प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. २३
  • एउटा अनौठो जोडी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा अनौठो जोडी
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • समुद्रमा पाइने छेपारोजस्तो एउटा छट्टू जीव
    ब्यूँझनुहोस्‌!—२००४
  • अक्टोपसको अचम्मको हात
    सृष्टि या संयोग
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
  • के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. २३

एउटा अनौठो जोडी

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नजिकैको गहिरो पानीमा समुद्री वैज्ञानिकहरूले हालै राती डुबुल्की मार्दा पहिलो चोटि जिउँदो भाले ब्लाङ्‌केट अक्टोपस (ट्रेमअक्टोपस भायोलेसियस) प्रत्यक्ष देखे। यो किन यत्तिको अनौठो थियो?

एउटा गतिलो कारण के हो भने, यो ब्लाङ्‌केट अक्टोपस, “भाले-पोथीको साइज, रङ र अन्य केही पक्षहरू एकदमै भिन्‍न हुने प्राणीहरूको सूचीको अग्रपङ्‌क्‍तिमा पर्छ।” पोथी बढेर २ मिटरसम्म लामो र वजन भने दस किलोग्रामसम्म हुन्छ। तर भाले भने जम्मा ३ सेन्टिमिटर लामो र वजन पनि ०.३ ग्राम मात्र हुन्छ! वास्तवमा, भाले पोथीको आँखाको नानी जत्रो मात्र हुन्छ। त्यसको मतलब भालेभन्दा पोथी ४०,००० गुणा बढी वजनको हुन सक्छ जुन असूक्ष्मजीवहरूमा आकारको सबैभन्दा ठूलो भिन्‍नता हो। यो अक्टोपस समुद्रमा बस्छ अनि अहिलेसम्म वैज्ञानिकहरूले पोथी र मरेका भालेहरू मात्र जालमा फेला पार्न सकेका थिए।

यत्ति बिघ्न फरक साइजका प्राणीहरूले कसरी सन्तान जन्माउन सक्छन्‌? भालेको आठवटा हातमध्ये एउटा रित्तो हुन्छ। भालेले पोथी भेट्टाएपछि यो रित्तो हात शुक्रकीटले भर्छ। त्यसपछि यो टुक्रिएर पोथीको शरीरभित्र ठूलो खुल्ला ठाउँमा छिर्छ त्यहाँ पोथीले अण्डामाथि शुक्रकीटहरू राखेर निषेचन नगरुन्जेल यो भित्र नै रहिरहन्छ।

आफ्नो जीउ सानो भएको हुँदा भालेले एक प्रकारको जेलीफिसबाट (फिसालीया) खोसेका टेन्टाकल्सद्वारा आफ्नो प्रतिरक्षा गर्छ अनि आफ्नो माथिल्लो हातका चुसकहरूमा राख्छ। तर आफ्नो जोडीप्रतिको कर्तव्य पूरा गरिसकेपछि यो मर्ने हुँदा ती टेन्टाकल्सले पनि त्यसलाई बचाउन सक्दैन। त्यसैकारण यो जीव भेट्टाउँदा वैज्ञानिकहरू दङ्‌ग परेका थिए!

यी अनौठा अक्टोपसहरूको साइजबीच विशाल अन्तर हुनुको कारण जेसुकै भए तापनि बाइबलका शब्दहरू अवश्‍य सत्य छन्‌: “त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा बेहिसाब पौडने थोकहरू, ठूला साना दुवै थरीका जन्तुहरू छन्‌।”—भजन १०४:२५. (g05 1/22)

[पृष्ठ २३-मा भएको चित्र]

पोथी: लम्बाइ दुई मिटर; वजन दस किलोग्रामसम्म हुन्छ

पोथीको तुलनामा वास्तविक साइज

भाले: लम्बाइ तीन सेन्टिमिटर; वजन ०.३ ग्राम

[स्रोत]

Female: Photo P. Wirtz; male: Photo: D. Paul

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने