प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ४/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो प्रतिवाद सुन्‍नुहोस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • “फरिसी र सदुकीहरूको खमीरबाट बच”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • ‘फरिसीहरूको खमिरदेखि होसियार रहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ४/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

पावलले महासभासामु “म ता . . . फरिसीनै हुँ” भन्दा कतै उनले आफ्नो मसीही विश्‍वाससित सम्झौता गरिरहेका त थिएनन्‌?

प्रेरित २३:६ मा पाइने पावलको विवरण बुझ्न हामीले प्रसङ्‌ग बुझ्नु आवश्‍यक छ।

यरूशलेममा एउटा अनियन्त्रित भीडले आक्रमण गरेपछि पावलले भीडलाई सम्बोधन गरे। उनले यसो भने, “[यरूशलेममा] गमलीयलका चरणमा यही शहरमा हुर्किएको हुँ। औ हाम्रा पुर्खाका व्यवस्थाको विधिमा ठीक ठीक शिक्षा पाएको हुँ।” भीडले केही क्षण उनको प्रतिवाद सुने तापनि अन्ततः भीड आक्रोशित हुँदा पावललाई लिएर आएका मुख्य कप्तानले तिनलाई सिपाहीहरूको किल्लामा लगे। आफूलाई कोर्रा लगाउन ठिक्क परेको बेला पावलले यसो भने: “के जो मानिस रोमी नागरिक हो, र दण्डको लागि ठहरिएकै छैन, त्यसलाई कोर्रा लगाउन न्यायसंगत हो?”—प्रेरित २१:२७–२२:२९.

भोलिपल्ट मुख्य कप्तानले पावललाई यहूदीहरूको उच्च न्यायालय महासभासामु लगे। पावलले महासभामा भएकाहरूलाई राम्ररी नियाले र त्यहाँ सदुकी र फरिसीहरू देखे। त्यसपछि उनले भने: “हे भाइ हो, म ता फरिसीको छोरो फरिसीनै हुँ, मरेकाहरूका आशा र पुनरुत्थानको विषयको सवालमा मेरो मुद्दा भएको छ।” फलतः फरिसी र सदुकीहरूको बीचमा चर्को मतभेद भयो, “किनकि सदुकीहरू भन्दछन्‌ कि, पुनरुत्थान, स्वर्गदूत वा आत्मा केही पनि छैनन्‌, तर फरिसीहरू दुवै मान्छन्‌।” फरिसीहरूको गुटका कसै-कसैले आक्रोशित हुँदै यस्तो तर्क गरे: “यस मानिसमा हामी केही खराबी पाउँदैनौं।”—प्रेरित २३:६-१०.

अति जोसिलो भनी चिनिएका पावलले आफू फरिसी रीतिथितिअनुसार चलिरहेको छु भनेर महासभालाई मनाउन सक्दैनथे। उपस्थित फरिसीहरूले पनि आफ्नो शिक्षाअनुसार पूर्णतः नचल्ने व्यक्‍तिलाई फरिसीको रूपमा कदापि स्वीकार्ने थिएनन्‌। तसर्थ, आफू फरिसी नै हुँ भनी पावलले भनेका विवरणमा कुनै न कुनै सीमा हुनैपर्छ र उपस्थित फरिसीहरूले पनि यसै अर्थमा पावलका शब्दहरू बुझेको हुनुपर्छ।

मृतकहरूको पुनरुत्थानको आशाको आधारमै उनको न्याय गरिन लागेकोले पुनरुत्थानको विषयमा मात्र आफू फरिसीजस्तै हुँ भन्‍ने पावलको स्पष्ट आशय थियो। पुनरुत्थानसम्बन्धी उठ्‌ने जुनसुकै विवादमा पुनरुत्थानमा विश्‍वास नगर्ने सदुकीहरूको पक्षमा नभई पावल फरिसीहरूको पक्षमा थिए।

मसीहीको रूपमा पुनरुत्थान, स्वर्गदूत र व्यवस्थासम्बन्धी केही बुँदाहरूको सन्दर्भमा पावलको विश्‍वास फरिसीहरूको विश्‍वाससित बाझिदैनथ्यो। (फिलिप्पी ३:५) तसर्थ, यसै सीमाभित्र रहेर पावलले आफूलाई फरिसीहरूसित जोड्‌न सक्थे र यो सीमाभित्र बाँधिने पावलको भनाइसित यो कुरा मिल्थ्यो जुन कुरा उपस्थित सदुकीहरूले पनि बुझेका थिए। पक्षपातपूर्ण यहूदी उच्च न्यायालयसित व्यवहार गर्दा पावल आफ्नो यहूदी पृष्ठभूमिबाट फाइदा उठाउँदै थिए।

तथापि, पावलले आफ्नो विश्‍वाससित सम्झौता गरेनन्‌ भन्‍ने कुराको सबैभन्दा ठूलो प्रमाण उनले निरन्तर यहोवाको अनुमोदन पाएको कुराबाट स्पष्ट हुन्छ। पावलले म ता फरिसीनै हुँ भनेको भोलिपल्टको रात येशूले तिनलाई यसो भन्‍नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा साक्षी दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।” पावलले परमेश्‍वरको अनुमोदन पाएको हुँदा उनले आफ्नो मसीही विश्‍वाससित सम्झौता गरेनन्‌ भन्‍ने निष्कर्षमा हामी पुग्नैपर्छ।—प्रेरित २३:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने