प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ४/१५ पृ. ३-४
  • सान्त्वनाको अत्यन्त खाँचो परेको छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सान्त्वनाको अत्यन्त खाँचो परेको छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • शोषणमा परेकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सबै सान्त्वनाका परमेश्‍वर[बाट]” ढाडस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ४/१५ पृ. ३-४

सान्त्वनाको अत्यन्त खाँचो परेको छ!

“अत्याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।”–उपदेशक ४:१, नयाँ संशोधित संस्करण।

के तपाईं सान्त्वना खोजिरहनुभएको छ? के तपाईं नैराश्‍यको कालो बादलबीचबाट आश्‍वासनको किरण छिरेको चाहनुहुन्छ? तीता अनुभवहरूले भरिएको तपाईंको जीवनमा के तपाईं एक थोपा दिलासा थपेर मीठो बनाउन लालायित हुनुहुन्छ?

ढिलो होस्‌ वा चाँडो, एक न एक दिन हामी सबैलाई सान्त्वना अनि प्रोत्साहनको टड्‌कारो खाँचो पर्छ। किनकि जीवनलाई नीरस तुल्याउने थुप्रै कुराहरू छन्‌। हामी सबैलाई आश्रय, न्यानोपन र अंगालो चाहिन्छ। हामीमध्ये कतिपय बूढो भएकोले खुसी छैनौं। अरू कतिपयचाहिं जीवन आशा गरेजस्तो नभएकोले असाध्यै खिन्‍न भएका छन्‌। अनि कतिचाहिं प्याथालोजी ल्याबको रिपोर्टले हतास भएका छन्‌।

यसको अलावा जीवनमा हुने घटनाहरूले सान्त्वना र आशाको तड्‌कारो आवश्‍यकता खड्‌किएको छ भनी सबैले मानिलिएका छन्‌। गएको शताब्दीमा मात्र युद्धका कारण करोडौं मानिसहरू मरे।a ती मृतकहरूका शोकाकुल परिवार अर्थात्‌ आमा, बुबा, दिदीबहिनी, दाजुभाइ, विधवा अनि अनाथ छोराछोरीहरू दिलासा नपाएर व्याकुल छन्‌। आज, एक अरबभन्दा धेरै मानिसहरूले गरिबीको रेखामुनि जीवन बिताइरहेका छन्‌। विश्‍वको आधा जनसंख्याले त नियमित उपचार गराउन र अत्यावश्‍यक औषधी खानसमेत पाएका छैनन्‌। ठूलठूला शहरहरूका फोहर सडकहरूमा लाखौं केटाकेटीहरू भौंतारिरहेका छन्‌, जसमध्ये कतिपय लागू पदार्थ सेवन गर्छन्‌ भने कतिपय वेश्‍यावृत्तिमा लागेका छन्‌। लाखौं शरणार्थीहरू दयनीय शिविरहरूमा उराठलाग्दो जीवन बिताइरहेका छन्‌।

तथापि, अत्यासै लाग्ने यो संख्याले व्यक्‍तिविशेषले दिनदिनै भोगिरहेको पीडा र बिचल्ली बुझाउन सक्दैन। उदाहरणका लागि, अत्यन्त गरिबीमा हुर्केकी बाल्कन युवती स्टेलानालाई लिनुहोस्‌।b तिनी भन्छिन्‌, “पैसा कमाउन मेरा आमाबाबु मलाई माग्न वा चोर्न पठाउँथे। पारिवारिक अवस्था यत्ति नराम्रो थियो, म हाडनाता करणीको सिकार भएँ। मैले बेराको काम पाएँ। मेरी आमा मेरो पूरै तलब लिनुहुन्थ्यो र मैले जागिर छोडें भने आत्महत्या गर्छु भन्‍नुहुन्थ्यो। यी सबका कारण मैले वेश्‍यावृत्ति गर्न थालें। म १३ वर्षकी मात्र थिएँ। रहँदाबस्दा म दुई जीउकी भएँ र गर्भपात गरें। म १५ वर्षकी छँदा ३० वर्षकी जत्तिकै देखिन्थें।”

लाट्‌भियाका युवक, लाइमनिस आफूलाई चाहिएको सान्त्वना अनि आफूले भोगेको विरक्‍तिका नीरस सम्झनाहरू बताउँछन्‌। उनन्तीस वर्षको छँदा तिनी सवारी दुर्घटनामा परे, जसले गर्दा कम्मरदेखि मुनि तिनका अंगहरू चलेनन्‌। तिनी हतास भए र रक्सीको नशामा डुब्न थाले। पाँच वर्षपछि तिनको अवस्था त झनै नाजुक भयो अर्थात्‌ अन्धकार भविष्य भएको पक्षाघाती जँड्याहा। तिनले कहाँबाट सान्त्वना पाउँथे?

अथवा एञ्जीलाई विचार गर्नुहोस्‌। तिनको श्रीमान्‌को तीनपटक मस्तिष्कको शल्यक्रिया गर्नुपऱ्‍यो जसले गर्दा तिनी सुरु सुरुमा अलिकता पक्षाघाती भए। अनि अन्तिम पटक शल्यक्रिया गरेको पाँच वर्षपछि तिनी ज्यानै जानसक्ने गम्भीर दुर्घटनामा परे। तिनकी श्रीमती आकस्मिक कक्षमा पस्दा आफ्नो श्रीमान्‌को टाउकोमा गम्भीर चोट लागेकोले उहाँ बेहोस हुनुभएको तिनले देखिन्‌ र अब अवस्था झनै जटिल हुनेछ भनेर बुझ्न तिनलाई धेरै बेर लागेन। तिनले आफू अनि आफ्नो परिवारको भविष्य अन्धकार देखिन्‌। अब तिनले भरोसा र प्रोत्साहन कहाँ खोज्ने?

केही वर्षअघि जाडो महिनातिर प्याटको दिन अरू दिनजस्तै सामान्य तरिकामा सुरु भइरहेको थियो। तर त्यसपछिको तीन दिनभित्र जे भयो, तिनलाई त्यसको कुनै सम्झना छैन। तिनलाई असाध्यै छाती दुखेको रहेछ र पछि तिनको मुटुको घड्‌कनै बन्द भयो भनेर तिनका श्रीमान्‌ले बताए। कहिले छिटोछिटो धड्‌कने त कहिले नधड्‌कने गर्दागर्दै अन्तमा तिनको मुटु धड्‌कनै छोड्यो। तिनले सास फेर्न छोडिन्‌। प्याट भन्छिन्‌, “डाक्टरहरूको हिसाबमा त म वास्तवमा मरिसकेको थिएँ।” तर कसो कसो तिनी बाँचिन्‌। लामो समयसम्म अस्पतालमा बस्नुपरेको बारे तिनी भन्छिन्‌: “थुप्रै परीक्षणहरू गर्नुपरेकोले म तर्सें। विशेष गरी मलाई जस्तो भएको थियो, त्यसै गरी तिनीहरूले मेरो मुटुलाई जोडले धड्‌काउन र फेरि रोक्न खोज्दा म साह्रै डराएँ।” यस्तो कठिन अवस्थामा तिनलाई चाहिएको दिलासा र सहायता कहाँबाट पाउने?

जो र रिबेकाका १९ वर्षीय छोरा सवारी दुर्घटनामा परेर मऱ्‍यो। तिनीहरू भन्छन्‌, “हामीले अहिलेसम्म यस्तो दिन हेर्नुपरेको थिएन। बितेको समयमा कसैको मृत्यु हुँदा हामी पनि शोकाकुल परिवारसँगसँगै शोकित भएका त थियौं तर अहिले जति असह्‍य पीडा कहिल्यै महसुस गरेका थिएनौं।” यस्तो “असह्‍य पीडाको” सामना गर्नुपर्दा अर्थात्‌ आफ्नो प्रिय व्यक्‍तिको मृत्युले अत्यन्त शोकित हुनुपर्दा कसरी चित्त बुझाउने होला?

तथापि, माथि वर्णन गरिएका यी व्यक्‍तिहरूको अतिरिक्‍त अन्य लाखौं मानिसहरूले सान्त्वना र दिलासाको सर्वोत्तम स्रोत भेट्टाएका छन्‌। त्यो स्रोतबाट तपाईं आफैले कसरी फाइदा उठाउन सक्नुहुन्छ, त्यो थाह पाउन कृपया अर्को लेख पनि पढ्‌नुहोस्‌।

[फुटनोटहरू]

a कति सैनिक तथा कति आम जनताहरू मरे, बयान गरी साध्य छैन। उदाहरणका लागि, १९९८ को फ्याक्ट अबाउट दी अमेरिकन वार्स पुस्तकले दोस्रो विश्‍व युद्धबारे मात्र यसो भन्यो: “धेरैजसो स्रोतहरूले दोस्रो विश्‍व युद्धमा मर्नेहरूको (सैनिक तथा आम जनता) कुल संख्या पाँच करोड थियो भने तापनि यसबारे गहन अध्ययन गर्नेहरूले मर्नेहरूको वास्तविक संख्या दुई गुणा बढी हुनुपर्छ भन्‍ने विश्‍वास राखेका छन्‌।”

b नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

UNITED NATIONS/PHOTO BY J. K. ISAAC

UN PHOTO 146150 BY O. MONSEN

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने