“म आश्चर्य रीतिले बनिएको छु”
“म कहाँबाट आएँ?” यो प्रश्न प्रायजसो साना केटाकेटीहरूले कुनै न कुनै बेला सोध्छन्। बच्चाहरू हुर्कंदै जाँदा तिनीहरूको प्रश्न झन् गहकिलो हुन्छ: “जीवनको सुरुआत कहाँबाट भयो?” यो प्रश्न छलफल गरिंदै आएको हजारौं वर्ष भइसक्यो र जीवनको सुरुआतको रहस्य हल गर्ने सबैभन्दा व्यावहारिक उत्तर विकासवाद हो भन्ने दृष्टिकोण हाल थुप्रै वैज्ञानिकहरूले अपनाएका छन्। मुख्यतया, संयोगले जीवन सुरु भयो भनी विकासवादीहरू भन्छन्।
झन्डै ३,००० वर्षअघि राजा दाऊदले यो लेखे: “म भयानक र आश्चर्य रीतिले बनिएको छु।” (भजनसंग्रह १३९:१४) जीवनबारे जति बढी सिक्छौं, उति नै यी वचनहरू सत्य पाउँछौं। यो कुरा एकदम सही छ। भौतिकशास्त्री फ्रेड होइलले यो लेखे: “जीवनको भयानक जटिलताबारे जीव-रसायनशास्त्रीहरूले जति बढी पत्ता लगाउँछन्, उति नै अकस्मात् जीवन सुरुआत भएको हुन सक्दैन भनी स्पष्ट हुँदै जान्छ।”
त्यसोभए जीवनको सुरुआत कसरी भयो? यस पत्रिकाको प्रथम दुई लेखहरूले यस प्रश्नमाथि छलफल गर्छ। यस विषयमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेख्नुहोस्।