गीत ९१
यहोवा नै मेरा बुबा, ईश्वर र साथी
छापिएको संस्करण
१. आँसुको धारा बगाई,
जिउनु छ यो संसारमा, सुन।
तैपनि भन्छु सधैं,
“व्यर्थ छैन जीवन।”
(कोरस)
याह हुन् न्यायी प्रभु,
सम्झिरहन्छन् त्यो मेरो प्रेम।
छन् है हरपल छेवैमा,
एक्लो हुन्नँ म कैले नि।
गर्छन् प्रबन्ध सधैं,
अनि जोगाउँछन् अन्तसम्मै।
यहोवा नै मेरा बुबा,
ईश्वर, साथी।
२. बित्यो जवानी मेरो;
दुःख, पीडा भोग्दैछु, ऐले।
तर देख्छु सुन्दर दिन,
विश्वासको आँखाले।
(कोरस)
याह हुन् न्यायी प्रभु,
सम्झिरहन्छन् त्यो मेरो प्रेम।
छन् है हरपल छेवैमा,
एक्लो हुन्नँ म कैले नि।
गर्छन् प्रबन्ध सधैं,
अनि जोगाउँछन् अन्तसम्मै।
यहोवा नै मेरा बुबा,
ईश्वर, साथी।
(भज. ७१:१७, १८ पनि हेर्नुहोस्)