प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा २५
  • पूरै परिवार मिश्र सर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूरै परिवार मिश्र सर्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यूसुफलाई दाइहरूले घृणा गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा २५
याकूब र यूसुफको पुनर्मिलन

कथा २५

पूरै परिवार मिश्र सर्छ

यूसुफले अबचाहिं आफ्नो मन थाम्न सक्दैन। उसले आफ्ना सबै नोकरहरूलाई कोठाबाहिर पठाउँछ। आफ्ना दाजुभाइसित एक्लै भएपछि ऊ रुन थाल्छ। यो देखेर यूसुफका दाजुभाइहरू छक्क पर्छन्‌। किनभने ऊ किन रोइरहेछ भनेर उनीहरूलाई थाह छैन। अन्तमा यूसुफले यसो भन्छ: ‘म यूसुफ हुँ। के मेरा बुबा अझ पनि जिउँदै हुनुहुन्छ?’

यो सुनेर यूसुफका दाजुभाइहरू असाध्यै छक्क पर्छन्‌ र केही बोल्नै सक्दैनन्‌। उनीहरू यूसुफसित डराउँछन्‌। तर यूसुफ यसो भन्छ ‘कृपया मेरो नजिक आओ।’ उनीहरू नजिक आएपछि यूसुफले यो पनि भन्छ: ‘म तिमीहरूको भाइ यूसुफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ।’

यूसुफ दयालु हुँदै यसो भन्छ: ‘तर मलाई यहाँ बेचेकोमा तिमीहरू अब आफूलाई दोष नदेओ। मान्छेहरूलाई बचाउन मलाई परमेश्‍वरले नै मिश्रमा पठाउनुभएको हो। फिरऊनले मलाई सारा देशको मालिक बनाएका छन्‌। यसकारण अब तुरुन्तै मेरा बुबाकहाँ गएर यी सबै कुरा बताओ र कत्ति पनि अबेर नगरी मकहाँ लिएर आओ।’

तब यूसुफले आफ्ना दाजुभाइलाई अंगालो हालेर म्वाइँ खान्छ। यूसुफका दाजुभाइ आएको सुनेपछि फिरऊनले यूसुफलाई यसो भन्छ: ‘तिम्रा दाजुभाइहरूलाई गाडाहरू लैजान र आफ्नो बुबा अनि सबै परिवारहरू लिएर यहाँ फर्कन भन्‍नू। म उनीहरूलाई मिश्रको सबैभन्दा असल ठाउँ दिनेछु।’

यूसुफका दाइहरूले त्यसै गरे। चित्रमा हेर त, यूसुफका बुबा याकूब आफ्नो पूरै परिवार लिएर यूसुफलाई मिश्र देशमा भेट्‌दैछ।

यूसुफको दाइहरू र तिनीहरूको परिवार मिश्र सर्दै

याकूबको परिवार ठूलो भइसकेको थियो। उनीहरू मिश्र आइपुग्दा याकूब, उसका छोराछोरी र नाति-नातिना गरेर जम्मा ७० जना थिए। तर यसबाहेक याकूबका बुहारीहरू अनि थुप्रै नोकर-चाकरहरू पनि थिए। त्यसपछि उनीहरू सबै मिश्रमा बस्न थाले। उनीहरूलाई इस्राएली भनिन्थ्यो। किनभने परमेश्‍वरले याकूबको नाउँ फेरेर इस्राएल राख्नुभएको थियो। इस्राएलीहरू परमेश्‍वरका विशेष मान्छे बन्छन्‌। यसबारे हामी पछि पढ्‌नेछौं।

उत्पत्ति ४५:१-२८; ४६:१-२७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने