प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१ पृ. ३०
  • एउटा “बिछट्टै राम्रो” अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा “बिछट्टै राम्रो” अनुवाद
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१ पृ. ३०

एउटा “बिछट्टै राम्रो” अनुवाद

एउटा अनुमानअनुसार सन्‌ १९५२ देखि १९९० बीच मसीही युनानी धर्मशास्त्रका लगभग ५५ वटा नयाँ अङ्‌ग्रेजी अनुवाद प्रकाशन गरिएका थिए। अनुवादकहरूले रोज्ने भिन्‍ना-भिन्‍नै शब्दहरूको कारण कुनै पनि दुइटा अनुवाद उस्ता-उस्तै हुँदैनन्‌। अनुवादकहरूको कामको विश्‍वसनीयता थाह पाउन संयुक्‍त राज्य अमेरिकाको एरिजोना राज्यको फ्लागस्टाफमा अवस्थित उत्तरी एरिजोना विश्‍वविद्यालयका धर्मसम्बन्धी अध्ययनका सह-प्रध्यापक जेसन बिडूनले यहोवाका साक्षीहरूद्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-लगायत आठवटा प्रमुख अनुवादको यथार्थता जाँचे अनि ती अनुवादहरूलाई एक-अर्कासित तुलना गरे। परिणाम कस्तो निस्कियो?

यसका केही शब्द चयनप्रति असहमत भए तापनि बिडूनले न्यु वर्ल्ड ट्रान्सलेसन-लाई एउटा “बिछट्टै राम्रो” अनुवाद भनी बताउनुका साथै तुलना गरेर हेरिएका अन्य अनुवादहरूभन्दा “धेरै राम्रो” र “एकरूपतामा पनि अत्यन्तै उत्तम” अनुवाद भनी बताए। समग्रमा भन्‍ने हो भने, बिडून यस्तो निष्कर्षमा पुगे कि न्यु वर्ल्ड ट्रान्सलेसन “नयाँ नियमको हाल उपलब्ध सबैभन्दा यथार्थ अङ्‌ग्रेजी अनुवादहरूमध्ये एक” हो र “तुलना गरिएका अनुवादहरूमध्ये सबैभन्दा सही” छ।—ट्रुथ इन ट्रान्सलेसन: एकुरेसी एण्ड बायस इन इङ्‌ग्लिश ट्रान्सलेसनस्‌ अफ द न्यु टेस्टामेन्ट (अङ्‌ग्रेजी)।

थुप्रै अनुवादकहरूले “बाइबलले भनेका कुराहरू वर्तमान समयका पाठकहरूको चाहना र सोचाइ अनुरूप बनाउनको लागि त्यसको सारांशमा मात्र लेख्न वा त्यसको व्याख्या गर्न” बाध्य महसुस गरेको कुरा पनि बिडूनले याद गरे। अर्कोतर्फ, “नयाँ नियमका लेखकहरूका मौलिक अभिव्यक्‍तिहरूलाई होसियारपूर्वक शाब्दिक अनुवाद गरिएको कारण न्यु व बढी यथार्थ भएकोले” न्यु वर्ल्ड ट्रान्सलेसन-को सन्दर्भमा भने यो कुरा लागू हुँदैन भनी बिडूनले बताए।

न्यु वर्ल्ड बाइबल अनुवाद समितिले यस बाइबलको प्राक्कथनमा स्वीकारेझैं, पवित्र धर्मशास्त्रलाई मौलिक भाषाहरूबाट आधुनिक भाषामा अनुवाद गर्नु “एउटा गहन जिम्मेवारी” हो। यो समिति अझै यसो भन्छ: “यस कृतिका अनुवादकहरू, जो पवित्र धर्मशास्त्रको ईश्‍वरीय लेखकको भय राख्छन्‌ र उहाँलाई प्रेम गर्छन्‌, तिनीहरू उहाँका विचार तथा उहाँले घोषणा गर्नुभएका कुराहरूलाई जतिसक्दो यथार्थताका साथ प्रस्तुत गर्न उहाँप्रति विशेष जिम्मेवारी महसुस गर्छन्‌।”

सन्‌ १९६१ मा पहिलो पटक प्रकाशित भएदेखि यता न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स ३२ भाषाका साथै दुई ब्रेल संस्करणमा उपलब्ध भएको छ। न्यु वर्ल्ड ट्रान्सलेसन-को मसीही युनानी धर्मशास्त्र वा “नयाँ नियम” थप १८ भाषाका साथै एक ब्रेल संस्करणमा उपलब्ध छ। तपाईंले बुझ्न सक्ने भाषामा उपलब्ध छ भने यो आधुनिक र “बिछट्टै राम्रो” अनुवाद चलाएर परमेश्‍वरको वचन पढ्‌न हामी तपाईंहरूलाई आग्रह गर्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने