प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१५ पृ. ३१
  • “लालमणिजस्तै”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “लालमणिजस्तै”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१५ पृ. ३१

“लालमणिजस्तै”

प्रेरित यूहन्‍नाले स्वर्गमा एउटा महिमित सिंहासनको दर्शन देखे। सिंहासनमा विराजमान हुनुहुने “बिल्लौर . . . जस्तै” देखिनुहुन्थ्यो। उहाँ “लालमणिजस्तै” पनि देखिनुहुन्थ्यो। (प्रकाश ४:२, ३, NRV) यी कस्ता मणिहरू थिए?

त्यो बाहिरी सतहबाट मात्र चम्कने अपारदर्शी मणि थिएन। पुरातनमा समयमा, “बिल्लौर” भनेर अनुवाद गरिएको युनानी शब्दलाई विभिन्‍न रङ्‌गको मणिहरू सङ्‌केत गर्न प्रयोग गरिन्थ्यो जसमध्ये कुनै-कुनै पारदर्शी अमूल्य रत्नहरू पनि पर्थ्यो। वर्ड पिक्चर्स इन द न्यु टेस्टामेन्ट-मा ए. टी. रबर्टसन यसो भन्छन्‌, प्रकाश ४:३ को “बिल्लौर” मणि “वास्तवमा आजकल पाइने जस्तो सस्तो खालको थिएन।” साथै, पछि प्रकाशको पुस्तकमा स्वर्गीय सहर यरूशलेमको वर्णन गर्दै यूहन्‍ना यसो भन्छन्‌: “त्यसको चमक साह्रै बहुमूल्य पत्थरको जस्तो थियो, बिल्लौर जतिकै सङलो, एउटा स्फटिकजस्तै थियो।” (प्रकाश २१:१०, ११) यूहन्‍नाले सङ्‌केत गरेको मणि सम्भवतः पारदर्शी थियो जसमा प्रकाश छिर्थ्यो।

यूहन्‍नाको दर्शनमा सिंहासनमा विराजमान भनी बताइएको ब्रह्‍माण्डकै सबैभन्दा महिमित यहोवा परमेश्‍वर हुनुहुन्छ। उहाँ शुद्ध र पवित्रताको पराकाष्ठा हुनुहुन्छ। यसै अनुरूप प्रेरित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।” (१ यूहन्‍ना १:५) तसर्थ, यूहन्‍नाले आफ्ना सँगी विश्‍वासीहरूलाई यहोवा ‘पवित्र हुनुभए जस्तै आफूलाई पवित्र पार्न’ आग्रह गर्नुभयो।—१ यूहन्‍ना ३:३.

परमेश्‍वरको नजरमा आफूलाई पवित्र पार्न हामीले के गर्नुपर्छ? हाम्रो पापको क्षमाको लागि ख्रीष्टले बगाउनुभएको रगतमा हामीले विश्‍वास गर्नु अपरिहार्य छ। साथै, बाइबलको नियमित अध्ययन र यसका शिक्षालाई व्यवहारमा उतारेर हामी ‘ज्योतिमा हिंडिरहनै’ पर्छ।—१ यूहन्‍ना १:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने