गीत ७
ख्रीष्टियन समर्पण
छापिएको संस्करण
१. विशाल रचना चराचर
याहकै हातको काम,
उपज हुन् यी सबै उनको,
धर्ती गगनको सान।
जीवनको सास दिएर,
स्वामी भए सबको;
योग्य छन् उनी गुनगानको,
स्तुति र भक्तिको।
२. बप्तिस्मा लिई येशूले,
थाले काम याहको।
पुकारेर भने या’लाई:
‘इच्छा गर्छु तिम्रो।’
यर्दनबाट जब निस्के
अभिषिक्त बनी;
समर्पित भए यहोवामा,
तनमन नै अर्पण गरी।
३. महान् याहको प्रशंसा,
गर्न खडा हामी।
इन्कार आफूलाई गरेर
समर्पित छौं हामी।
एक मात्र छोरा पठायौ,
जसले मोल चुकायो।
जिऔं या मरौं तिमीमा नै,
अर्पन छ यो ज्यान हाम्रो।
(मत्ती १६:२४; मर्कू. ८:३४; लूका ९:२३ पनि हेर्नुहोस्)