प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ९
  • नूहले ठूलो जहाज बनाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नूहले ठूलो जहाज बनाउँछ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • नोवा—ही वक्ड विथ गड भन्‍ने भिडियोबाट सबैले सिक्न सक्छन्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ९
जहाजभित्र जनावरहरू र अरू सरसामानहरू लैजाँदै गरेका नूह र तिनको परिवार

कथा ९

नूहले ठूलो जहाज बनाउँछ

नूहकी एउटी पत्नी र तीन छोरा थिए। छोराहरूको नाउँ शेम, हाम र येपेत थियो। उनीहरूको पनि आ-आफ्नो पत्नी थिए। यसरी नूहको परिवारमा जम्मा आठ जना थिए।

एकदिन परमेश्‍वरले नूहलाई एउटा अचम्मको काम गर्न लगाउनुभयो। उहाँले नूहलाई ठूलो जहाज बनाउनू भन्‍नुभयो। त्यो ठूलो जहाज हेर्दा लामो र ठूलो बाकसजस्तै देखिन्थ्यो। परमेश्‍वरले ‘त्यसको तीन तला बनाउनू र त्यसमा कोठाहरू पनि राख्नू’ भन्‍नुभयो। जहाजभित्र नूह, उसको परिवार, जनावर अनि उनीहरू सबैलाई चाहिने खानेकुरा राख्न पुग्ने कोठाहरू थिए।

जहाजको कोठाभित्र पानी नपस्ने गरी बनाउनू भनेर पनि परमेश्‍वरले नूहलाई अह्राउनुभयो। परमेश्‍वरले यसो भन्‍नुभयो: ‘म एउटा ठूलो जलप्रलय गराउनेछु र सारा संसारलाई नाश गर्नेछु। जहाजबाहिर हुने सबै मर्नेछन्‌।’

नूह र उसका छोराहरूले यहोवाको आज्ञा माने। उनीहरूले जहाज बनाउन थाले। तर अरू मान्छेहरू चाहिं नूहले जहाज बनाएको देखेर हाँसे। उनीहरू खराब थिए। नूहले परमेश्‍वरले भन्‍नुभएको कुरा सुनाउँदा कसैले पनि पत्याएन।

जलप्रलयबारे चेतावनी दिन खोज्दा तिनलाई खिस्याउँदै गरेका मानिसहरू

जहाज असाध्यै ठूलो भएकोले त्यसलाई बनाउन धेरै समय लाग्यो। अन्तमा धेरै वर्षपछि नूहले जहाज बनाउन सिध्यायो। त्यसपछि परमेश्‍वरले नूहलाई जहाजभित्र जनावरहरू राख्न लगाउनुभयो। परमेश्‍वरले कुनै-कुनै जनावरको एक जोडी भाले-पोथी ल्याउनू भन्‍नुभयो। तर अरू जनावरको चाहिं सात जोडी भाले-पोथी ल्याउनू भन्‍नुभयो। परमेश्‍वरले नूहलाई धेरै थरीको चराचुरुंगीहरू पनि भित्र ल्याउनू भन्‍नुभयो। परमेश्‍वरले जे-जे भन्‍नुभयो, नूहले ती सबै गरे।

केही समयपछि नूह र उसको परिवार पनि जहाजभित्र पसे। त्यसपछि परमेश्‍वरले जहाजको ढोका बन्द गरिदिनुभयो। जहाजभित्र नूह र उसको परिवार जलप्रलय कहिले हुन्छ भनेर पर्खेर बसे। तिमी पनि त्यहाँ जहाजभित्र नूह र उसको परिवारसँगै पर्खेर बसेको कल्पना गर त। के परमेश्‍वरले भन्‍नुभएझैं जलप्रलय हुन्छ होला?

उत्पत्ति ६:९-२२; ७:१-९.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने