विनाशको अन्त
बेलाइतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“विगत २५ वर्षमा मानिसले प्रकृतिको एक तिहाइ भागलाई क्षति पुऱ्याएको छ।”
यो हो प्रकृतिको विश्वव्यापी कोषको रिपोर्ट। यस अचम्मलाग्दो रिपोर्ट विश्व वातावरणको नयाँ तथ्यांक विश्लेषण, जीवित गृह अनुक्रमणिकामा प्रकाशित गरिएको थियो।
संरक्षकहरूले विश्वका जंगल इलाकाहरूमा १० प्रतिशतले कमी आएको छ भनी रिपोर्ट गरे। यस तथ्यांकले उष्ण कटिबन्धीय जंगल र सुक्खा जंगल इलाकामा भइरहेको ह्रासबारे बताएको छ र अझ जंगली प्राणीहरूको घट्दो संख्या त छँदैछ अनि यो ह्रास १० प्रतिशतभन्दा कता हो कता बढी छ भनी लण्डनको दि इन्डिपेनडेन्ट अखबार बताउँछ। आन्द्र महासागरमा ब्लूफिन टुना र एसियाली महासागरहरूमा लेदरब्याक कछुवाहरू लोप हुँदा जल संसारमा ३० प्रतिशत ह्रास भएको छ। स्वच्छपानी पर्यावरणीय अनुक्रमणिकामा देखिएको ५० प्रतिशत ह्रास सबैभन्दा चिन्ताको विषय भएको छ र यो बढ्दो कृषि तथा औद्योगिक प्रदूषणका साथै पानीको माग बढेकोले भएको हो।
“प्राकृतिक इकोप्रणालीको संरक्षण धनीहरूले मात्र गर्नसक्ने विलासी कुरा हो तर हाम्रो ग्रहको अत्यावश्यक पर्यावरणीय प्रणालीहरूको स्याहार महत्त्वपूर्ण छ किनभने हाम्रो बचाउ नै यसमा निर्भर छ” भनी बेलाइत, लण्डनको क्युस्थित राजकीय वनस्पति विज्ञान उद्यानका निर्देशक सर गिलियन प्रान्स टिप्पणी गर्छन्। यस गृहको एक एक प्राणी मुछिएको छ। त्यसोभए विश्वव्यापी तवरमा स्थायी समाधान कसरी गर्न सकिन्छ?
चाखलाग्दो कुरा के छ भने, बाइबलको अन्तिम पुस्तक प्रकाशमा पृथ्वीको विनाश गर्नेहरूबारे बताइएको छ। विनाश गर्ने त्यस्ता व्यक्तिहरूकै नाश हुने समयबारे भविष्यवाणी गरिएको छ। (प्रकाश ११:१८) के कोही बच्नेछन्? बच्नेछन् किनभने यस पृथ्वीको वातावरणीय समस्या समाधान गर्नसक्ने क्षमता भएको “परमेश्वर, सर्वशक्तिमान” मार्फत् त्यो हुनेछ। (प्रकाश ११:१७) प्रकाश २१:३ ले परमेश्वर ‘मानिसजातिसँग बास गर्नुहुने र तिनीहरू उहाँका मानिसहरू हुने’ समयबारे बताउँछ।
तपाईं ‘उहाँको मानिस’ र हाल ह्रास भइरहेको पृथ्वीको वातावरण पुनर्स्थापित भएको आशा कसरी राख्न सक्नुहुन्छ? कृपया पृष्ठ ५ मा दिइएको ठेगानामध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पत्र लेखेर यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्। वा तिनीहरू तपाईंको घरमा आउँदा कुरा गर्नुहोस्। परमेश्वरले चाँडै हस्तक्षेप गर्नुहुँदा तयार रहन तपाईंले अहिल्यैदेखि के गर्न सक्नुहुन्छ भनी अझ बढी जान्न तिनीहरूले खुसी साथ मदत गर्नेछन्।