प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson १९ p. ५०-p. ५१ par. २
  • पहिलो तीन विपत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो तीन विपत्ति
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • अर्को छ वटा विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson १९ p. ५०-p. ५१ par. २
मोसा र हारुन फारोसामु उभिरहेका छन्‌

पाठ १९

पहिलो तीन विपत्ति

इस्राएलीहरू दास भएर काममा जोतिन बाध्य भए। यहोवा परमेश्‍वरले मोसा र हारुनलाई यो सन्देश दिन फारोकहाँ पठाउनुभयो: ‘मेरो प्रजालाई जान देऊ र तिनीहरूले निर्जनभूमिमा गएर मेरो उपासना गर्न सकून्‌।’ घमन्डी फारोले यसो भने: ‘त्यो यहोवाले के भन्छ, मलाई मतलब छैन। तिमीहरू जेसुकै भन, म इस्राएलीहरूलाई जान दिन्‍नँ।’ त्यसपछि फारोले इस्राएलीहरूलाई काममा अझ दलाए। यहोवा परमेश्‍वरले फारोलाई पाठ सिकाउनुहुने थियो। कसरी, तिमीलाई थाह छ? उहाँले मिश्रमाथि १० विपत्ति ल्याउनुभयो। यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: ‘फारोले मेरो कुरा मानिरहेको छैन। बिहान फारो नाइल नदीमा जानेछन्‌ र उसलाई त्यहाँ गएर भेट्‌नू। उनले मेरा प्रजालाई जान नदिएकोले नाइल नदीको पानी रगत बन्‍नेछ भन्‍नू।’ मोसा यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोलाई भेट्‌न गए। हारुनले आफ्नो लौरोले नाइल नदीमा हिर्काउँदा फारोले हेरिरहे र नभन्दै नदी रगतमा बदलियो। नदी गन्हाउन थाल्यो, त्यहाँका माछाहरू मर्न थाले र नदीको पानी खानै नसकिने भयो। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्‌।

सात दिनपछि यहोवा परमेश्‍वरले मोसालाई फेरि यो सन्देश सुनाउन फारोकहाँ पठाउनुभयो: ‘तिमीले मेरा प्रजालाई अझै पनि जान दिएनौ भने म तिम्रो देशभरि भ्यागुता पठाएर सताउनेछु।’ हारुनले आफ्नो लौरो पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो। मानिसहरूको घर, ओछ्यान र भाँडाकुँडा सबै भ्यागुताले भरिए। सबैतिर भ्यागुता नै भ्यागुता भयो! त्यसपछि फारोले मोसालाई यो विपत्ति हटोस्‌ भनेर यहोवा परमेश्‍वरलाई बिन्ती गरिदिन भने। फारोले इस्राएलीहरूलाई जान दिने प्रतिज्ञा गरे। त्यसैले यहोवा परमेश्‍वरले विपत्ति हटाइदिनुभयो र मिश्रीहरूले ठाउँठाउँमा मरेका भ्यागुताहरूको थुप्रो लगाए। पूरै देश डुङडुङ्‌ती गन्हाउन थाल्यो। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्‌।

त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: ‘हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काऊन्‌ र त्यो भुसुना बनेर मिश्रभरि फैलिनेछ।’ नभन्दै मिश्रभरि भुसुनै भुसुना भयो। फारोका आफ्नै मानिसहरूले पनि यसो भने: ‘यस विपत्तिमा परमेश्‍वरकै हात छ!’ तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्‌।

मिश्रमाथि ल्याइएको तीन विपत्ति: नाइल नदी रगतमा बदलिन्छ, भ्यागुताहरू र भुसुनाहरू

“म तिनीहरूलाई आफ्नो शक्‍ति र पराक्रम देखाउनेछु। अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्‍नेछन्‌।”—यर्मिया १६:२१

प्रश्‍नहरू: पहिलो तीन विपत्ति के-के थिए? यहोवा परमेश्‍वरले किन यस्तो विपत्ति ल्याउनुभयो?

प्रस्थान ५:१-१८; ७:८–८:१९; नहेम्याह ९:९, १०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने