प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१५ पृ. ३-४
  • के राम्रो सल्लाहको खाँचो छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के राम्रो सल्लाहको खाँचो छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा उपयोगी सल्लाह पत्ता लगाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१५ पृ. ३-४

के राम्रो सल्लाहको खाँचो छ?

आज, थुप्रै मानिसहरू आफूसित असल र खराब छुट्याउने क्षमता छ अनि आफूलाई जे मन लाग्छ त्यही गर्ने अधिकार छ भन्ठान्छन्‌। अरूचाहिं मानिसलाई आनन्द दिन्छ भने जे गर्दा पनि हुन्छ भन्छन्‌। धेरै पहिलादेखि मानव समाजको आधारभूत संरचना मानिंदै आएको विवाह तथा पारिवारिक जीवनमा साह्रै नराम्रो असर परिरहेको छ।—उत्पत्ति ३:५.

मेक्सिकोमा बसोबास गर्ने भेरोनिकालाईa विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌: “हाम्रो विवाहको १५ औं वार्षिकीभन्दा केही समयअघि मेरो श्रीमान्‌ले मलाई उहाँको अर्की आइमाईसँग सम्बन्ध भएको कुरा बताउनुभयो। ती आइमाई तरुणी हुनुका साथै तिनले उहाँलाई खुसी राख्ने भएको कारण तिनलाई नछोड्‌ने कुरा गर्नुभयो। सबैभन्दा नजिकको साथी ठानेको मेरो श्रीमान्‌ले नै मलाई अब उप्रान्त साथ दिनुहुनेछैन भन्‍ने कुरा सोच्दा म त अक्क न बक्क भएँ। मलाई आफ्नो प्रियजनको मृत्यु हुँदा सबैभन्दा बढी पीडा हुन्छ होला जस्तो लाग्थ्यो। तर मेरो लागि व्यभिचार त्योभन्दा बढी पीडादायी साबित भयो किनभने मैले मुटुभरि माया गरेको व्यक्‍तिलाई मात्र गुमाइनँ तर उहाँले मलाई चोट पुऱ्‍याउने कुराहरू गरिरहनुभयो।”

त्यसपछि एक जना २२ वर्षीय पुरुषको एउटा यस्तो परिस्थिति छ, जसले सम्बन्ध विच्छेद गरिसक्नुका साथै उसको एउटा छोरा छ तर ऊ बुबाको हैसियतमा आफ्नो जिम्मेवारी वहन गर्न तयार छैन। आफ्नी आमाले नै उसको र बच्चाको पनि हेरविचार गरिदिएको ऊ चाहन्छ। यी सबै गर्न आमा नमानेको खण्डमा ऊ रिसले तात्तिन्छ र बदमास बच्चाले जस्तो आमालाई जथाभावी मुख छोड्‌छ। यस्तो अपमानजनक बेहोरा सहनुपर्दा उसकी आमा लाचार हुन्छिन्‌।

यी घटनाहरू कुनै नौला कुरा होइनन्‌। कानुनी तवरमा छुट्टिने र सम्बन्ध विच्छेद गर्ने कुरा जताततै सामान्य भइरहेको छ। आमाबाबुमध्ये एक जनाले नयाँ जीवन सुरु गर्न घर छोडेर गएको थुप्रै छोराछोरीले देखेका छन्‌। केही युवाहरूले आफ्ना आमाबाबुलगायत अरूप्रतिको आदर गुमाएका छन्‌ र कल्पनै गर्न नसकिने आचरणमा होमिएका छन्‌। यौन क्रियाकलापमा संलग्न, लागूपदार्थको दुर्व्यसन, युवाहरूको आक्रमण अनि केटाकेटीद्वारा शिक्षक-शिक्षिका वा आमाबाबुको हत्याजस्ता कुराहरू थुप्रै मुलुकहरूमा सामान्य हुन थालेका छन्‌। अनि वर्तमान संसारमा छोराछोरीको लालनपालन तथा विवाहको सन्दर्भमा मात्रै कठिनाइहरू आइपरेका होइनन्‌ भन्‍ने कुरा त तपाईंले याद गर्नुभएकै होला।

जसै हामी यी घटनाहरू देख्छौं, समाजलाई के भएको होला भनेर हामीलाई अचम्म लाग्न सक्छ। यदि मानिसहरूले साँच्चै असल र खराब छुट्याउन सक्छन्‌ भने, यतिका धेरै समस्याहरू किन समाधान हुन सकेका छैनन्‌? के राम्रो सल्लाहको खाँचो छ? के भरोसायोग्य साबित भइसकेको त्यस्तो कुनै उपयोगी सल्लाहको स्रोत छ? धेरैले परमेश्‍वर तथा उहाँको लिखित वचनमा विश्‍वास गरेको दाबी गरे तापनि यस्तो दाबीले तिनीहरूका निर्णयहरूमा केही असर नपारेजस्तो देखिन्छ। तर परमेश्‍वरको सल्लाह खोज्नुका साथै उहाँबाट सल्लाह लिंदा हामी कस्ता लाभहरू उठाउन सक्छौं? आउनुहोस्‌, त्यस विषयलाई हामी अर्को लेखमा केलाएर हेरौं।

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने