प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ पृ. २४-२७
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • (यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ २७ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)
  • प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ पृ. २४-२७

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ २७ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. पत्रुसको भनाइअनुसार के कारणले गर्दा परमेश्‍वरले आध्यात्मिक इस्राएललाई “चुनिएका वंश” बनाउनुभयो? (१ पत्रुस २:९)

२. येशूको पहिलो चमत्कार के थियो र उहाँले यो चमत्कार कुन ठाउँमा गर्नुभएको थियो? (यूहन्‍ना २:१-११)

३. आदमको सहयोगी हव्वालाई परमेश्‍वरले केबाट बनाउनुभयो? (उत्पत्ति २:२२)

४. इस्राएलका कुन प्रतिष्ठित मानिसका छोराहरू “दुष्ट” भनेर चिनिएका थिए? (१ शमूएल २:१२)

५. फरिसीहरूले आकाशको अवस्थाबाट दिन छुट्ट्याउन सक्ने भए तापनि तिनीहरूले के चाहिं छुट्ट्याउन सक्दैनन्‌ भनी येशूले बताउनुभयो? (मत्ती १६:३)

६. इजकिएलको भविष्यवाणीमा, ढुक्कसित बसिरहेका र संवृद्ध हुँदै गइरहेका परमेश्‍वरका जनहरूमाथि कसले आक्रमण गर्छन्‌? (इजकिएल ३८:१४-१६; ३९:११)

७. धार्मिक नेताहरूले आफ्नो “ओठले” गरेको उपासना व्यर्थ थियो भनेर येशूले किन बताउनुभयो? (मर्कूस ७:६, ७)

८. आफ्नो वंश कनानमाथि श्राप ल्याउने घटनामा नूहका कुन चाहिं छोरा मुछिएका थिए? (उत्पत्ति ९:२२-२५)

९. कुन कुलको भूभाग इस्राएलको सुदूर उत्तर भागको पर्यायवाची बन्यो? (न्यायकर्त्ता २०:१)

१०. असामयिक मृत्यु हुन सक्ने सम्भावनालाई हिजकियाहले कुन कुरासित तुलना गरे? (यशैया ३८:१२)

११. परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर दाऊदले इस्राएलको जनगणना लिएपछि तीनवटा सजायमध्ये एउटा सजाय रोज्न लगाइँदा तिनले कुन चाहिं सजाय भोग्न रोजे? (२ शमूएल २४:१२-१५)

१२. यहूदी पूजाहारी एज्राले बाइबलका कुन-कुन तीनवटा पुस्तक लेखे?

१३. राज्यपाल फेलिक्सले पावल कुन जिल्लाका हुन्‌ भनेर थाह पाए? (प्रेरित २३:३४)

१४. अब्शालोमले दाऊदविरुद्ध विद्रोह गर्दा अब्शालोमको सेनापतिको रूपमा र अब्शालोम मारिएपछि दाऊदको सेनापतिको रूपमा सेवा गर्ने व्यक्‍ति को हुन्‌? (२ शमूएल १७:२५; १९:१३)

१५. दाऊदको छोरा अब्शालोमको मृत्युको खबर राजा दाऊदकहाँ पुऱ्‍याउन सेनापति योआबले कसलाई रोजे? (२ शमूएल १८:२१, ३२)

१६. आफ्नो छोरा यूसुफलाई जङ्‌गली जनावरले खाएछ भन्‍ने निष्कर्षमा याकूब पुग्नुको कारण के हो? (उत्पत्ति ३७:३१-३३)

१७. येशूलाई जन्म दिन मरियमलाई छानिएको छ भनेर तिनलाई बताउने स्वर्गदूतको नाउँ के थियो? (लूका १:२६-३१) (g05 2/8)

प्रश्‍नका जवाफहरू

१. तिनीहरूले परमेश्‍वरको “सर्वश्रेष्ठता” देखाऊन्‌ भनेर

२. पानीलाई दाखमद्यमा परिवर्तन गर्नु; काना

३. आदमबाट निकालिएको करङबाट

४. एली

५. “समयका चिह्नहरू”

६. गोग र त्यसको “दल”

७. किनभने ‘तिनीहरूको हृदय उहाँदेखि टाढा’ थियो

८. हाम

९. दान

१०. तानबाट धागो काटिएकोसित

११. रूढी

१२. पहिलो इतिहास, दोस्रो इतिहास, एज्रा

१३. सिलिसिया

१४. आमासा

१५. नाउँ थाह नभएको एक जना कूशीलाई

१६. बोकाको रगतमा चोपेको यूसुफको लबेदा तिनलाई देखाइएको थियो

१७. गब्रिएल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने