प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ११/१ पृ. ८
  • राज्यभवनहरू सबैका लागि खुला छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यभवनहरू सबैका लागि खुला छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ११/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

राज्यभवनहरू सबैका लागि खुला छन्‌

जन सेवकाईको लागि आफ्ना चेलाहरूलाई प्रशिक्षण दिने क्रममा येशू ख्रीष्टले तिनीहरूलाई “घरका धुरीबाट प्रचार गर” भनी प्रोत्साहन दिनुभयो। (मत्ती १०:२७) हो, तिनीहरूले खुल्लमखुल्ला अर्थात्‌ सर्वसाधारण सबैले देख्ने गरी मसीही सेवकाई गर्नुपर्थ्यो। यसैअनुरूप यहोवाका साक्षीहरूको गतिविधि पनि खुल्लमखुल्ला सञ्चालन हुन्छ। यस्तो खुलापनले साक्षीहरूलाई सतावटमाथि विजयी हुन र सकारात्मक प्रतिक्रिया हासिल गर्न मदत गरेको छ।

यहोवाका साक्षीहरूको मण्डलीका सभाहरू सर्वसाधारणको लागि खुला भए तापनि पूर्वाग्रहले गर्दा कोही-कोही राज्यभवनभित्र प्रवेश गर्न अप्ठ्यारो मान्छन्‌। यो कुरा फिनल्याण्डमा साँचो साबित भएको छ। अरू कतिपयचाहिं नयाँ ठाउँहरूमा जान भनेपछि डराउँछन्‌। नयाँ राज्यभवनको निर्माणपछि वा पुरानो भवनलाई मर्मत गरिसकेपछि साधारणतया यस भवनमा ओपन हाउस अर्थात्‌ कुनै निम्तोविना पनि जोसुकै आउन सक्ने प्रबन्ध मिलाइन्छ। राज्यभवनमा आउन छिमेकीहरूलाई निमन्त्रणा दिन विशेष प्रयास गर्नुका साथै उनीहरूलाई यहोवाका साक्षीहरूको गतिविधिबारे थाह दिन सकिन्छ।

एउटा इलाकाको नयाँ राज्यभवनमा ओपन हाउसको आयोजना गरिएकै दिन साक्षीहरूले पत्रिका अभियानको प्रबन्ध मिलाए। दुई जना साक्षीहरूले एक जना वृद्ध मानिस भेटे, तिनले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पढ्‌न रमाइलो लाग्छ भनी बताए। भाइहरूले तिनलाई ओपन हाउसबारे बताए र राज्यभवनसम्म सँगै लगिदिने प्रस्ताव पनि राखे। ती मानिसले खुसीसाथ त्यो प्रस्ताव स्वीकारे। यो कुरा सुनिरहेकी तिनकी पत्नीले यसो भनिन्‌, “मलाई पनि त्यहाँ लैजानुहोस्‌!”

राज्यभवनभित्र प्रवेश गरेर यताउता हेरिसकेपछि उक्‍त मानिसले यसो भने: “यो हेर्दै अँध्यारो त छैन। यो त कस्तो राम्रो अनि बसूँ-बसूँ लाग्ने खालको पो रहेछ। मलाई त राज्यभवन हेर्दै अँध्यारो पो हुन्छ भनिएको थियो!” ती दम्पती केही समय बसे र प्रदर्शन गरेर राखिएका केही साहित्यहरू मागे।

एउटा मण्डलीले आफ्नो राज्यभवनको समर्पणको अवसर पारेर सबैका लागि ओपन हाउसबारे स्थानीय खबरपत्रिकामा घोषणा गर्न चाहेको थियो। त्यस अवसरबारे थाह पाएपछि उक्‍त खबरपत्रिकाका प्रमुख सम्पादकले यस विषयमा एउटा लेख लेख्न सुझाउ दिइन्‌। भाइहरूले तिनको सुझाउ सहर्ष स्वीकारे र केही समयपछि यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा हुने कार्यक्रम तथा गतिविधिहरूबारे आधा पृष्ठे लामो एउटा राम्रो लेख खबरपत्रिकामा प्रकाशित भयो।

लेख प्रकाशित भइसकेपछिको कुरा हो, एउटी वृद्ध साक्षीले एक जना छिमेकीलाई भेटेपछि यसो भनिन्‌: “आजको खबरपत्रिकामा यहोवाका साक्षीहरूबारे गजबको लेख प्रकाशित भएको थियो नि!” बहिनीले तिनलाई साक्षी दिनुका साथै पछि जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी भन्‍ने पुस्तिका पनि टक्राइन्‌।

यहोवाका साक्षीहरूबारे केही गलत धारणाहरू स्पष्ट पार्नुको अलावा ओपन हाउस र नयाँ राज्यभवनमा गरिने समर्पण कार्यक्रमहरूको सम्बन्धमा यस्ता प्रबन्धहरूले प्रकाशकहरूलाई धेरैभन्दा धेरै मानिसहरूलाई सभाहरूमा उपस्थित हुनको लागि निमन्त्रणा दिन प्रोत्साहित गरेको छ। हो, फिनल्याण्डलगायत अन्य धेरै मुलुकहरूमा यहोवाका साक्षीहरूका राज्यभवनहरू सबैका लागि खुला छन्‌ भन्‍ने कुरा मानिसहरूले थाह पाएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने