प्रश्न पेटी
◼ ख्रीष्टियन बहिनीले ढोकैमा बाइबल अध्ययन सञ्चालन गर्दा ख्रीष्टियन भाइ सँगै छन् भने के तिनले शिर ढाक्नुपर्छ?
कुनै ख्रीष्टियन बहिनीले कोही व्यक्तिसित नियमित रूपमा बाइबल अध्ययन सञ्चालन गर्दैछिन् र ख्रीष्टियन भाइ सँगै छन् भने ती बहिनीले शिर ढाक्नुपर्छ। (१ कोरि. ११:३-१०) यस सम्बन्धमा जुलाई १५, २००२ को प्रहरीधरहरा-को पृष्ठ २७ मा यस्तो लेखिएको छ: “यो पहिल्यै तय गरिएको शिक्षण कार्यक्रम हो र यसमा सञ्चालन गर्ने व्यक्तिले नै अध्ययनको सभापतित्व गर्छन्। त्यस्तो अवस्थामा त्यो अध्ययन मण्डलीकै भाग सरह हुन्छ। बप्तिस्माप्राप्त महिला साक्षीले बप्तिस्माप्राप्त पुरुष साक्षीको उपस्थितिमा अध्ययन सञ्चालन गर्छिन् भने शिरपोस लगाउनुपर्छ।” अध्ययन चाहे घरमा, ढोकामा वा अरू कुनै ठाउँमा सञ्चालन गरिएको किन नहोस्, ख्रीष्टियन बहिनीले शिर ढाक्नुपर्छ।
अर्कोतर्फ, ढोकैमा बाइबल अध्ययन स्थापित भएको छैन भने बहिनीले शिर ढाक्नु पर्दैन। बाइबल अध्ययन कसरी गरिन्छ भनेर देखाउने वा कुनै एउटा अध्ययन प्रकाशनमा भएको विषयमा कुरा गर्ने उद्देश्यले पुनःभेट गरिएको भए तापनि यो कुरा लागू हुन्छ। धेरै चोटि फलदायी पुनःभेट गरे पछि मात्र ढोकैमा बाइबल अध्ययन स्थापित हुने भएकोले प्रकाशकहरू आफैले परिस्थितिलाई विचार गर्दै कहिलेदेखि शिर ढाक्ने भनेर व्यावहारिक भई निर्णय गर्नुपर्छ।