गीत ९०
फूलेको केश—शोभाको मुकुट
छापिएको संस्करण
१. प्यारा छन् ती वृद्ध जन;
आदर्श हाम्रा।
सहे कैयौं चुनौती,
दृढ छन् तैपनि।
सहे बिछोडका पीडा;
बल घट्यो होला।
बिन्ती हे याह
तिनलाई साथ दिनु सदा।
(कोरस)
हे याह सम्झ है
तिनको त्यो विश्वास।
देऊ आश्वासन पनि
र भन ‘स्याबास’।
२. सुन्दर छन् फूलेका केश
असल मानिसका।
सुन्दर छन् विश्वासी जन
या’को नजरमा।
सम्झ है जवान थिए
ती वृद्ध पनि।
सारा बल अर्पे तिनले
याहलाई भनी।
(कोरस)
हे याह सम्झ है
तिनको त्यो विश्वास।
देऊ आश्वासन पनि
र भन ‘स्याबास’।
(मत्ती २५:२१, २३; भज. ७१:९, १८; हितो. २०:२९; लूका २२:२८; १ तिमो. ५:१ पनि हेर्नुहोस्)