प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ११/१ पृ. २५-२६
  • “धार्मिक सहिष्णुता दिवस”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “धार्मिक सहिष्णुता दिवस”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सारा पृथ्वीभरि राज्य प्रचारकहरू सक्रिय छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ११/१ पृ. २५-२६

“धार्मिक सहिष्णुता दिवस”

यहोवाका साक्षीहरूसँग भएको छलफलपछि चासो जागेको कारण पोल्याण्डको एउटा स्कूलको प्राध्यापकले आफ्नो स्कूलमा “धार्मिक सहिष्णुता दिवस” मनाउने प्रबन्ध मिलाइन्‌। तिनले क्याथोलिक, बौद्ध धर्मावलम्बी र यहोवाका साक्षी विद्यार्थीहरूमध्ये जो जो इच्छुक छन्‌, तिनीहरूलाई आफ्नो विश्‍वास र चलनबारे छोटो प्रस्तुति तयार गर्न अह्राए। तीन किशोर साक्षीहरू तुरुन्तै तयार भए।

त्यस दिनको पहिलो वक्‍ता १५ वर्षीया मालवीना थिइन्‌। तिनले आफ्नो भाषणको एउटा अंशमा यसो भनिन्‌: “हामी यस स्कूलमा आउनुअघि नै तपाईंहरूमध्ये कतिपयले हामीलाई चिन्‍नुहुन्थ्यो किनभने हामी तपाईंहरूको घरमा आएका थियौं। हामी किन घरघरमा जान्छौं भनी सायद तपाईंहरू विचार गर्नुहुन्छ होला। हामी मसीहीधर्मको संस्थापक येशू ख्रीष्टको अनुकरण गर्छौं। त्यसैकारण, हामी घरघर जान्छौं। उहाँ आफूले भेटेका सबै मानिसलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुहुन्थ्यो। प्रेरित तथा अन्य प्रारम्भिक मसीहीहरूले पनि त्यसै गरे। थुप्रै ठाउँमा यहोवाका साक्षीहरू आफ्नो विश्‍वासको खातिर कठिन परीक्षाहरू सहन्छन्‌। तर यहाँ स्कूलमा त्यस्तो केही समस्या भोग्नु नपरेकोमा हामी आनन्दित छौं र यसमा तपाईंहरू सबैले योगदान पुऱ्‍याइरहनुभएको छ। यसको लागि तपाईंहरूलाई धेरै धेरै धन्यवाद छ!”

आफ्नो प्रस्तुतिको अन्तमा मालवीनाले यसो भनिन्‌: “हामी तपाईंहरूको घरमा आउनुको अर्को कारण पनि छ। हामी तपाईंहरूको चिन्ता गर्छौं। सम्पूर्ण मानिसजातिले विश्‍वलाई नै हल्लाउने घटनाहरूको अनुभव गर्नेछ भनी बाइबलले बताउँछ। त्यसैले, हामी तपाईंहरूको घरमा अर्को पटक आउँदा कृपया हाम्रो कुरा सुनिदिनुहोस्‌। हामी तपाईंहरूलाई पार्थिव प्रमोदवनमा कसरी हामी सबैजना सधैंभरि बाँच्नसक्छौं, त्यसबारे बताउनेछौं।”

अर्को वक्‍ता थिए, १५ वर्षीय मत्तेयुस। यहोवाका साक्षीहरूले वर्षौंको दौडान सुसमाचार फैलाउन विभिन्‍न माध्यम अपनाएको कुरा मत्तेयुसले आफ्ना श्रोताहरूलाई बताए। उदाहरणका लागि, १९१४ मा अर्थात्‌ मूक चलचित्रहरूको युगमा साक्षीहरूले “फोटो ड्रामा अफ क्रिएसन” नामक चलचित्र तथा स्लाइड देखाए। यसमा दृश्‍यसँगसँगै आवाजलाई पनि मिलाइएको थियो।

मत्तेयुसले राज्य सन्देश फैलाउने काममा रेडियोले खेलेको भूमिका पनि छलफल गरे। त्यसपछि तिनले यहोवाका साक्षीहरूले विकास गरेको मल्टिल्यांग्वेज इलेक्ट्रोनिक फोटोटाइपसेटिङ सिस्टम (मेप्स) भन्‍ने कम्प्युटर प्रणालीबारे व्याख्या गरे। यहोवाका साक्षीहरूले चिकित्सकहरूलाई रक्‍तक्षेपणविना गर्न सकिने उपचारविधिहरूबारे पनि जानकारी दिएको कुरा तिनले बताए। तिनले यसो भने: “अहिले नाउँ चलेका पोलिस चिकित्सकहरूले हाम्रो अडानबारे सकारात्मक टिप्पणी गर्छन्‌ र वर्षेनी रक्‍तक्षेपणविना उपचार गराउने गैर-साक्षीहरूको संख्या बढिरहेको छ भनी तिनीहरू जोड दिन्छन्‌।”

मत्तेयुसले आफ्नो प्रस्तुति राज्यभवनहरूको निर्माणबारे बताउँदै अन्त गरे: “के तपाईंहरू हाम्रो राज्यभवनमा आउन चाहनुहुन्छ? त्यहाँ आउन पैसा लाग्दैन र चन्दा पनि संकलन गरिंदैन।” स्यासनोभेटस्थित अधिवेशन भवनबारे बताउँदै मत्तेयुसले यसो भने: “तपाईंहरूले यो ठूलो, चलाउन सजिलो भवन हेर्नुपर्छ। हामीसँगै त्यहाँ गए कसो होला? हामीसँग एउटा सुझाउ छ र यसबारे हाम्रो साथी काटारिनाले बताउनेछिन्‌।”

त्यसपछि, १५ वर्षीया काटारिनाले उत्साहकासाथ यसो भनिन्‌: “तपाईंहरूलाई स्यासनोभेटमा हुने यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा स्वागत छ। त्यहाँ केटाकेटीका लागि काम लाग्ने विषयहरू छलफल गरिनेछन्‌।” काटारिनाले मसीहीहरूले मान्‍ने मुख्य उत्सव अर्थात्‌ येशू ख्रीष्टको स्मरणार्थबारे पनि बताइन्‌। तिनले आफ्ना श्रोताहरूलाई यस्तो प्रोत्साहन दिइन्‌: “गत वर्ष यस उत्सवमा १ करोड ४० लाख उपस्थित भए। तपाईंहरूलाई पनि अर्को वर्ष स्वागत छ।”

मालवीना, मत्तेयुस र काटारिनाले आफ्नो प्रस्तुतिपछि आफ्ना शिक्षकहरूलाई जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम (यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू) नामक पुस्तकका साथै यहोवाका साक्षीहरूको विश्‍वास र गतिविधिबारे छलफल गरिएका दुइटा भिडियो क्यासेट दिए।a ती प्रकाशनहरू शिक्षकहरूले धन्यवाद दिंदै स्वीकारे र इतिहास कक्षामा ती चलाउने प्रतिज्ञा गरे।

कार्यक्रमको अन्तमा १२ वर्षीया मार्टिनाले भेला भएका सबैलाई “हामी यहोवालाई धन्यवाद चढाउँछौं” भन्‍ने शीर्षक भएको गीत बजाएर सुनाइन्‌। यी तीन किशोर साक्षीहरूले ‘निर्भयतासाथ परमेश्‍वरको सुसमाचार बोले’ र राम्रो साक्षी दिए। (१ थिस्सलोनिकी २:२) सबै जवान साक्षीहरूको निम्ति कस्तो उत्कृष्ट उदाहरण!

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २६-मा भएको चित्र]

केही दिनपछि स्कूलमा दिनुपर्ने प्रस्तुतिको निम्ति तयारी गर्दै मालवीना

[पृष्ठ २६-मा भएको चित्र]

काटारिना प्रस्तुतिको निम्ति शास्त्रपद छान्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने