प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • मरियम मग्दलिनी को थिइन?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “मैले प्रभुलाई देखेँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • बन्द कोठाभित्र
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

पुनरुत्थान हुनुभएको येशूले किन थोमालाई चाहिं उहाँलाई छुने निमन्त्रणा दिनुभयो तर योभन्दा पहिले मरियम मग्दलिनीलाई भने त्यसो गर्नदेखि रोक्नुभयो?

बाइबलका कुनै-कुनै पुराना अनुवादहरूले येशूले मरियमलाई उहाँलाई नछुनू भन्‍नुभएको हो भन्‍ने भान पार्छन्‌। उदाहरणका लागि किङ जेम्स भर्सन येशूका शब्दहरूलाई यसरी अनुवाद गर्छ: “मलाई नछोऊ। किनभने म अहिलेसम्म माथि पिताकहाँ गएको छैनँ।” (यूहन्‍ना २०:१७) तथापि, कहिलेकाहीं “छुनु” भनी अनुवाद गरिएको मौलिक युनानी क्रियाको अर्थ “टाँसिनु, झुन्डिनु, समात्नु, पक्रनु, चलाउनु” भन्‍ने हुन्छ। तार्किक रूपमा भन्‍ने हो भने येशूले मरियम मग्दलिनीलाई उहाँलाई छुनदेखि नै रोकिरहनुभएको थिएन किनभने यसको केही समयपछि उहाँले चिहानमा भएका अरू स्त्रीहरूलाई ‘उहाँको पाउ पक्रन’ दिनुभयो।—मत्ती २८:९.

न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स, द न्यु जेरूशलेम बाइबल र द न्यु इङ्‌ग्लिश बाइबल जस्ता थुप्रै आधुनिक भाषाका अनुवादहरूले येशूका शब्दहरूलाई यसरी अनुवाद गरेर हामीलाई यसको साँचो अर्थ बुझ्न मदत दिन्छन्‌: “मसित टाँसिन छोड।” आफ्नो घनिष्ठ मित्र मरियम मग्दलिनीलाई येशूले किन त्यसो भन्‍नुभयो?—लूका ८:१-३.

सम्भवतः, येशू तिनलाई छोडेर स्वर्ग उक्लनै लाग्नुभएको छ भन्ठानेर मरियम मग्दलिनी डराएकी थिइन्‌। आफ्नो प्रभुसित रहने प्रबल इच्छाको कारण तिनले येशूलाई फुत्कनै नदिने हिसाबले जोडसित पक्रिरहेकी थिइन्‌। अहिले आफू फर्कने बेला भएको छैन भनी तिनलाई आश्‍वस्त पार्न येशूले मरियमलाई उहाँसित टाँसिन छोडीकन गएर उहाँको पुनरुत्थान भएको समाचार चेलाहरूलाई बताउन निर्देशन दिनुभयो।—यूहन्‍ना २०:१७.

येशू र थोमाबीच भएको कुराकानी भने योभन्दा अलि भिन्‍नै थियो। येशू केही चेलाहरूसामु देखापर्नुहुँदा थोमा त्यहाँ थिएनन्‌। पछि, थोमाले येशूको पुनरुत्थानबारे शङ्‌का व्यक्‍त गरे अनि आफैले कीलाका डोबहरू नदेखेसम्म र भालाले रोपिएको उहाँको कोखामा हात नहालेसम्म यो कुरा विश्‍वास गर्दिनँ भनेर बताए। आठ दिनपछि येशू फेरि चेलाहरूसामु देखापर्नुभयो। यो बेला भने थोमा पनि त्यहीं थिए र येशूले तिनलाई उहाँको घाउ छुने निमन्त्रणा दिनुभयो।—यूहन्‍ना २०:२४-२७.

त्यसैले मरियम मग्दलिनीको सन्दर्भमा, तिनलाई छोडर जानदेखि येशूलाई रोक्ने अनुचित इच्छाको सामना उहाँ गर्दै हुनुहुन्थ्यो; थोमाको सन्दर्भमा भने येशूले शङ्‌का गर्ने व्यक्‍तिलाई मदत गर्दै हुनुहुन्थ्यो। दुवै अवस्थामा, येशूले जस्तो कदम चाल्नुभयो तिनका ठोस कारणहरू थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने