प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lvs pp. १४७-१५८
  • ११. सफल वैवाहिक जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ११. सफल वैवाहिक जीवन
  • परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “परमेश्‍वरको प्रेम”-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर र जीवनसाथीसित अझै घनिष्ठ हुनुहोस्‌
  • यहोवाप्रतिको प्रेमले वैवाहिक सम्बन्ध बलियो बनाउँछ
  • बोली र कामद्वारा वैवाहिक सम्बन्धको आदर गर्नुहोस्‌
  • “वैवाहिक सम्बन्ध नबिटुलिओस्‌”
  • वैवाहिक सम्बन्धलाई बलियो बनाउनुहोस्‌
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
lvs pp. १४७-१५८
पति र पत्नी भान्छामा काम गर्दै

अध्याय ११

सफल वैवाहिक जीवन

“प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरिन्थी १३:८.

१, २. समस्या आउँदैमा वैवाहिक जीवन असफल भयो भन्‍न किन मिल्दैन?

विवाह यहोवाको वरदान हो। यसले मानिसलाई सुखी बनाउन सक्छ। तर सबैको वैवाहिक जीवनमा कुनै न कुनै समस्या त आउँछ नै। कहिलेकाहीँ त त्यस्तो समस्याको अन्त नै छैन जस्तो लाग्न सक्छ। त्यसले गर्दा पतिपत्नीलाई आफ्नो सम्बन्ध पहिलेजस्तो बलियो नभएको महसुस हुन सक्छ।

२ वैवाहिक जीवनमा बेलाबेलामा समस्याहरू आउँदा हामीले अचम्म मान्‍नुपर्दैन। तर समस्या आउँदैमा वैवाहिक जीवन असफल भयो भन्‍न मिल्दैन। कसै-कसैले गम्भीर समस्या आए पनि आफ्नो सम्बन्धलाई सुधारेका छन्‌ र वैवाहिक सम्बन्धलाई बलियो बनाएका छन्‌। कसरी?

परमेश्‍वर र जीवनसाथीसित अझै घनिष्ठ हुनुहोस्‌

३, ४. पतिपत्नी कसरी एकअर्कादेखि टाढिन पुग्छन्‌?

३ विवाह भनेको फरक-फरक रुचि, विचार र पृष्ठभूमि भएका दुई व्यक्‍तिको मिलन हो। तिनीहरूको काम गर्ने तरिका अनि संस्कृति भिन्‍नाभिन्‍नै हुन सक्छ। त्यसैले एकअर्कालाई चिन्‍न अनि एकअर्काको कुरा बुझ्न समय लाग्न सक्छ र निकै प्रयास गर्नुपर्ने हुन सक्छ।

४ समय बित्दै जाँदा पतिपत्नी आ-आफ्नै कामकुरामा व्यस्त भएकोले बिस्तारै एकअर्कादेखि टाढिन सक्छन्‌। तिनीहरू आ-आफ्नै जिन्दगी जिइरहेका छन्‌ जस्तो देखिन सक्छ। त्यसोभए तिनीहरू कसरी एकअर्कासित घनिष्ठ हुन सक्छन्‌?

पति र पत्नी बाइबल अध्ययन गर्दै

वैवाहिक जीवन सफल बनाउन बाइबलको सल्लाह अत्यावश्‍यक छ

५. (क) यहोवा र जीवनसाथीसित अझै घनिष्ठ हुन केले मदत गर्छ? (ख) हिब्रू १३:४ अनुसार वैवाहिक सम्बन्धलाई हामीले कस्तो ठान्‍नुपर्छ?

५ यहोवाले हामीलाई उहाँसित र आफ्नो जीवनसाथीसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्ने उत्कृष्ट सल्लाह दिनुभएको छ। (भजन २५:४; यसैया ४८:१७, १८) उहाँ हामीलाई यसो भन्‍नुहुन्छ: “विवाहलाई सबैले आदरणीय ठानून्‌।” (हिब्रू १३:४) कुनै कुरालाई आदरणीय ठान्‍नु भनेको त्यसलाई अनमोल ठान्‍नु र त्यसको हिफाजत गर्नु हो। वैवाहिक सम्बन्धलाई पनि त्यस्तै ठानेको यहोवा चाहनुहुन्छ।

यहोवाप्रतिको प्रेमले वैवाहिक सम्बन्ध बलियो बनाउँछ

६. मत्ति १९:४-६ अनुसार वैवाहिक सम्बन्ध कस्तो भएको यहोवा चाहनुहुन्छ?

६ यहोवा विवाहको सुरुवातकर्ता हुनुहुन्छ। उहाँको छोरा येसुले भन्‍नुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ र ती दुई एउटै शरीर हुन्छन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ति १९:४-६) यहोवा सुरुदेखि नै मानिसहरूको वैवाहिक जीवन स्थायी होस्‌ भन्‍ने चाहनुहुन्थ्यो। परिवारका सदस्यहरू एकअर्कासित घनिष्ठ अनि आनन्दित भएको उहाँ चाहनुहुन्थ्यो।

७. पतिपत्नीले कसरी आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छन्‌?

७ तर वैवाहिक जीवनमा तनाव र समस्या झन्‌झनै बढ्‌दै गइरहेको छ। कहिलेकाहीँ समस्या यति विकराल हुन्छ कि विवाहित दम्पतीहरू हरेस खान्छन्‌ र वैवाहिक सम्बन्ध जोगाइराख्न सकिँदैन भन्‍ने निष्कर्षमा पुग्छन्‌। तर वैवाहिक सम्बन्धप्रतिको यहोवाको दृष्टिकोण बुझ्यौँ भने यसलाई जोगाइराख्न सक्छौँ।—१ युहन्‍ना ५:३.

८, ९. (क) हामीले कस्तो अवस्थामा यहोवाको निर्देशन पालन गर्नुपर्छ? (ख) वैवाहिक सम्बन्धलाई अनमोल ठानेको कसरी देखाउन सक्छौँ?

८ यहोवा सधैँ हाम्रो भलाइ हुने निर्देशन दिनुहुन्छ। माथि उल्लेख गरिएजस्तै उहाँ हामीलाई यस्तो सल्लाह दिनुहुन्छ: “विवाहलाई सबैले आदरणीय ठानून्‌।” (हिब्रू १३:४; उपदेशक ५:४) कठिन अवस्थामा समेत यहोवाको निर्देशन पालन गऱ्‍यौँ भने हाम्रो पक्कै भलो हुनेछ।—१ थिस्सलोनिकी १:३; हिब्रू ६:१०.

९ हामी आफ्नो वैवाहिक सम्बन्धलाई अनमोल ठान्छौँ। त्यसैले यसलाई बिगार्न सक्ने कुनै पनि कुरा बोल्न वा गर्न चाहँदैनौँ। बरु आफ्नो पति वा पत्नीसितको सम्बन्ध बलियो बनाउन चाहन्छौँ। हामी कसरी यसो गर्न सक्छौँ?

बोली र कामद्वारा वैवाहिक सम्बन्धको आदर गर्नुहोस्‌

१०, ११. (क) कसै-कसैको वैवाहिक जीवनमा कस्तो गम्भीर समस्या आउन सक्छ? (ख) हामीले किन आफ्नो जीवनसाथीसित विचार पुऱ्‍याएर बोल्नुपर्छ?

१० कुनै व्यक्‍तिले आफ्नो बोली र व्यवहारद्वारा जीवनसाथीको चित्त दुखाउन सक्छ। ख्रिष्टियनहरूले आफ्नो पति वा पत्नीलाई कुटपिट गर्नु हुँदैन वा तिनलाई हानि पुऱ्‍याउने कुनै काम गर्नु हुँदैन भनेर हामीलाई थाह छ। तर हाम्रो बोलीले भने एकअर्कालाई चोट पुऱ्‍याइरहेको हुन सक्छ। बोलीले तरबारले झैँ घोच्न सक्छ। एक जना महिलाले यसो भनिन्‌: “मेरो श्रीमान्‌ मलाई होच्याएर बोल्नुहुन्थ्यो। त्यसले पुऱ्‍याएको चोट बाहिरबाट त देखिँदैन थियो। तर ‘तिमी बोझ हौ,’ ‘तिमी त कामै नलाग्ने आइमाई रहेछ्यौ’ भन्‍ने वचन लगाउँदा मुटु छियाछिया हुन्थ्यो।” पत्नीले सधैँ होच्याएर बोलाउने अनि अपमान गर्ने गरेको कुरा एक जना पतिले बताए। तिनले यसो भने: “उसले मलाई भन्‍ने कुराहरू अरूको अगाडि भन्‍न पनि सक्दिनँ। त्यसैले चाहेर पनि म ऊसित कुरा गर्न सक्दिनँ। म अबेरसम्म अफिसमै बसिरहन्छु। घरमा भन्दा त्यहीँ आनन्द लाग्छ।” संसारमा दुर्वचन अनि कठोर वचन बोलेर अरूको चित्त दुखाउनु आजकल सामान्य भइसक्यो।

११ त्यस्तो बोलीले पुऱ्‍याउने चोट निको हुन समय लाग्न सक्छ। पतिपत्नीले एकअर्कासित त्यस्तो बोली बोलेको यहोवालाई मन पर्दैन। तर आफूले चोट पुऱ्‍याउने बोली बोलेको हामीलाई यादै नहुन सक्छ। तपाईँले मायालु तरिकामा नै बोलेको जस्तो लाग्न सक्छ तर तपाईँको जीवनसाथीलाई चाहिँ कस्तो लाग्छ? यदि तिनलाई चोट पुगेको रहेछ भने के तपाईँ आफ्नो बोली सुधार्न इच्छुक हुनुहुनेछ?—गलाती ५:१५; एफिसी ४:३१ पढ्‌नुहोस्‌।

१२. यहोवासितको हाम्रो सम्बन्धलाई कुन कुराले असर गर्छ?

१२ हामी अरूको अगाडि आफ्नो जीवनसाथीसित कसरी कुरा गर्छौँ अनि कोही पनि नहुँदा कसरी कुरा गर्छौँ, त्यो यहोवा याद गर्नुहुन्छ। (१ पत्रुस ३:७ पढ्‌नुहोस्‌) त्यसैले याकुब १:२६ मा यस्तो लेखिएको पाउँछौँ: “यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने उसले आफूलाई धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ।”

पति र पत्नी भान्छामा काम गर्दै

१३. अर्को कस्तो कारणले जीवनसाथीको चित्त दुख्न सक्छ?

१३ पतिपत्नीले एकअर्काको भावनाको कदर गर्नुपर्ने अरू अवस्थाहरू पनि छन्‌। जस्तै: कुनै पतिले मण्डलीको बहिनीलाई चाहिनेभन्दा धेरै समय दिन थाले भने तिनकी पत्नीलाई कस्तो लाग्ला? तिनले ती बहिनीलाई समस्या परेको बेला मदत गरेका होलान्‌ अथवा सँगै प्रचारमा गएका होलान्‌। हुनत यसो गर्नु आफैमा गलत त होइन तर त्यसले पत्नीको मनमा चोट पुग्ने पो हो कि भनेर पतिले विचार पुऱ्‍याउनुपर्छ। एक जना ख्रिष्टियन पत्नीले यसो भनिन्‌: “मेरो श्रीमान्‌ले मण्डलीको एउटी बहिनीलाई धेरै समय र चासो दिनुभएको देख्दा मेरो साह्रै चित्त दुख्छ। मेरो कुनै महत्त्व नै छैन जस्तो लाग्छ।”

१४. (क) उत्पत्ति २:२४ बाट के सिक्न सक्छौँ? (ख) हामीले आफैलाई कुन प्रश्‍न सोध्नुपर्छ?

१४ आफ्नो आमाबुबा र मण्डलीको दाजुभाइ दिदीबहिनीलाई मदत गर्नु हामी ख्रिष्टियनहरूको दायित्व हो। तर विवाह गरेपछि हाम्रो मुख्य जिम्मेवारी आफ्नो पति वा पत्नीको ख्याल राख्नु हो। यहोवाले पति “आफ्नी पत्नीसित बस्छ” भन्‍नुभयो। (उत्पत्ति २:२४) हामीले आफ्नो जीवनसाथीको भावना बुझ्नु धेरै महत्त्वपूर्ण छ। आफैलाई सोध्नुहोस्‌: ‘के मैले आफ्नो श्रीमान्‌/श्रीमतीले पाउनुपर्ने समय, चासो अनि माया दिइरहेको छु?’

१५. जीवनसाथीबाहेक अरूसित किन अचाक्ली घनिष्ठ हुनु हुँदैन?

१५ आफ्नो जीवनसाथीबाहेक अरू कसैसित अचाक्ली घनिष्ठ भयौँ भने हाम्रो वैवाहिक जीवन तनावपूर्ण हुन सक्छ। त्यसरी घनिष्ठ हुँदा बिस्तारै त्यस व्यक्‍तिप्रति रोमान्टिक भावना पलाउन सक्छ। (मत्ति ५:२८) त्यस्तो भावना प्रबल हुँदै गएपछि हामी वैवाहिक सम्बन्धलाई बिटुलो पार्ने हदसम्म पुग्न सक्छौँ।

“वैवाहिक सम्बन्ध नबिटुलिओस्‌”

१६. बाइबलले वैवाहिक सम्बन्धबारे कस्तो आज्ञा दिन्छ?

१६ बाइबल यस्तो आज्ञा दिन्छ: “विवाहलाई सबैले आदरणीय ठानून्‌।” त्यसपछि बाँकी भाग भन्छ: “वैवाहिक सम्बन्ध नबिटुलिओस्‌। किनकि अवैध यौनसम्बन्ध राख्ने अनि व्यभिचार गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।” (हिब्रू १३:४) पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राखेमा ‘वैवाहिक सम्बन्ध बिटुलिन्छ।’ (हितोपदेश ५:१८) त्यसोभए हामी कसरी आफ्नो वैवाहिक सम्बन्धलाई आदर गर्न सक्छौँ? अनि यसलाई बिटुलो हुन नदिन के गर्न सक्छौँ?

१७. (क) आज थुप्रै मानिस व्यभिचारलाई कस्तो ठान्छन्‌? (ख) ख्रिष्टियनहरूले व्यभिचारलाई कस्तो ठान्‍नुपर्छ?

१७ आजभोलि थुप्रै मानिस आफ्नो जीवनसाथीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँस्नु वा यौनसम्बन्ध राख्नुलाई गलत ठान्दैनन्‌। हामी यस्तो सोचाइको प्रभावमा पर्न चाहँदैनौँ। यहोवा अवैध यौनसम्बन्ध अनि व्यभिचारलाई घृणा गर्नुहुन्छ भनेर बाइबलमा स्पष्ट लेखिएको छ। (रोमी १२:९ पढ्‌नुहोस्‌; हिब्रू १०:३१; १२:२९) हामीले आफ्नो जीवनसाथीबाहेक अरूसित यौनसम्बन्ध राख्यौँ भने वैवाहिक सम्बन्धलाई बिटुलो बनाइरहेका हुन्छौँ। साथै यहोवाका स्तरहरूलाई अनादर गरिरहेका हुन्छौँ र उहाँसितको सम्बन्ध बिगारिरहेका हुन्छौँ। त्यसैले व्यभिचारतर्फ डोऱ्‍याउने कुनै पनि कदम चाल्नदेखि हामी होसियार हुनुपर्छ। कुनै व्यक्‍तिबारे अनुचित कुरा मनमा खेलाउनु हुँदैन।—अय्युब ३१:१.

१८. (क) व्यभिचार गर्नु किन झूटो देवीदेवताको उपासना गर्नुजस्तै हो? (ख) व्यभिचारलाई यहोवा कस्तो ठान्‍नुहुन्छ?

१८ पुरातन इस्राएलमा व्यभिचार गर्नु झूटो देवीदेवताको उपासना गर्नुजत्तिकै गम्भीर पाप थियो। मोसाको व्यवस्थाअनुसार व्यभिचार गर्ने र झूटो देवीदेवताको उपासना गर्ने दुवैलाई मृत्युदण्ड दिइन्थ्यो। (लेवी २०:२, १०) व्यभिचार गर्नु किन झूटो देवीदेवताको उपासना गर्नु बराबर थियो? कुनै इस्राएलीले झूटो देवीदेवताको उपासना गऱ्‍यो भने उसले यहोवाप्रति वफादार रहने वाचा तोडिरहेको हुन्थ्यो। त्यसैगरि, उसले व्यभिचार गऱ्‍यो भने जीवनसाथीप्रति वफादार रहने वाचा तोडिरहेको हुन्थ्यो। (प्रस्थान १९:५, ६; व्यवस्था ५:९; मलाकि २:१४ पढ्‌नुहोस्‌) स्पष्ट छ, व्यभिचारलाई यहोवा गम्भीर पाप ठान्‍नुहुन्थ्यो।

१९. व्यभिचारमा नफस्न हामीलाई केले मदत गर्छ?

१९ आज नि? हुनत हामी मोसाको व्यवस्थाको अधीनमा छैनौँ। तर व्यभिचारप्रतिको यहोवाको दृष्टिकोण अहिले पनि त्यस्तै छ। हामी झूटा देवीदेवताको उपासना गर्ने कुरा सोच्न पनि सक्दैनौँ। त्यसैगरि, आफ्नो जीवनसाथीलाई धोका दिने सोचाइ पनि आफ्नो मनमा कहिल्यै पलाउन दिनु हुँदैन। (भजन ५१:१, ४; कलस्सी ३:५) यदि धोका दियौँ भने हामीले आफ्नो वैवाहिक सम्बन्ध र यहोवालाई अनादर गरिरहेका हुन्छौँ।—नोट २६ हेर्नुहोस्‌।

वैवाहिक सम्बन्धलाई बलियो बनाउनुहोस्‌

२०. बुद्धि पुऱ्‍याएर कदम चाल्दा वैवाहिक सम्बन्ध कस्तो हुन्छ?

२० तपाईँ आफ्नो वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सक्नुहुन्छ? परमेश्‍वरको वचन यसो भन्छ: “बुद्धिले घर बनाउँछ अनि समझशक्‍तिले त्यसलाई बलियो बनाउँछ।” (हितोपदेश २४:३) कुनै घर न्यानो र बलियो हुन सक्छ वा चिसो र कमजोर हुन सक्छ। वैवाहिक सम्बन्ध पनि न्यानो र बलियो हुन सक्छ या चिसो र कमजोर। पतिपत्नीले बुद्धि पुऱ्‍याएर कदम चाल्दा तिनीहरूको सम्बन्ध न्यानो र बलियो हुन्छ र तिनीहरू आनन्दित हुन्छन्‌।

२१. ज्ञानले कसरी वैवाहिक सम्बन्ध बलियो बनाउँछ?

२१ त्यस्तो घरबारे बाइबल अझै यसो भन्छ: “ज्ञानले त्यसका कोठाहरू किसिम-किसिमका सुन्दर र बहुमूल्य खजानाले भरिदिन्छ।” (हितोपदेश २४:४) बाइबलको शिक्षाले तपाईँको वैवाहिक सम्बन्ध राम्रो बनाउन सक्छ। (रोमी १२:२; फिलिप्पी १:९) जीवनसाथीसँगै बाइबल र हाम्रा प्रकाशनहरू पढ्‌दा सिकेको कुरा कसरी लागू गर्न सकिन्छ, छलफल गर्नुहोस्‌। एकअर्कालाई प्रेम र आदर देखाउने तरिकाहरू विचार गर्नुहोस्‌। एकअर्कासित व्यवहार गर्दा कसरी मायालु र विचारशील हुन सकिन्छ, सोच्नुहोस्‌। वैवाहिक सम्बन्ध बलियो बनाउने गुणहरू र मायालु पति वा पत्नी हुन चाहिने गुणहरू विकास गर्न यहोवासित मदत माग्नुहोस्‌।—हितोपदेश १५:१६, १७; १ पत्रुस १:७.

पारिवारिक उपासनाअघि पतिले प्रार्थना गर्दै

पारिवारिक उपासना गर्दा यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌

२२. हामीले आफ्नो जीवनसाथीलाई किन माया र आदर गर्नुपर्छ?

२२ हामीले आफ्नो पति वा पत्नीसित मायालु र आदर भावले व्यवहार गर्न हरप्रयास गर्नुपर्छ। त्यसो गर्दा हाम्रो वैवाहिक सम्बन्ध अझै न्यानो अनि बलियो हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ।—भजन १४७:११; रोमी १२:१०.

बाइबलका सिद्धान्तहरू

१ हाम्रो वैवाहिक जीवनले यहोवाको महिमा गर्न सक्छ

“प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरिन्थी १३:८

वैवाहिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न केले मदत गर्छ?

  • उपदेशक ५:४; मत्ति १९:४-६

    कसैको पनि वैवाहिक जीवन समस्यामुक्‍त हुँदैन। तर समस्या आयो भन्दैमा आफ्नो वैवाहिक सम्बन्ध तोड्‌न हतार नगर्नुहोस्‌।

  • भजन २५:४; यसैया ४८:१७, १८; मत्ति ६:३३, ३४

    पतिपत्नी यहोवासित घनिष्ठ छन्‌ भने वैवाहिक सम्बन्ध बलियो हुँदै जान्छ।

२ हाम्रो बोली र व्यवहारले वैवाहिक सम्बन्धलाई असर गर्छ

“तिनीहरू एउटै शरीर हुन्छन्‌।”—उत्पत्ति २:२४

जीवनसाथीको चित्त नदुखाउन के गर्न सक्छौँ?

  • मत्ति ५:२८; एफिसी ४:३१

    जीवनसाथीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँस्ने विचार मनमा नखेलाउनुहोस्‌। जीवनसाथीको भावनामा चोट नपुऱ्‍याउनुहोस्‌। आफ्नो कुनै बोली वा व्यवहारले तिनलाई चोट पुगिरहेको थाह पाउनुभयो भने परिवर्तन गर्न तयार हुनुहोस्‌।

  • गलाती ५:१५

    हामी आफ्नो जीवनसाथीलाई शारीरिक वा भावनात्मक रूपमा चोट पुऱ्‍याउन चाहँदैनौँ। कठोर बोलीले वैवाहिक सम्बन्ध बिगार्छ।

  • हितोपदेश ५:१८; हिब्रू १३:४

    यहोवाको नजरमा व्यभिचार गम्भीर पाप हो। हामीले आफ्नो जीवनसाथीप्रति वफादार रहिरहने अठोट गर्नुपर्छ र वैवाहिक सम्बन्धलाई अनमोल ठानेको कुरा आफ्नो व्यवहारबाट देखाउनुपर्छ। हामी कहिल्यै यहोवा र जीवनसाथीको अनादर गर्न चाहँदैनौँ।

३ तपाईँ आफ्नो वैवाहिक सम्बन्ध अझै बलियो बनाउन सक्नुहुन्छ

“बुद्धिले घर बनाउँछ।”—हितोपदेश २४:३

वैवाहिक सम्बन्ध सुमधुर र बलियो बनाउन के गर्न सक्नुहुन्छ?

  • हितोपदेश २४:४; मत्ति ६:१४, १५; रोमी १२:२; १ पत्रुस ३:१

    जीवनसाथीसित कुराकानी गर्न पर्याप्त समय निकाल्नुहोस्‌। आफ्नो पति वा पत्नीलाई प्रेम र आदर गर्नुहोस्‌ अनि दयालु व्यवहार गर्नुहोस्‌। तुरुन्तै माफी दिन सिक्नुहोस्‌।

  • हितोपदेश १४:१; ३१:२९; फिलिप्पी १:९; २:४; १ पत्रुस ३:७

    असल पति वा पत्नी बन्‍न यहोवाको मदत माग्नुहोस्‌। एकअर्कासित व्यवहार गर्दा कसरी दयालु र विचारशील हुन सकिन्छ, सोच्नुहोस्‌।

  • रोमी १२:१०; १ पत्रुस ४:८

    जीवनसाथीलाई अनमोल ठानेको र आदर गरेको देखाउन हरप्रयास गर्नुभयो भने तपाईँको वैवाहिक सम्बन्ध बलियो हुनेछ अनि तपाईँले यहोवालाई खुसी पारिरहनुभएको हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने