प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ११/८ पृ. ३१
  • हल्लाबाज हिउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हल्लाबाज हिउँ
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • ध्वनि प्रदूषण—यसबारे तपाईं के गर्न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—१९९७
  • फेरि पानी पर्दैछ!
    ब्यूँझनुहोस्‌!—२००४
  • रहस्यमय हिमचितुवालाई भेट्‌नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००२
  • ध्वनि प्रदूषण—आधुनिक मर्का
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ११/८ पृ. ३१

हल्लाबाज हिउँ

हिउँ पानीमा खस्दा प्रत्येक हिउँपत्रले आवाज निकाल्छ तर यो आवाज मान्छेको कानसम्म पुग्दैन भनी वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। यो आवाज दमकलको आवाजजस्तै एक चोटि एकदमै तिखो हुन्छ र पछि एक सेकेन्डको दश हजार भागको एक भागभित्रै मन्द हुन्छ।

पानीको थोपा वा असिनाले पानीको सतहलाई छेड्‌छ तर हलुका हिउँपत्रहरू पानीको सतहमै रहन्छन्‌। तर यो चाँडै पग्लन्छ र माथि भनिएझैं “तीखो आवाज” सुनिन्छ। यो कुरा लगभग १५ वर्षअघि पत्ता लागे तापनि त्यसबारे खासै अनुसन्धान गरिएन। तथापि, बसाइँ सर्ने साल्मोन माछाहरूबारे अध्ययन गर्न सोनार प्रयोग गर्ने अलास्काका जीवशास्त्रीहरूको लागि भने यसले अवरोध खडा गरिरहेको छ। हिउँपत्र खस्दा निस्कने ठूलो आवाजले गर्दा माछाको संकेत सुन्‍न गाह्रो हुँदा यो परीक्षण बन्द गर्नुपर्ने हुन्छ। यसो हुनुको कारण के हो?

न्यु साइन्टिस्ट पत्रिकाले बताएअनुसार पानीमा हिउँपत्र तैरिंदा तलतिर कुनै आवाज सुनिंदैन। तर हिउँपत्र पग्लन थाल्ने बित्तिकै क्यापिलरी एक्सनद्वारा पानी सोसिन्छ। हुनसक्छ, यतिबेला हिउँपत्रबाट हावाको फोका निस्कन्छ वा यसलाई पानीले सोस्छ। यो हावाको फोका वरपरको वातावरणसित घुलमिल नहोउञ्जेल चलमलाउँछ अनि यसबाट निस्कने ध्वनि तरंगले गर्दा घण्टीको भन्दा तिखो आवाज निस्कन्छ।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Snow Crystals/Dover

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने