प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ३ p. १४-p. १५ par. ३
  • आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्‍यो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • अरू हामीभन्दा उच्च छन्‌
    महान्‌ शिक्षकबाट सिकौं
  • अदनको बगैँचामा जीवन कस्तो थियो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • दुःखी जीवन सुरु हुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ३ p. १४-p. १५ par. ३
आदम र हव्वा अदनको बगैँचाबाट निस्कँदै छन्‌

पाठ ३

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

हव्वाले दिएको निषेधित फल आदम हेर्दै छन्‌

एकदिन हव्वा बगैँचामा एक्लै हुँदा सर्पले उनलाई भन्यो: ‘के परमेश्‍वरले तिमीहरूलाई साँच्चै बगैँचाको कुनै रूखको फल नखानू भन्‍नुभएको हो?’ हव्वाले भनिन्‌: ‘हामी बगैँचाको बीचमा भएको एउटा रूखको फलबाहेक अरू सबै रूखको फल खान सक्छौँ। त्यस रूखको फल खायौँ भने हामी मर्नेछौँ।’ तर सर्पले भन्यो: ‘तिमीहरू मर्नेछैनौ। खासमा त्यो खायौ भने तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।’ के त्यो कुरा साँचो थियो? अहँ, थिएन। तर हव्वाले सर्पको झूट पत्याइन्‌। उनले त्यो फल हेरिरहिन्‌ र उनलाई झन्‌झनै खाऊँ-खाऊँ लाग्यो। उनले त्यो खाइन्‌ र आदमलाई पनि दिइन्‌। आदमलाई परमेश्‍वरको आज्ञा नमान्दा मर्नुपर्नेछ भनेर थाह थियो। तैपनि तिनले त्यो फल खाए।

आदम र हव्वा अदनको बगैँचाबाट निस्किएपछि परमेश्‍वरले बगैँचाको सुरक्षाको लागि स्वर्गदूतहरू र ज्वालामय तरबार राख्नुभयो

त्यसै दिनको साँझपख यहोवाले आदम र हव्वासित कुरा गर्नुभयो। परमेश्‍वरले तिनीहरूलाई उहाँको आज्ञा किन नमानेको भनेर सोध्नुभयो। हव्वाले सर्पलाई दोष लगाइन्‌ अनि आदमले हव्वालाई। तिनीहरूले यहोवाको आज्ञा नमानेकोले उहाँले तिनीहरूलाई बगैँचाबाट निकालिदिनुभयो। तिनीहरू फेरि कहिल्यै बगैँचामा जान नपाऊन्‌ भनेर उहाँले बगैँचा भित्र छिर्ने ठाउँमा स्वर्गदूतहरू र ज्वालामय तरबार राख्नुभयो।

हव्वालाई झूटो कुरा बताउनेले पनि सजाय पाउनेछ भनेर यहोवाले भन्‍नुभयो। उनीसित बोल्ने सर्प नै त थिएन। यहोवाले सर्पहरूलाई बोल्न सक्नेगरि बनाउनुभएको थिएन। खासमा एक जना दुष्ट स्वर्गदूतले सर्पलाई चलाएर हव्वासित कुरा गरेको थियो। यसरी त्यसले हव्वालाई झुक्यायो। त्यो स्वर्गदूतलाई सैतान अर्थात्‌ दियाबल भनिन्छ। त्यसले मानिसहरूलाई खराब काम गर्न बहकाउन नपाओस्‌ भनेर यहोवाले चाँडै त्यसलाई नाश गर्नुहुनेछ।

“दियाबल . . . सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन।”—युहन्‍ना ८:४४

प्रश्‍नहरू: हव्वाले किन त्यो फल खाइन्‌? यहोवाको आज्ञा नमान्दा आदम र हव्वालाई के भयो? सैतान अर्थात्‌ दियाबल को हो?

उत्पत्ति ३:१-२४; युहन्‍ना ८:४४; १ युहन्‍ना ३:८; प्रकाश १२:९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने