प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १२/८ पृ. ३-४
  • नर्सहरू—हामीलाई किन चाहिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नर्सहरू—हामीलाई किन चाहिन्छ?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वास्थ्य लाभमा नर्सको भूमिका
  • नर्सहरूको महत्त्वपूर्ण भूमिका
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • ‘तिनले हामीलाई तिनको धर्मलाई आदर गर्न सिकाइन्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १२/८ पृ. ३-४

नर्सहरू—हामीलाई किन चाहिन्छ?

“नर्सिङ कठिन कलाहरूमध्ये एक हो। दयालु भावनाले हामीलाई उत्प्रेरित गर्छ तर हाम्रो कामको एक मात्र शक्‍ति ज्ञान हो।” —मेरी एडलेइड नटीङ, १९२५, विश्‍वको नर्सिङ कोर्सकी प्रथम प्राध्यापक।

सरल शब्दमा भन्‍ने हो भने, नर्सिङ सयौं हजार वर्ष अर्थात्‌ बाइबलको समयदेखि नै अस्तित्वमा थियो। (१ राजा १:२-४) इतिहासभर थुप्रै आइमाईले बिरामीहरूको स्याहारसुसार गरेका छन्‌। उदाहरणका लागि, राजा एन्ड्रयु द्वितीयाकी छोरी हंगेरीकी एलिजाबेथलाई (१२०७-३१) विचार गर्नुहोस्‌। तिनले सन्‌ १२२६ मा परेको अनिकालमा खाद्यान्‍न वितरण गर्ने प्रबन्ध मिलाइन्‌। त्यसपछि, तिनले अस्पतालहरू निर्माण गर्ने बन्दोबस्त मिलाइन्‌ र त्यहाँ तिनले कोरीहरूको हेरचाह गरिन्‌। मात्र २४ वर्षकी छँदा एलिजाबेथको मृत्यु भयो। तापनि, तिनले आफ्नो छोटो जीवनको अधिकांश समय यी बिरामीहरूको हेरचाहमा नै बिताइन्‌।

फ्लोरेन्स नाइटिङगेलको उल्लेखबिना नर्सिङ इतिहास अपूरो रहनेछ। अड्‌तीस जना नर्सहरूको समूहसहित यी आँटिली महिलाले १८५३-५६ को क्रिमियन युद्धताक कन्स्टान्टिनोपोलको एउटा बस्ती स्कुटारीस्थित सैन्य अस्पतालमा सुधार गरिन्‌। तिनी त्यहाँ पुग्दा त्यहाँको मृत्युदर ६० प्रतिशत थियो र १८५६ मा त्यहाँबाट फर्कंदा उक्‍त मृत्युदर घटेर २ प्रतिशतभन्दा कम भइसकेको थियो।—पृष्ठ ६ को पेटी हेर्नुहोस्‌।

नर्सिङमा सशक्‍त प्रभाव पार्ने एउटा अर्को संस्थान केइजरस्भर्त, जर्मनीको इन्सटिच्युसन अफ प्रोटेस्टेन्ट डिकनेसेस थियो र क्रिमिया जानअघि नाइटिङगेलले यहीं तालिम लिएकी थिइन्‌। समय बित्दै जाँदा, अन्य उल्लेखनीय नर्सहरूको समूह पनि देखा पर्न थाल्यो। उदाहरणका लागि, १९०३ मा एग्नस कार्लले प्रोफेसनल अर्गानाइजेशन फर जर्मन नर्सेज स्थापित गरिन्‌।

आज नर्सहरू मिलेर नै स्वास्थ्य उपचार प्रणालीको सबैभन्दा ठूलो पेसेवर समूह बनेको छ। विश्‍व स्वास्थ्य संघको रिपोर्टअनुसार हाल १४१ राष्ट्रहरूमा ९०,००,००० भन्दा धेरै नर्स तथा सुँडेनीहरू कार्यरत छन्‌। अनि तिनीहरू साह्रै महत्त्वपूर्ण काम गर्छन्‌! नर्सहरू “बिरामीका लागि नभई नहुने हेरचाह, ज्ञान तथा भरोसा जस्ता कुराहरू उपलब्ध गराउँछन्‌” भनी दी एट्‌लान्टिक मन्थली-ले उल्लेख गऱ्‍यो। यसप्रकार, हामीले नर्सहरूको सम्बन्धमा यो प्रश्‍न गर्नु उपयुक्‍त छ, तिनीहरू नभएका भए के हुन्थ्यो होला?

स्वास्थ्य लाभमा नर्सको भूमिका

एउटा विश्‍वकोशले नर्सिङलाई “कुनै रोग वा चोटपटकबाट बिरामीलाई निको हुन वा यथासम्भव आत्मनिर्भर बनाउन नर्सले मदत गर्ने प्रक्रिया” भनेर व्याख्या गरेको छ।

हो, यस प्रक्रियामा अन्य थुप्रै कुरा पनि समावेश छन्‌। यसमा नाडीको गति तथा रक्‍तचाप हेर्नु जस्ता नियमित परीक्षणहरूबाहेक अन्य कुराहरू पनि समावेश छन्‌। नर्सले बिरामीको स्वास्थ्य लाभमा प्रमुख भूमिका निर्वाह गर्छिन्‌। दी अमेरिकन मेडिकल असोसिएशन इन्साइक्लोपीडिया अफ मेडिसिन-अनुसार “नर्सले बिरामीको रोगमा भन्दा पनि रोगले गर्दा बिरामीमा देखाएको प्रतिक्रियातर्फ बढ्‌ता चासो दिन्छन्‌ र बिरामीको शारीरिक पीडा कम गर्न, मानसिक तनाउ हटाउन र सम्भव भए रोगलाई चर्कन नदिने प्रयास गर्न समर्पित हुन्छन्‌।” यसको अतिरिक्‍त नर्सले “समझदार हुँदै बिरामीको हेरचाह गर्छिन्‌ र यसमा बिरामीको चिन्ता तथा डरलाई धैर्यसाथ सुन्‍नु र भावनात्मक समर्थन तथा सान्त्वना दिनु समावेश छन्‌।” अनि मृत्यु हुन लागेको बिरामीलाई “यथासम्भव कम विचलित भई गरिमासहित मृत्युलाई अँगाल्न मदत गर्न” पनि नर्सले ठूलो भूमिका निर्वाह गर्छिन्‌ भनी उक्‍त पुस्तक उल्लेख गर्छ।

कतिपय नर्सहरू उनीहरूबाट आशा गरिएभन्दा धेरै काम पनि गर्छन्‌। उदाहरणका लागि, एलीन डी. बारले न्यु योर्क शहरस्थित मोन्टेफिओर मेडिकल सेन्टरमा छँदाको आफ्नो अनुभव लेखिन्‌। तिनी अस्पतालमा शल्यचिकित्सकको टोलीसित बिहान पूरा गर्नुपर्ने राउण्ड हतार हतार पूरा गर्ने गर्दिनन्‌। तिनी लेख्छिन्‌, “म बिरामीसित बस्न चाहन्छु। म तिनीहरूलाई सास फेर्न, हिंडडुल गर्न, लुगाफाटा फेर्न मदत गर्न चाहन्छु, तिनीहरूको प्रश्‍नको जवाफ दिन, उनीहरूलाई कुरा बुझाउन र केही व्यक्‍तिगत सान्त्वना दिन चाहन्छु। बिरामीहरूसित नजिक हुन अनि उनीहरूको कुरा बुझिदिन मलाई मन पर्छ।”

अस्पतालमा बस्नु परेको सबैले पक्कै पनि यस्तो आत्मत्यागी भाव देखाउने संवेदनशील नर्सलाई बिर्सन सक्दैनन्‌। तर एक दक्ष नर्स हुन के आवश्‍यक छ?

[पृष्ठ ३-मा भएको चित्र]

फ्लोरेन्स नाइटिङगेल

[स्रोत]

Courtesy National Library of Medicine

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने