प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१५ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • विश्राम-दिनमा अन्‍नको बाला टिप्दा
    सबैभन्दा महान्‌ पुरुष
  • विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌
    येसु—बाटो, सत्य र जीवन
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१५ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

दाऊद र उनका मानिसहरूले यहोवाको सामने पवित्र टेबलमा राखिएको रोटी खाएको कुरालाई विचार गर्दा कठिन परिस्थितिमा परमेश्‍वरको नियम भङ्‌ग गर्दा कुनै सजाय पाइँदैन भन्‍न खोजिएको हो?—१ शमूएल २१:१-६.

लेबी २४:५-९ अनुसार यहोवाको सामने पवित्र टेबलमा राखिएको रोटी हरेक विश्राम दिनमा फेरिन्थ्यो र पूजाहारीहरूले मात्र त्यो खान सक्थे। यसरी रोटी प्रयोग गर्नुको उद्देश्‍य रोटी पवित्र हुनुका साथै ती रोटीहरू परमेश्‍वरको सेवामा कार्यरत पुरुष अर्थात्‌ पूजाहारीहरूले मात्र खानु उचित थियो भन्‍ने थियो। ती रोटीहरू साधारण कामदारहरूलाई दिनु अथवा त्यतिकै रमाइलो गर्नको लागि खानु निश्‍चयनै गलत हुने थियो। तथापि, यहोवाको सामने पवित्र टेबलमा राखिएको रोटी दाऊद र उनका मानिसहरूलाई दिएर पूजाहारी अहीमेलेकले कुनै पाप गरेनन्‌।

सायद, दाऊद त्यतिबेला राजा शाऊलले सुम्पेको विशेष जिम्मेवारी निभाउने क्रममा थिए। दाऊद र उनका मानिसहरू भोकाएका थिए। तिनीहरू चोखो भएको निष्कर्षमा अहीमेलेक पुगे। नियमको सीधै व्याख्या खोज्ने हो भने उक्‍त रोटी खानु गलत भए तापनि त्यस रोटीको प्रयोगसम्बन्धी खास उद्देश्‍यसित यो कुरा बाझिदैनथ्यो। यस्तो सोचले अहीमेलेकलाई उक्‍त नियमको अपवाद बनाउनु ठिकै लागेको हुनुपर्छ। फरिसीहरूले विश्राम दिनलाई आफैले अर्थ लगाई अनावश्‍यक कडिकडाउ नियमहरू बनाउने सन्दर्भमा गरेको गल्ती उदाङ्‌ग पार्न येशू आफैले यो घटना उद्धृत गर्नुभयो।—मत्ती १२:१-८.

यद्यपि, माथि उल्लिखित घटनाले परिस्थिति कठिन हुँदा परमेश्‍वरको नियम भङ्‌ग गर्न सकिन्छ भन्‍न खोजिएको होइन। उदाहरणको लागि, इस्राएली योद्धाहरू पलिश्‍तीहरूसित लडिरहेको बेला कठिन जस्तो देखिने अवस्थाको सृजना भयो। राजा शाऊलले यसो भनेका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्जेल जसले साँझअघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्‌।” बाइबल यसो भन्छ: “त्यस दिन तिनीहरूले पलिश्‍तीहरूलाई जिते।” सिपाहीहरू लखतरान भए र भोकाए अनि ‘भेडा-बाख्रा र गाई वस्तुहरूलाई भूइँमानै मारेर मानिसहरूले मासु रगतैसमेत खाए।’ (१ शमूएल १४:२४, ३१-३३) रगतबारे उहाँको नियम भङ्‌ग गरेर तिनीहरूले यहोवा विरुद्ध पाप गरे। पापको “प्रायश्‍चित गर्नालाई” मात्र बगाइनुपर्ने रगतलाई तिनीहरूलाई जसरी दुरुपयोग गरे त्यो परमेश्‍वरको स्तर अनुरूप थिएन। (लेवी १७:१०-१२; उत्पत्ति ९:३, ४) पाप गर्नेहरूको खातिर चढाइएको विशेष बलिदान यहोवाले दयापूर्वक स्वीकार्नुभयो।—१ शमूएल १४:३४, ३५.

हो, यहोवा सबै परिस्थितिहरूमा हामीले उहाँका नियमहरू पालन गरेको चाहनुहुन्छ। प्रेरित यूहन्‍ना यसो भन्छन्‌: “उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो।”—१ यूहन्‍ना ५:३.

[पृष्ठ ३०-मा भएको चित्र]

प्रत्येक विश्राम दिनमा बासस्थानभित्र नयाँ रोटी राखिन्थ्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने