प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g22 सङ्‌ख्या १ पृ. ४-६
  • १ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
  • स्वस्थ हुने तरिका
    ब्यूँझनुहोस्‌!—२०१५
  • अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
    थप लेखहरू
  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने
    ब्यूँझनुहोस्‌!—१९९९
  • तपाईंको विश्‍वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२२
g22 सङ्‌ख्या १ पृ. ४-६
टेबुलमा विभिन्‍न किसिमका स्वास्थ्यवर्धक खानेकुरा छन्‌।

डामाडोल संसारमा

१ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

समस्या वा प्रकोप आइपर्दा त्यसले मानिसहरूको स्वास्थ्यमा विभिन्‍न तरिकामा असर गर्न सक्छ।

  • समस्याहरू आइपर्दा मानिसहरूलाई तनाव हुन्छ अनि तनाव लिइरहँदा तिनीहरू बिरामी पर्न सक्छन्‌।

  • कुनै विपद्‌ वा महामारी आइपर्दा अस्पतालमा बिरामीहरूको चाप बढ्‌ने भएकोले तिनीहरूले राम्रो उपचार पाउन सक्दैनन्‌।

  • विपद्‌ आइपर्दा अत्यावश्‍यक कुराहरू, जस्तै: पोसिलो खानेकुरा अनि औषधी किन्‍न गाह्रो हुन्छ।

तपाईँले के बुझ्नुपर्छ?

  • गम्भीर रोग लाग्यो र तनाव भयो भने हामी ठीकसित सोच्न सक्दैनौँ। त्यसो हुँदा आफ्नो स्वास्थ्यलाई हेलचेक्र्‌याइँ गर्न पुग्छौँ र झन्‌झन्‌ बिरामी पर्दै जान्छौँ।

  • स्वास्थ्य समस्याहरू हुँदा बेलैमा उपचार गरिएन भने ज्यानसमेत जान सक्छ।

  • तपाईँ स्वस्थ हुनुहुन्छ भने विपद्‌ वा महामारी आइपर्दा सही निर्णय गर्न सक्नुहुन्छ।

  • धनी भए पनि गरिब भए पनि तपाईँ आफ्नो स्वास्थ्यको ख्याल राख्न केही कदम चाल्न सक्नुहुन्छ।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बुद्धिमान्‌ मानिस पछि आइपर्न सक्ने खतराहरूबारे सकेसम्म सजग हुन्छ र त्यसबाट जोगिन कदम चालिहाल्छ। यही कुरा स्वास्थ्यको सन्दर्भमा पनि लागू हुन्छ। सरसफाइमा ध्यान दियौँ भने प्रायजसो अवस्थामा रोग लाग्ने खतरा कम हुन्छ अथवा रोग लागिहाल्यो भने पनि त्यत्ति गम्भीर हुन पाउँदैन। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस!

“हामीले आफ्नो र घरको सरसफाइमा विशेष ध्यान दिँदा त्यति अस्पताल जानु परेको छैन अनि औषधी-उपचारको खर्च पनि बचेको छ।”—आदित्य।a

a यस पत्रिकामा केही नाम परिवर्तन गरिएका छन्‌।

के गर्न सकिन्छ? केही सुझाव

विपद्‌को बेला आफ्नो स्वास्थ्यको ख्याल राख्न यी कदमहरू चाल्नुहोस्‌

सरसफाइमा ध्यान दिनुहोस्‌

एक पुरुष बाहिर साबुन पानीले हात धुँदै छन्‌।

सरसफाइमा ध्यान दिनुहोस्‌

बाइबल भन्छ: “चतुर मानिस खतरा आएको देखेर लुक्छ।” (हितोपदेश २२:३) आफ्नो स्वास्थ्यमा के-कस्ता खतरा आइपर्न सक्छन्‌, विचार गर्नुहोस्‌ अनि त्यस्ता खतराहरूदेखि जोगिनुहोस्‌।

  • बेलाबेलामा साबुन पानीले हात धुनुहोस्‌। विशेषगरि, खाना खानुअघि र दिसापिसाब गरेपछि।

  • नियमित रूपमा घर सफा गर्नुहोस्‌; धेरैजसो छोइरहने ठाउँ अनि सामानहरू बेलाबेलामा पुछेर किटाणुमुक्‍त बनाउनुहोस्‌।

  • सकेसम्म सरुवा रोग लागेका मानिसहरूको नजिक नजानुहोस्‌।

पोसिलो खानेकुरा खानुहोस्‌

टेबुलमा विभिन्‍न किसिमका स्वास्थ्यवर्धक खानेकुरा छन्‌।

पोसिलो खानेकुरा खानुहोस्‌

बाइबल भन्छ: ‘कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई खुवाउँछ अनि स्याहार्छ।’ (एफिसी ५:२९) हाम्रो खानपिनबाट हामी आफ्नो शरीरलाई कत्तिको माया गर्छौँ भनेर देखिन्छ।

  • प्रशस्तै पानी पिउनुहोस्‌।

  • थरीथरीका फलफूल र तरकारी खानुहोस्‌।

  • चिनी, नुन र चिल्लो कम गर्नुहोस्‌।

  • चुरोट नपिउनुहोस्‌, लागू पदार्थ सेवन नगर्नुहोस्‌ अनि रक्सी र औषधीहरूको दुरुपयोग नगर्नुहोस्‌।

“पोसिलो खानेकुरा खाएनौँ भने हामी बिरामी परिहाल्छौँ। त्यसैले हामी स्वास्थ्यबर्धक खानेकुरा किन्छौँ। यसो गर्दा आफ्नो थोरै कमाइ औषधी-उपचारमा त्यत्ति खर्च गर्नुपरेको छैन।”—कबिर।

व्यायाम र प्रशस्त आराम गर्नुहोस्‌

एक पुरुष दौडिरहेका छन्‌।

व्यायाम गर्नुहोस्‌

बाइबल भन्छ: “मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।” (उपदेशक ४:६) हामीले काम गरेको गऱ्‍यै गर्नु हुँदैन, आराम पनि गर्नुपर्छ।

  • शारीरिक गतिविधिमा भाग लिनुहोस्‌। सुरुमै धेरै गर्न नखोज्नुहोस्‌ बरु अलि-अलि हिँडडुल गरेर सुरु गर्नुहोस्‌। तपाईँ वृद्ध, अशक्‍त अथवा दीर्घ रोगी हुनुहुन्छ भने पनि शारीरिक क्रियाकलापमा भाग लिँदा तपाईँको स्वास्थ्य सुध्रिन सक्छ।

  • एक युवती निदाइरहेकी छिन्‌।

    पर्याप्त आराम गर्नुहोस्‌

    पर्याप्त आराम गर्नुहोस्‌। निद्रा पुगेन भने तनाव बढ्‌ने अनि कुनै पनि काम ध्यान दिएर गर्न नसक्ने समस्या हुन सक्छ। लामो समयसम्म निद्रा पुगेन भने गम्भीर स्वास्थ्य समस्या हुन सक्छ।

  • राती सुत्ने समय तोक्नुहोस्‌। हरेक रात एउटै समयमा सुत्ने र बिहान एउटै समयमा उठ्‌ने कोसिस गर्नुहोस्‌।

  • सुत्नको लागि ओछ्यानमा गइसकेपछि टिभी नहेर्नुहोस्‌ अनि इलेक्ट्रोनिक डिभाइसहरू नचलाउनुहोस्‌।

  • राती सुत्नुअघि टन्‍नै नखानुहोस्‌ अनि क्याफिनयुक्‍त पेय पदार्थ र रक्सी नपिउनुहोस्‌।

“म राम्रोसित सुतेको छु कि छैनँ, त्यो कुराले मेरो शरीरमा असर गर्छ। निद्रा पुगेन भने मलाई कहिलेकाहीँ टाउको दुख्छ अनि शरीर पनि अरट्ठो हुन्छ। मजाले निद्रा पुग्यो भने संसार हाँक्न सक्छु जस्तो लाग्छ, जे गर्न पनि फुर्ती आउँछ अनि बिरामी पनि त्यत्ति पर्दिनँ।”—जेसन।

“भाइरसको सङ्‌क्रमणबाट जोगिन तपाईँ के गर्न सक्नुहुन्छ?” भिडियोको एउटा दृश्‍य। एक स्त्री घरको ढोका खोल्छिन्‌, बाहिर भाइरस छ।

थप जानकारी पाउनुहोस्‌। भाइरसको सङ्‌क्रमणबाट जोगिन तपाईँ के गर्न सक्नुहुन्छ? भिडियो हेर्नुहोस्‌। साथै “स्वस्थ हुने तरिका” शीर्षकको लेख पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने