा पुरातात्विक अवशेषहरू उदांग पारेर” त्यहाँ कार्यरत पुरातत्वविद्‌हरूलाई यसले मदत गरेको कुरा मेक्सिकोको एक्सेलसर अखबार रिपोर्ट गर्छ। लियोन भेहो ऐतिहासिक भग्नावशेष क्षेत्रका निर्देशक रिगोबर्टो नाभारोले पुरातत्वविद्‌हरूले लामो समयदेखि पत्ता लगाउन नसकिरहेको उक्‍त क्षेत्रलाई मीचले उदांग पारिदियो भनी व्याख्या गरे। जमिनमुनि पुरिएको साढे दुई मिटर अग्लो, ७० सेन्टिमिटर चौडा र १०० मिटर लामो पर्खाल उदांग पाऱ्‍यो। नाभारोअनुसार, “पुरातत्वविद्‌हरूलाई यो काम गर्न वर्षौं लाग्नेथियो तर यस तुफानले त तीन दिनमै गरिदियो,” भनी सोही पत्रिका उल्लेख गर्छ।

अचाक्ली व्यायाम गर्नुको खतरा

व्यायाम गर्नु मुटु र फोक्सोका लागि राम्रो हो तर चाहिनेभन्दा धेरै व्यायाम गर्दा हड्डीहरू कमजोर भई उमेर ढल्कँदै गएपछि थुप्रै समस्याहरू उत्पन्‍न हुनसक्छ। लण्डनको द गार्जियन-अनुसार मानव हड्डीहरूमा व्यायामको असरबारे अध्ययन गर्ने छलफल कार्यक्रममा उक्‍त रिपोर्ट प्रस्तुत गरिएको थियो। धावकहरू तथा “अचाक्ली कसरत गर्नेहरूलाई” अत्यधिक खतरा हुन्छ। धेरै एरोबिक्स वा नृत्य गर्ने युवतीहरूको हड्डी भाँचेर दुख्ने र उमेर ढल्किएपछि हड्डीसम्बन्धी रोगबाट पीडित हुने सम्भावना बढी भएको पाइन्छ। “धावकहरूलाई आफू कमजोर हुनथाल्नु अघि नै अर्थात्‌ १८/१९ वर्षको उमेरसम्म मात्र आफ्नो हड्डी बलियो बनाउने दौडमा भाग लिने चेतावनी दिइएको थियो,” भनी उक्‍त लेखमा प्रस्तुत गरियो। “स्क्वाश तथा टेनिस खेलहरू हड्डी बलियो पार्न एकदम उपयोगी खेलहरू हुन्‌ भनी बताइयो।” युनिभर्सिटि कलेज अफ लण्डन्सको हड्डी केन्द्रका प्रमुख माइकल हर्टनले व्यायाम र स्वास्थ्यबीच सन्तुलन कायम राख्न प्रयास गर्ने सुझाउ दिए। तिनले यस्तो चेताउनी दिए: “युवाहरूले धेरै व्यायाम गर्नुपर्छ भनेर सरकारले सधैं भनिरहन्छ। यसले केही समयका लागि फाइदा त पुऱ्‍याउला तर ती युवाहरू ५० वर्ष पुगेपछि तिनीहरूले अन्ततः कस्ता परिणामहरू भोग्ने हुन्‌ कसैले सोचेका छैनन्‌।”

रुघाको उपचारै छैन त?

ब्रिटेनको रुघासम्बन्धी अध्ययन गर्ने केन्द्रले अनेकन्‌ अनुसन्धानको लागि दस वर्षको अवधिमा ५० लाख पाउण्ड (८० लाख अमेरिकी डलर) खर्च गरेर अन्ततः आफ्नो हार स्वीकारेको छ। विभिन्‍न प्रकारका दुई सयभन्दा धेरै भाइरसहरूद्वारा लाग्नसक्ने रुघाको एउटै उपचार भेट्टाउन खोज्नु भनेको “दादुरा, ठेउला, हाँडे र रूबेलाजस्ता (जर्मन दादुरा) रोगहरूलाई एउटै उपचारले निको पार्नखोज्नु जस्तै हो” भनी कार्डिफमा रहेको युनिभर्सिटि अफ वेल्सको उक्‍त केन्द्रका निर्देशक प्रोफेसर रोनाल्ड एकाल्जले आफ्नो विचार पोख्छन्‌। “ती सबै भाइरसहरूलाई नामेट पार्नसक्ने कुनै उपचार पत्ता लाग्लाजस्तो छैन। मेरो विचारमा यो रोग लाग्दा हाल उपलब्ध उपचार विधिमै चित्त बुझाउनु बेस हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने