प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ३२
  • दस विपत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दस विपत्ति
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो तीन विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • दसौँ विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • अर्को छ वटा विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ३२
नली नदीको पानी रगतमा परिणत हुन्छ

कथा ३२

दस विपत्ति

यी चित्रहरू हेर त। तिमीले हरेक चित्रमा यहोवाले मिश्रमाथि ल्याउनुभएको एउटा-एउटा विपत्ति देख्छौ। पहिलो चित्रमा हारूनले नील नदीलाई आफ्नो लट्ठीले हानिरहेको छ। उसले त्यसो गर्ने बित्तिकै नदीको पानी रगत भयो। माछाहरू मरेर नदी नै गन्हाउन थाल्यो।

फिरऊन आफ्नो खाटबाट भ्यागुता भगाउँदै, दोस्रो विपत्ति

यसपछि यहोवाले नील नदीबाट भ्यागुताहरू पठाउनुभयो। चुल्हामा, पीठो मुछ्‌ने भाँडामा, पलङमा जताततै भ्यागुतै-भ्यागुता भए। मिश्रीहरूले मरेका भ्यागुता थाकका थाक लगाए। कुहिएको भ्यागुताले गर्दा पूरै देश गन्हाउन थाल्यो।

त्यसपछि हारूनले फेरि आफ्नो लट्ठीले भुइँको धूलोमा हिर्कायो र धूलो भुसुनै भुसुना भयो। भुसुना भनेको टोक्ने साना कीराहरू हुन्‌। भुसुना मिश्रमाथि आइलागेको तेस्रो विपत्ति थियो।

भुसुनाको टोकाइले ग्रसित महिला, तेस्रो विपत्ति

यसपछि आएका बाँकी विपत्तिहरूले इस्राएलीहरूलाई केही पनि गरेन। मिश्रीहरूलाई मात्र दुःख दियो। चौथो विपत्ति, ठूल्ठूला झिंगाहरूको विपत्ति थियो। सबै मिश्रीहरूका घरभित्र जताततै झिंगाहरू भन्कन थाले। पाँचौं विपत्ति जनावरहरू माथि आइलाग्यो। मिश्रीहरूका थुप्रै गाईवस्तु, अनि भेडा-बाख्राहरू मरे।

मोशा र हारूनले अलिकता खरानी लिएर त्यसलाई हावामा उडाएपछि छैटौं विपत्ति सुरु भयो। यसले गर्दा मान्छे अनि जनावर दुवैको जीऊमा खटिरै खटिरा निस्कन थाल्यो।

यो विपत्ति सकिने बित्तिकै मोशाले आफ्नो हात आकाशतिर उचाल्यो र यहोवाले आकाशमा बिजुली अनि गर्जन गराउनुका साथै असिना पठाउनुभयो। मिश्रमा यत्ति नराम्रो गरी असिना पहिले कहिल्यै परेको थिएन।

ठूल्ठूला झिंगाहरूको विपत्तिबाट जोगिन खोज्दै गरेका मिश्रीहरू, चौथो विपत्ति
पाँचौँ विपत्तिमा मिश्रीहरूको जनावर भकाभक मर्न थाल्छ

आठौं विपत्ति सलहहरूको विपत्ति थियो। मिश्रमा योभन्दा अघि अथवा यसपछि पनि यत्ति धेरै सलहहरू कहिल्यै आएका थिएनन्‌। असिनाले बाँकी राखेका सबै कुरा यी सलहहरूले खाएर सोत्तर पारे।

नवौं विपत्तिचाहिं अन्धकार थियो। तीन दिनसम्म मिश्र देशभरि अन्धकार छायो। तर इस्राएलीहरू बसेको ठाउँमा चाहिं उज्यालो थियो।

अन्तमा, परमेश्‍वरले आफ्ना मान्छेहरूलाई आ-आफ्नो घरको ढोकाको चौकोसमा बाख्रा अथवा भेडाको पाठोको रगत छम्कन लगाउनुभयो। अनि त्यही रात परमेश्‍वरको स्वर्गदूत मिश्र देश भएर गए। स्वर्गदूतले जुन-जुन घरमा रगत देखे, त्यस घरमा कसैलाई मारेनन्‌। तर ढोकामा रगत नभएका घरहरूमा चाहिं परमेश्‍वरको स्वर्गदूतले मान्छे र जनावर दुवैको जेठो सन्तानलाई मारे। मिश्रीहरूले भोगेको यो १० औं विपत्ति थियो।

यो अन्तिम विपत्तिपछि फिरऊनले इस्राएलीहरूलाई देश छाडेर जान आतुर लगायो। परमेश्‍वरका सबै जनहरू मिश्र देश छोडेर जान तयार थिए। उनीहरू त्यही रात मिश्रबाट निस्के।

प्रस्थान अध्याय ७ देखि १२ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने