प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. २ p. ८
  • ५ कुराकानी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ५ कुराकानी गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • तपाईंको परिवारलाई परमेश्‍वरको नयाँ संसारसम्मै बचाउनका लागि मेहनत गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ८ उदाहरण बसाल्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. २ p. ८
आफ्नी छोरीलाई भेट्‌न आमाबुबा पुलमा हिँड्‌दै

कुराकानी पुलजस्तै हो, जसले तपाईँलाई छोराछोरीको मनसम्म पुग्न मदत गर्छ

आमाबुबाका लागि

५ कुराकानी गर्नुहोस्‌

यसको अर्थ के हो?

छोराछोरीसित दोहोरो कुराकानी गरेर अनि विचार र भावना एकअर्कालाई व्यक्‍त गरेर खुलस्त कुराकानी गर्न सकिन्छ।

यस विषयमा किन चासो राख्नुपर्छ?

विशेषगरि किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्न गाह्रो हुन सक्छ। सानो छँदा तिनीहरूले तपाईँलाई सबै कुरा खुलेर बताउँथे होला। तर किशोरावस्थामा पुगेपछि त्यसो गर्दैनन्‌ होला। तिनीहरूको मनभित्रको कुरा र सोचाइ बुझ्नै गाह्रो हुन्छ। मानौँ, ठूलो नदीको एकातिरको किनारामा तपाईँ उभिरहनुभएको छ अनि अर्कोतिर तपाईँका छोराछोरी। तिनीहरू कुरा गर्न नचाहलान्‌ तर यस्तो बेला कुराकानी गर्नु झनै आवश्‍यक छ।

तपाईँ के गर्न सक्नुहुन्छ?

छोराछोरीले चाहेको बेला कुराकानी गर्न तयार हुनुहोस्‌। तिनीहरूसित कुराकानी गर्न जुनसुकै बेला तयार हुनुपर्छ, चाहे राती अबेरसम्म बस्नुपर्ने अवस्था नै किन नआओस्‌।

“तपाईँलाई कहिलेकाहीँ यस्तो भन्‍न मन लाग्ला, ‘तिमीलाई अहिले कुरा गर्नुपऱ्‍यो? दिनभरि सँगै थियौँ त!’ तर तिनीहरू त्यही बेला कुरा गर्न चाहन्छन्‌ भने किन कुरा नगर्ने? हामी आमाबुबाले चाहेको पनि त्यही होइन र?”—लिसा

“मलाई समयमै सुत्न मन पर्छ। तर कहिलेकाहीँ अबेरसम्म बसेर छोराछोरीसित कुरा गर्दा खुलस्त कुराकानी हुन सकेको छ।”—हबर्ट

बाइबलको सिद्धान्त: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

ध्यान दिएर सुन्‍नुहोस्‌। छोराछोरीको कुरा ध्यान दिएर सुन्‍न गाह्रो भएको एक जना बुबा स्विकार्छन्‌। तिनी भन्छन्‌: “छोराछोरी मसित कुरा गरिरहेका हुन्थे तर मेरो मन भने कता-कता डुलिरहन्थ्यो। तिनीहरूको कुरा सुनिरहेको भए पनि खासै ध्यान दिएको छैनँ भनेर थाह पाइहाल्थे!”

टिभी वा मोबाइलले गर्दा छोराछोरीको कुरामा ध्यान दिन गाह्रो भइरहेको छ भने ती कुराहरू पन्छाउनुहोस्‌। छोरा वा छोरीले भनिरहेको कुरा खासै महत्त्वपूर्ण नलागे पनि ध्यान दिएर सुन्‍नुहोस्‌।

“हामीले छोराछोरीको भावनाको ख्याल राख्छौँ भनेर तिनीहरूलाई ढुक्क बनाउनुपर्छ। नत्र तिनीहरूले सबै कुरा मनभित्रै गुम्साएर राख्छन्‌ वा मदत पाउन अरू नै तरिका अपनाउँछन्‌।”—मारान्डा

“छोराछोरीको सोचाइ गलतै भए पनि आपत्ति जनाउन हतार नगर्नुहोस्‌।”—एन्थोनी

बाइबलको सिद्धान्त: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।” —लूका ८:१८.

खुलस्त कुराकानी गर्ने मौका खोज्नुहोस्‌। आमने-सामने बसेर भन्दा घरको काम गर्दै छोराछोरीसँग कुराकानी गर्दा तिनीहरूलाई सजिलो महसुस हुन सक्छ।

“हामी गाडीमा कतै जाँदा कुराकानी गर्ने गर्छौँ। आमने-सामनेभन्दा छेउमा बसेर गफ गर्दा खुलस्त कुराकानी हुन सकेको छ।”—निकोल

कुराकानी गर्ने अर्को राम्रो मौका खाना खाने बेला पनि हो।

“साँझ खाना खाँदा त्यस दिनको राम्रो र नराम्रो कुराबारे पालैपालो बताउँछौँ। यस्तो बानीले गर्दा एकअर्काको नजिक हुन सकेका छौँ। अनि गाह्रो अवस्था आउँदा त्यसको सामना एक्लैले गर्नुपर्दैन, मदत गर्ने कोही छ भनेर ढुक्क बनाउँछ।”—रोबिन

बाइबलको सिद्धान्त: “सुन्‍नमा छिटो [र] बोल्नमा ढीलो . . . हुनुपर्छ।”—याकूब १:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने