प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १/८ p. २४
  • चीलको आँखा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चीलको आँखा
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • चीलझैं उँभो उँभो उड्‌ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
ब्यूँझनुहोस्‌!—२००३
g03 १/८ p. २४

चीलको आँखा

स्पेनका ब्यूँझनुहोस्‌! लेखकबाट

स्पेनीहरू तेजिलो दृष्टि भएको मानिसलाई चीलको जस्तै आँखा भएको मानिस (भिस्टा डे अग्वीला) भन्छन्‌। जर्मनहरू पनि त्यस्तै खाले भनाइ (अड्‌लेरग) चलाउँछन्‌। त्यसैकारण, शताब्दीयौंदेखि चीलको तेजिलो आँखालाई उखानहरूमा चलाउनु पक्कै पनि जायज छ। हजारौं वर्षअघि लेखिएको अय्यूबको पुस्तकले चीलबारे यसो भन्छ: ‘त्यसले टाढ़ा टाढ़ा राम्ररी नियाल्छ।’—अय्यूब ३९:२७, २९.

चीलले वास्तवमा कत्ति टाढासम्म देख्न सक्छ? गिनिज बूक अफ एनिमल रेकड्‌र्स-अनुसार “सुनौलो चीलले (अक्वीला क्राइसेटोस) खुला मौसममा [१ १/४ कोस] टाढैबाट खरायो अलिकति चलहल गरेको समेत देख्न सक्छ।” अरूले चाहिं चीलले त्योभन्दा पनि टाढाबाट देख्न सक्छ भन्‍ने अनुमान लगाउँछन्‌!

चीलको कसरी त्यस्तो तीक्ष्ण दृष्टि भएको? सर्वप्रथम, सुनौलो चीलको दुइटा ठूलठूला आँखा हुन्छन्‌, जसले त्यसको अनुहारको अधिकांश भाग ओगट्‌छ। बूक अफ ब्रिटिश बर्डस्‌-ले उल्लेख गरेअनुसार सुनौलो चीलका आँखाहरू “असाध्यै ठूला हुन्छन्‌ तर यसले तिनीहरूको उडानमा कुनै असर पार्दैन।”

त्यसबाहेक, एउटा चीलको आँखामा हाम्रो आँखामा भन्दा पाँच गुणा बढी लाइट रिसेप्टर अर्थात्‌ प्रकाश प्राप्त गर्ने कोषहरू हुन्छन्‌ अर्थात्‌ प्रति वर्ग मिलिमिटर २,००,००० शंख आकारका कोषहरू हामीमा हुन्छ भने, ती जीवहरूमा १०,००,००० हुन्छन्‌। लगभग सबै रिसेप्टरहरू स्नायु कोषिकाहरूसित जोडिएका हुन्छन्‌। परिणामस्वरूप, आँखाबाट मस्तिष्कसम्म सन्देशहरू ओसार्ने चीलको अप्टिक नर्भमा मानिसहरूमा भन्दा दुई गुणा बढी रेसाहरू पाइयो। त्यसकारण, यी जीवहरूमा रङ छुट्याउन सक्ने क्षमता एकदमै तीक्ष्ण हुनु कुनै आश्‍चर्यलाग्दो कुरा होइन! अन्ततः अरू मांसाहारी चराहरूजस्तै यस चराको आँखामा पनि शक्‍तिशाली लेन्स हुन्छ, जसले नजिकैको वस्तुदेखि लिएर धेरै टाढा रहेका कुनै पनि वस्तुमा आफ्नो दृष्टि तुरुन्तै केन्द्रित गर्न सक्छ। यस सन्दर्भमा पनि ती जीवहरूको आँखा हाम्रो भन्दा कता हो कता सर्वोत्कृष्ट छ।

दिनको उज्यालोमा चीलको दृष्टि एकदमै तेजिलो हुन्छ भने रातीचाहिं लाटोकोसेरोको दृष्टि तेजिलो हुन्छ। यी मांसाहारी जीवहरूमा छडीजस्ता प्रकाशप्रति संवेदनशील हुने रिसेप्टरहरू प्रशस्त हुन्छन्‌ र लेन्सको सतह पनि ठूलो हुन्छ। यसले गर्दा ती जीवहरूले राती हामीले भन्दा १०० गुणा बढी राम्ररी देख्न सक्छन्‌। तर कहिलेकाहीं निष्पट्ट अँध्यारो हुँदा लाटोकोसेरोले आफ्नो सिकार कहाँ छ भनी ठम्याउन आफ्नो तीक्ष्ण श्रवण शक्‍तिको प्रयोग गर्नुपर्ने हुन्छ।

यी चराहरूलाई कसले यस्ता विशेषताहरू दियो? परमेश्‍वरले अय्यूबलाई सोध्नुभयो: “के [चीललाई] माथिमाथि उड़न र आफ्नो गुँड़ अग्लो ठाउँमा बनाउन तैंले सिकाउँछस्‌?” निस्सन्देह, कुनै पनि मानिसले यस सृष्टिमा भएका आश्‍चर्यजनक कुराहरूको श्रेय आफै लिन सक्दैन। अय्यूब आफैले पनि नम्र भई यो कुरा स्वीकारे: “तपाईं [यहोवा] सबै कुरा गर्नसक्नुहुन्छ भनी म जान्दछु।” (अय्यूब ३९:२७; ४२:१, २) चीलको आँखा त हाम्रा सृष्टिकर्ताको बुद्धिको एउटा थप प्रमाण मात्र हो। (g02 12/22)

[पृष्ठ २४-मा भएको चित्र]

सुनौलो चील

[पृष्ठ २४-मा भएको चित्र]

हिम लाटोकोसेरो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने