प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ७/१५ पृ. ३-४
  • के तपाईंको जीवन अझ अर्थपूर्ण हुनसक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको जीवन अझ अर्थपूर्ण हुनसक्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ७/१५ पृ. ३-४

के तपाईंको जीवन अझ अर्थपूर्ण हुनसक्छ?

कहिलेकाहीं बाहिरी रूप भ्रामक हुनसक्छ। संयुक्‍त राज्य अमेरिकामा बैंकले जारी गरेको सबैभन्दा ठूलो रकमको नोट १०,००० अमेरिकी डलर हो। तर त्यत्रो ठूलो रकम मुद्रण गरिने कागजको मोल भने अत्यन्तै कम अर्थात्‌ केही सेन्ट मात्र छ।

खासै मोल नभएको कागजको टुक्राले जीवन अझ अर्थपूर्ण बनाउनसक्छ र, भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? थुप्रै मानिसहरूको सोचाइमा त्यसले जीवन अझ अर्थपूर्ण बनाउनसक्छ। लाखौं मानिसहरू धेरैभन्दा धेरै पैसा कमाउन दिनरात काम गर्छन्‌। कहिलेकाहीं त पैसा कमाउने धुनमा आफ्नो स्वास्थ्य, मित्र तथा परिवारका सदस्यहरूलाई समेत त्याग्नुपर्ने हुन्छ। यसको परिणाम के भएको छ? पैसा वा पैसाले किन्‍नसक्ने चीजहरूले के हामीलाई साँचो र चिरकालीन सन्तुष्टि प्रदान गर्नसक्छ र?

अनुसन्धानकर्ताहरूका अनुसार भौतिक धनसम्पत्तिबाट हामी जति धेरै सन्तुष्टि खोज्छौं त्यो पाउने सम्भावना त्यति नै कम हुन्छ। पत्रकार आल्फे कोनको निष्कर्षमा, “सन्तुष्टि भन्‍ने कुरा किन्‍न पाइँदैन। . . . टन्‍न पैसा कमाउनु नै जीवनको सर्वमहत्त्वपूर्ण कुरा ठान्‍ने मानिसहरूले अचाक्ली फिक्री र निराशा महसुस गर्नुका साथै जीवनमा कम सन्तुष्टि महसुस गर्छन्‌।”—इन्टरनेसनल हेराल्ड ट्रिब्यून।

अनुसन्धानकर्ताहरूले अर्थपूर्ण जीवनको लागि पैसा मात्र भएर पुग्दैन भनेर बुझे तापनि थुप्रै मानिसहरूको सोचाइ अर्कै छ। यो कुनै छक्कलाग्दो कुरा होइन किनभने पश्‍चिमी मुलुकका मानिसहरूले प्रति दिन कम्तीमा पनि ३,००० भन्दा बढी विज्ञापनहरू सुन्छन्‌। ती विज्ञापनहरू गाडी वा चकलेट जेसुकैको होस्‌, मुख्य सन्देशचाहिं यही हुन्छ: ‘यो चीज किन्‍नुभयो भने तपाईं अझ सुखी हुनुहुनेछ।’

भौतिक मूल्यमान्यतालाई यत्तिबिघ्न बढावा दिंदा नतिजा कस्तो भएको छ? आध्यात्मिक मूल्यमान्यतालाई बेवास्ता गरिएका छन्‌! न्युजवीक पत्रिकामा छापिएको रिपोर्टअनुसार जर्मनी, कोलोनका आर्कबिसपले “हाम्रो समाजमा परमेश्‍वर त अब कुराकानीको विषय नै बन्‍न छोडेको छ” भनेर हालै घोषणा गरे।

सायद तपाईंले आफ्नो अधिकांश समय र प्रयास पैसा कमाउन खर्च गर्नुभएको होला। अनि तपाईंलाई अरू कुरा गर्न समय नै छैन जस्तो लाग्ला। तथापि, तपाईंलाई जीवन भनेको आफ्नो स्वास्थ्य वा उमेरले सकुञ्जेल यस्तो दौडधूप गर्नु मात्र होइन जस्तो पनि कहिलेकाहीं लाग्नसक्छ।

के आध्यात्मिक कुरामा बढी ध्यान दिंदा तपाईं अझ बढी सन्तुष्टि महसुस गर्न सक्नुहुन्छ? कुन कुराले तपाईंको जीवन अझ अर्थपूर्ण बनाउनसक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने