प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१५ p. ३
  • के मृत्युपछि पनि जीवन छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मृत्युपछि पनि जीवन छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • मृत्युपछि जीवन—मानिसहरू के विश्‍वास गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • अलमल्लमा पार्ने एउटा प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पुनरुत्थानमाथि तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१५ p. ३

के मृत्युपछि पनि जीवन छ?

“के मानिस मरेपछि ऊ फेरि जिउँछ?” भनेर कुलपिता अय्यूबले आजभन्दा करिब ३,५०० वर्षअघि सोधेका थिए। (अय्यूब १४:१४, नयाँ संशोधित संस्करण) यो प्रश्‍नले मानिसजातिलाई अन्योलमा पारेको शताब्दीयौं भइसक्यो। प्रत्येक समाजका मानिसहरूले यस विषयमा सोचेको वर्षौं भइसक्यो र तिनीहरूले थुप्रै सिद्धान्त प्रतिपादन गरेका छन्‌।

मसीही भनौंदा थुप्रै मानिस स्वर्ग र नरकमा विश्‍वास गर्छन्‌। अर्कोतिर, हिन्दुहरू पुनर्जन्ममा विश्‍वास गर्छन्‌। मुसलमानहरूको दृष्टिकोणबारे टिप्पणी गर्दै इस्लाम धार्मिक केन्द्रका सहायक अमीर मूआल्वीया यसो भन्छन्‌: “हामी, मृत्युपछि कयामतको दिन हुनेछ र अदालतमा गएझैं त्यतिखेर अल्लाहसामु हाजिर हुनुपर्छ भन्‍ने विश्‍वास गर्छौं।” मुसलमानहरूको विश्‍वासअनुसार अल्लाहले प्रत्येक व्यक्‍तिको जीवनशैली हेरेर उक्‍त व्यक्‍तिलाई प्रमोदवन वा नरकमा पठाउनेछन्‌।

श्रीलंकामा बौद्ध धर्मावलम्बीहरू र क्याथोलिकहरू परिवारमा कसैको मृत्यु हुँदा झ्यालढोका ह्वांगै राख्छन्‌। दियो बाल्छन्‌ र मृतकको खुट्टा ढोकातिर फर्काएर राख्छन्‌। यसो गर्दा मृतकको आत्मा निस्केर जान सजिलो हुन्छ भन्‍ने तिनीहरूको विश्‍वास छ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका रोनाल्ड एम. बर्न्टका अनुसार अस्ट्रेलियाका आदिवासीहरू “मानिसको आत्मा कहिल्यै मर्दैन” भन्‍ने विश्‍वास गर्छन्‌। केही अफ्रिकी जनजातिहरूमा सर्वसाधारणको मृत्यु भएमा तिनीहरू भूत बन्छन्‌ र प्रतिष्ठित व्यक्‍तिहरूको मृत्यु भएमा तिनीहरू पितापुर्खाको आत्मासित मिल्न जान्छन्‌ भन्‍ने धारणा छ। अनि यिनीहरू यस्ता पुर्खाको आत्मालाई समाजको अदृश्‍य नेताको रूपमा सम्मान गर्नुका साथै गुहार्छन्‌।

केही मुलुकहरूमा मृतकहरूको अवस्थासम्बन्धी विश्‍वासहरू, स्थानीय परम्परा र तथाकथित मसीहीधर्मको समिश्रणले बनेका हुन्छन्‌। जस्तै: पश्‍चिम अफ्रिकाका थुप्रै क्याथोलिक तथा प्रोटेस्टेन्ट धर्मावलम्बीहरू मानिसको मृत्यु हुँदा ऐनामा मृतकको आत्मा देखिन्छ भनेर ऐना छोप्छन्‌।

‘मरेपछि हामीलाई के हुन्छ?’ भन्‍ने प्रश्‍नको मानिसहरूले वास्तवमा भिन्‍नाभिन्‍नै जवाफ दिन्छन्‌। यद्यपि, यी भिन्‍नाभिन्‍नै जवाफमा एउटा कुरा भने साझा छ र त्यो हो, मानिसभित्र अमर तत्त्व हुन्छ र त्यो मृत्युपछि पनि बाँचिरहन्छ। केही मानिस त्यो “तत्त्व” आत्मा हो भन्‍ने विश्‍वास गर्छन्‌। उदाहरणका लागि, अफ्रिका र एसियाका केही इलाकाहरू र पोलिनेसिया, मेलानेसिया र माइक्रोनेसिया जस्ता प्रशान्त महासागरीय क्षेत्रहरूभरि थुप्रैले आत्मा अमर हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌।

के जीवित व्यक्‍तिसित आत्मा हुन्छ? के मृत्यु हुँदा त्यो आत्माले शरीरलाई छोडेर जान्छ? त्यसो हो भने, आत्मालाई के हुन्छ? अनि मरिसकेका मानिसहरूका लागि के आशा छ? यी प्रश्‍नहरूलाई बेवास्ता गर्नु हुँदैन। तपाईंको सांस्कृतिक वा धार्मिक पृष्ठभूमि जस्तोसुकै होस्‌, मृत्यु त सबैले भोग्नैपर्छ। त्यसकारण, यी प्रश्‍नहरूमा तपाईं पनि मुछिनुभएको छ। हामी तपाईंलाई यस विषयमा छानबिन गर्न प्रोत्साहन दिन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने