प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१५ पृ. ३२
  • सम्झनुपर्ने एउटा घटना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्झनुपर्ने एउटा घटना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१५ पृ. ३२

सम्झनुपर्ने एउटा घटना

कुन घटना? लगभग २,००० वर्ष पहिले बित्नुभएका एक जना व्यक्‍तिको मृत्युको घटना हो त्यो। उहाँले यसो भन्‍नुभयो, “म आफ्नो प्राण त्यो म फेरि लिने हेतुले, अर्पण गर्छु। कसैले त्यो मबाट खोस्तैन, तर म आफै त्यो अर्पण गर्छु।” (यूहन्‍ना १०:१७, १८) हो, उहाँ येशू ख्रीष्ट हुनुहुन्थ्यो।

येशूले आफ्ना अनुयायीहरूलाई आफ्नो बलिदानरूपी मृत्युको स्मरणार्थ मनाउन निर्देशन दिनुभयो। उक्‍त अवसरलाई “प्रभु-भोज” पनि भनिन्छ। (१ कोरिन्थी ११:२०) आफ्नो मृत्युको सम्झना गर्न येशूले स्थापना गर्नुभएको स्मरणार्थ उत्सव यहोवाका साक्षी अनि तिनीहरूका मित्रहरूले बिहीबार, मार्च २४, २००५ का दिन सूर्यास्तपछि मनाउनेछन्‌।

बाइबल आधारित एउटा भाषणले, यस अवसरमा प्रयोग गरिने अखमिरी रोटी र रातो मद्यको अर्थ प्रस्ट्याउनेछ। (मत्ती २६:२६-२८) त्यस भाषणले यी प्रश्‍नहरूको उत्तर पनि दिनेछ: मसीहीहरूले कति चोटि यो घटनाको सम्झना गर्नुपर्छ? वास्तवमा कसले रोटी र दाखमद्यको प्रतिकमा भाग लिनु उचित हुन्छ? येशूको मृत्युबाट क-कसले लाभ उठाउँछन्‌? यस महत्त्वपूर्ण उत्सवले सबैलाई येशूको जीवन र मृत्युको उद्देश्‍य बुझ्न मदत गर्नेछ।

येशूको मत्युको स्मरणार्थमा तपाईंलाई न्यानो स्वागत गरिनेछ। सभा हुने ठीक स्थान र समयको लागि कृपया स्थानीय यहोवाका साक्षीहरूलाई सोध्नुहोस्‌।

www.watchtower.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने