प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १०/१ pp. ३-४
  • मृत्युको डर व्यापक छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युको डर व्यापक छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरूदेखि होसियार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मृत्युपछि के हुन्छ?
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • तन्त्रमन्त्र
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १०/१ pp. ३-४

मृत्युको डर व्यापक छ

सूर्यास्त भएको निकै बेर भइसक्यो। तपाईं साबिकभन्दा अलि ढिलो घर फर्कंदै हुनुहुन्छ। हिंड्‌दै जाँदा जसै स्थानीय चिहाननेर आइपुग्नु हुन्छ, तपाईंको धड्‌कन बढ्‌न थाल्छ। सुनसान निष्पट्ट अन्धकार रातमा खिटिक्क आवाजले पनि तपाईं सतर्क हुनुहुन्छ। एक्कासि तपाईं टाढाबाट अत्यासलाग्दो चिच्याहट सुन्‍नुहुन्छ। तपाईंको धड्‌कन तेज हुनथाल्छ र तपाईं छिटोछिटो पाइला चालेर घरतर्फ लाग्नुहुन्छ।

चिहानमा वा त्यसको वरपर हुँदा के तपाईंले अप्ठ्यारो अथवा साह्रै डर महसुस गर्नुभएको छ? छ भने, मृतकको आत्माले जीवितहरूलाई मदत वा हानि पुऱ्‍याउन सक्छ भन्‍ने सर्वव्याप्त धार्मिक विचारधाराबाट तपाईं पनि प्रभावित हुनुभएको हुनसक्छ।

मृतकहरूलाई जीवितहरूको मदत चाहिन्छ वा शान्ति पाएनन्‌ भने तिनीहरूले जीवितहरूलाई सताउँछन्‌ भन्‍ने विश्‍वासको कारण धेरै अन्धविश्‍वासी प्रथाहरू विकसित भएका छन्‌। उदाहरणको लागि, केही ल्याटिन-अमेरिकी मुलुकहरूमा दुर्घटनामा परेर मरेको ठाउँमा धेरैले क्रस भएको सानो घर बनाउँछन्‌। मृतकप्रति आफ्नो चासो व्यक्‍त गर्न अथवा हंस वा आत्मालाई मदत गर्न मानिसहरू मैनबत्ती बाल्छन्‌ र फूलहरू चढाउँछन्‌। आनिमिता अर्थात्‌ हंस वा आत्मा बस्ने ठाउँमा मानिसहरू अक्सर आओस्‌ भनेर कहिलेकाहीं प्रार्थनाहरूको “चमत्कारपूर्ण” प्रत्युत्तर पाइयो भन्‍ने हल्ला फिजाइन्छ। यदि त्यस मृतकले उनीहरूलाई केही काम पूरा गर्न वा हासिल गर्न मदत गरे या चमत्कारी ढङ्‌गमा रोगमुक्‍त गराइदिए भने विशेष तरिकामा आफ्नो कृतज्ञता जाहेर गर्नेछन्‌ भनी तिनीहरूले त्यहाँ मण्डहरू बनाउँछन्‌ वा भाकलहरू गर्छन्‌। अर्कोतर्फ त्यहाँ उपस्थित हुनेहरूको सातो जाने गरी रातको अन्धकारमा हंस देखिन्छ भनेर पनि रिपोर्ट गरिएको हुनसक्छ। ती हंसहरू बितेका घटनाहरूका कारण जीवितहरूलाई दुःख दिने पेनादो हुन्‌ भनेर प्रायजसो भनिएको सुनिन्छ।

अधिकांश मुलुकहरूमा मृतकका “आत्माहरू” लाई शान्त पार्न मानिसहरू निकै प्रयत्न गर्छन्‌। मृत आत्माको प्रतिशोधबाट बच्न तिनीहरू भव्य भोजहरूको आयोजना गर्छन्‌, बलिहरू चढाउँछन्‌, शान्त पार्ने शब्दोचारण गर्छन्‌। आत्मालाई चित्त बुझाउन सकियो भने जीवितहरूले इनाम र आशिष्‌हरू पाउँछन्‌ भने धारणा रहेको पाइन्छ।

अफ्रिकाको एउटा रिपोर्टले यसो भन्छ: “कुनै पनि घटना ‘सामान्य वा स्वाभाविक’ कारणले हुँदैन। “रोग बिमारी, विपत्ति, बाँझोपन, आर्थिक कठिनाइ, अतिवृष्टि वा चर्को घाम, दुर्घटना, पारिवारिक अमेल, मृत्यु इत्यादि जुनसुकै घटना अलौकिक शक्‍ति हुने अदृश्‍य आत्माहरूका कारण हुन्छन्‌ भन्‍ने धारणा पाइन्छ।” अर्को रिपोर्ट यस्तो छ: “आफ्ना पुर्खाहरू स्वर्गमा छन्‌ र तिनीहरूले पृथ्वीमा आफ्ना जीवित नातेदारहरूलाई निरन्तर हेरिरहेका हुन्छन्‌ भन्‍ने मानिसहरूको विश्‍वास छ। ती पुर्खाहरूले अप्राकृतिक शक्‍तिहरू हासिल गरेका हुन्छन्‌ र नातेदारहरूले मृतकलाई देखाएको आदर वा तिरस्कारको आधारमा पृथ्वीमा रहेका ती आफन्तहरूलाई आशिष्‌ दिन र बचाउन वा दण्ड दिन त्यस्तो शक्‍तिको प्रयोग गर्छन्‌ भन्‍ने विश्‍वास पनि छ।”

तर के यी कुराहरू परमेश्‍वरको वचनसित मेल खान्छ? तपाईंलाई कस्तो लाग्छ? (w94 10/1)

[पृष्ठ ४-मा भएको चित्र]

चिलीको “आनिमिता”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने