प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ७ पृ. २२-२५
  • छोराछोरीलाई कसरी सिकाउने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई कसरी सिकाउने?
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ छोराछोरीलाई सजिलो महसुस गराउनुहोस्‌
  • २ छोराछोरीले भन्‍न खोजेको कुरा बुझ्ने कोसिस गर्नुहोस्‌
  • ३ छोराछोरीको अगाडि भनाभन नगर्नुहोस्‌
  • ४ योजना बनाउनुहोस्‌
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ७ पृ. २२-२५
बुबा-छोरा मिलेर साइकल बनाउँदै

अध्याय ७

छोराछोरीलाई कसरी सिकाउने?

“मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ।”—व्यवस्था ६:६, ७

परिवारको सुरुवातकर्ता यहोवा हुनुहुन्छ। उहाँले छोराछोरीको हेरविचार गर्ने जिम्मा आमाबाबुलाई सुम्पनुभएको छ। (कलस्सी ३:२०) छोराछोरीलाई जिम्मेवार व्यक्‍ति बनाउने र यहोवालाई माया गर्न सिकाउने जिम्मेवारी तपाईं आमाबाबुको हो। (२ तिमोथी १:५; ३:१५) त्यसको लागि तपाईंले तिनीहरूको मनको कुरा बुझ्नुपर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंको बोली अनि व्यवहार हो। किनभने छोराछोरीले त्यसबाट धेरै कुरा सिक्छन्‌। तपाईं आफैले यहोवाको वचन बुझ्नुभएको छ भने मात्र तिनीहरूलाई पनि राम्ररी सिकाउन सक्नुहुन्छ।—भजन ४०:८.

१ छोराछोरीलाई सजिलो महसुस गराउनुहोस्‌

बाइबल के भन्छ? “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।” (याकूब १:१९) छोराछोरीले कुनै धक नमानी कुरा गरेको तपाईंलाई मन पर्छ। तपाईं कुरा सुन्‍न सधैं तयार हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरू ढुक्क हुनुपर्छ। घरमा कचमच भएन भने तिनीहरूलाई आफ्नो मनको कुरा बताउन सजिलो लाग्नेछ। (याकूब ३:१८) तिनीहरूलाई तपाईं कडा स्वभावको हुनुहुन्छ अनि जे कुरामा पनि कचकच गर्नुहुन्छ भन्‍ने लाग्छ भने तिनीहरू खुलेर कुरा गर्दैनन्‌। त्यसैले छोराछोरीसित धीरजी भएर व्यवहार गर्नुहोस्‌ अनि तिनीहरूलाई माया गर्नुहुन्छ भनेर देखाइरहनुहोस्‌।—मत्ती ३:१७; १ कोरिन्थी ८:१.

यसो गरेर हेर्नुहोस्‌:

  • छोराछोरीले कुरा गर्न खोज्दा सधैं समय दिनुहोस्‌।

  • समस्या पर्दा मात्र होइन, अरू बेला पनि छोराछोरीसित कुरा गर्नुहोस्‌।

२ छोराछोरीले भन्‍न खोजेको कुरा बुझ्ने कोसिस गर्नुहोस्‌

बाइबल के भन्छ? “वचन ध्यानसित सुन्‍ने मानिस सुखी हुन्छ, र परमप्रभुमा भरोसा राख्ने मानिस आशीषित हुन्छ।” (हितोपदेश १६:२०) शब्दमा मात्र ध्यान दियौं भने तिनीहरूले भन्‍न खोजेको कुरा बुझ्न गाह्रो हुन्छ। युवाहरू प्रायजसो बढाइचढाइ कुरा गर्छन्‌ अथवा एउटा कुरा भन्‍न खोज्छन्‌ तर अर्कै भन्‍न पुग्छन्‌। ‘राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता हो।’ (हितोपदेश १८:१३) त्यसैले तुरुन्तै नरिसाउनुहोस्‌।—हितोपदेश १९:११.

आमा आफ्नी छोरीको कुरा सुनेर रिसाउँदै

यसो गरेर हेर्नुहोस्‌:

  • छोराछोरीले जेसुकै भने तापनि बीचमै कुरा काट्‌ने अथवा रिसले पड्‌किहाल्ने नगर्नुहोस्‌।

  • तिनीहरूको उमेरमा तपाईं कस्तो महसुस गर्नुहुन्थ्यो अनि कुन कुरामा धेरै ध्यान दिनुहुन्थ्यो, सम्झनुहोस्‌।

३ छोराछोरीको अगाडि भनाभन नगर्नुहोस्‌

बाइबल के भन्छ? ‘हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन र आफ्नी आमाको अर्ती इन्कार नगर।’ (हितोपदेश १:८) छोराछोरीलाई सिकाउने, बुझाउने र सुधार्ने जिम्मेवारी यहोवाले आमाबाबुलाई दिनुभएको छ। आमाबाबुको आदर गर्नुपर्छ, उहाँहरूले भनेको मान्‍नुपर्छ भनेर तपाईंले तिनीहरूलाई सिकाउनुपर्छ। (एफिसी ६:१-३) आमाबुबाको ‘सोचाइ एउटै’ छैन भने तिनीहरूले त्यो थाह पाइहाल्छन्‌। (१ कोरिन्थी १:१०) तपाईंहरूको ठाकठुक पऱ्‍यो भने छोराछोरीको अगाडि भनाभन गरेर नबस्नुहोस्‌। नत्र तिनीहरूले तपाईंहरूको आदर गर्न छोड्‌नेछन्‌।

पत्नी र जेठो छोरा अर्को कोठामा हुँदा पतिले कान्छो छोरालाई सम्झाइ-बुझाइ गर्दै

यसो गरेर हेर्नुहोस्‌:

  • छोराछोरीलाई कसरी अनुशासन दिने भनेर छलफल गर्नुहोस्‌ अनि दुवै जना त्यसैअनुसार चल्नुहोस्‌।

  • छोराछोरीलाई सिकाउने विषयमा तपाईंहरूको विचार फरक-फरक भयो भने आफूलाई जीवनसाथीको ठाउँमा राखेर हेर्ने कोसिस गर्नुहोस्‌।

४ योजना बनाउनुहोस्‌

बाइबल के भन्छ? “बालकलाई ठीक बाटोमा लगाऊ।” (हितोपदेश २२:६) छोराछोरीलाई राम्ररी सिकाउन धेरै मेहनत गर्नुपर्छ। राम्रो योजना बनाउनुपर्छ। यसमा तिनीहरूलाई अनुशासन दिनु समावेश छ। (भजन १२७:४; हितोपदेश २९:१७) अनुशासन दिनु भनेको कुनै नियम बनाउनुको पछाडि के कारण छ भनी बुझाउनु हो, सजाय दिनु मात्र होइन। (हितोपदेश २८:७) दिनदिनै यहोवाको वचन ध्यान दिएर पढ्‌न अनि त्यसको शिक्षा बुझ्न छोराछोरीलाई मदत गर्नुहोस्‌। (भजन १:२) यस्तो शिक्षाले सही र गलत छुट्ट्याउने तिनीहरूको क्षमतालाई अझै तिखार्नेछ।—हिब्रू ५:१४.

यसो गरेर हेर्नुहोस्‌:

  • यहोवा भरोसा गर्न योग्यको अनि भावना भएको परमेश्‍वर हुनुहुन्छ भनेर छोराछोरीलाई सिकाउनुहोस्‌।

  • खराब कुराहरू के-के हुन्‌ अनि त्यसबाट कसरी जोगिने भनेर बुझाउनुहोस्‌। इन्टरनेट अनि सामाजिक संजालबाट हुन सक्ने खतराबारे बताउनुहोस्‌। यौन दुराचारीदेखि कसरी जोगिने भनेर पनि सिकाउनुहोस्‌।

सानै बेलादेखि बप्तिस्मा नगरुन्जेलसम्म आमाबुबाले छोरालाई यहोवाको सेवा गर्न सिकाउँछन्‌

“बालकलाई ठीक बाटोमा लगाऊ”

यहोवाले तपाईंको मेहनतमा आशिष्‌ दिनुहुनेछ

यहोवा कसरी सोच्नुहुन्छ भनेर छोराछोरीलाई सिकाउने विशेष जिम्मेवारी तपाईं आमाबाबुको हो। (एफिसी ६:४) सिकाउने काम सजिलो छैन। यसको लागि धेरै मेहनत गर्नुपर्छ भनेर यहोवालाई थाह छ। तपाईंको मेहनतले यहोवाको महिमा हुनेछ र तपाईंलाई पनि अपार खुसी दिनेछ।—हितोपदेश २३:२४.

आफैलाई सोध्नुहोस्‌ . . .

  • छोराछोरीले मसँग कुनै पनि विषयमा कुरा गर्न अप्ठेरो नमानोस्‌ भन्‍नको लागि म के गर्न सक्छु?

  • अरू आमाबाबुले छोराछोरी हुर्काएको तरिकाबाट म के सिक्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने